नेपाल स्टक एक्सचेन्जले नामसारीको क्रममा शेयर प्रमाणपत्रहरु हराएर समस्या भोगिरहेका लगानीकर्ता र शेयर दलालहरुलाई नयाँ ब्यवस्था अनुसार गर्न निर्देशन दिएको छ ।
सबै शेयर दलालहरुको नाममा आज नेप्सेले सुचना जारी गरी नामसारीको क्रममा हराएका शेयर प्रमाणपत्रहरुको नामसारी सुनिश्चित गर्न
दलालहरुलाई सर्भिलेन्स शाखामा सम्पर्क गर्न भनेको छ । यसरी सम्पर्क गर्न जाँदा शेयर खरिद गर्ने दलालले निबेदनका साथ बिक्रेता दलालको निबेदन, शेयर बिक्रेता लगानीकर्ताले रकम बुझेको भपाई र शेयर प्रमाणपत्र हराएको ब्यहोराको कागजात, खरिदकर्ता लगानीकर्ताले सही गरेको शेयर खरिद बिक्रीको लिखत समेत पेश गर्नुपर्ने भएको छ ।झंझटिलो कागजी प्रक्रियामा शेयर किनबेच गर्ने क्रममा शेयर प्रमाण पत्र हराउने, नामसारीमा पठाउँदा अर्को शेयर दलालको कार्यालयमा पुग्ने र ब्यापक रुपमा खोज्दा पनि नभेटिने घटनाहरु बारम्बार हुँदै आएका छन् । सीडीएससी पूर्ण रुपमा कार्यान्वयनमा आई अभौतिक शेयर राफसाफ हुन थालेपछि भने यी घटनाहरु नदोहोरिने अपेक्षा गरिएको छ ।
Mero Lagani
No comments:
Post a Comment