सिभिल बैंक (CBL) ले गत बर्षको खुद नाफाबाट लगानीकर्तालाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको बिहीबार बसेको बैठकले ७ प्रतिशत बोनस शेयर र १.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
२ अर्ब ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक बर्षमा २४ करोड ६२ लाख रुपैयाँ खुद नाफा गरी प्रति शेयर आम्दानी ९ रुपैयाँ कायम गरेको थियो ।
बैंकले प्रबाह गरेको केही कर्जा असुल नभएपछि चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंक १७७ प्रतिशतले खुद घाटामा गएको छ । बैंकले धमाधम ऋणीहरुलाई ३५ दिने सूचना जारी गरी भाका नाघेको ऋण असुली गर्ने प्रक्रिया तीब्र पारेको देखिएको छ ।
Mero Lagani
No comments:
Post a Comment