काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा खुद नाफा उच्च दरले बढाएको छ । बैंकले साउन देखि असोजसम्मको अवधिमा २६ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको यही अवधिमा जम्मा दुई करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकले खुद व्याज आम्दानी पनि बढाएको छ । गत वर्षको तुलनामा व्याज आम्दानी १६ करोड बढेको छ । व्याज आम्दानी बढ्दो क्रममा छ भने व्याज खर्च घट्दो क्रममा छ । यसले खुद व्याज आम्दानी बृद्धि गर्न सहयोग पुग्यो । बैंकको चुक्ता पूँजी तीन अर्ब ९६ करोडबाट बढेर छ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । यसले गर्ने आम्दानीबाट पनि नाफा बढाउन सहयोग पुग्छ । बैंकको पूँजीको लागत घट्दो क्रममा छ भने स्प्रेड पनि घटेको छ । बैंकले कर्जा र निक्षेप दुबै बढाएको छ । एक वर्षको अवधिमा निक्षेप सात अर्ब र कर्जा पाँच अर्ब बढ्यो । व्यापारको आकार बढ्दा पनि बैंकलाई नाफ बृद्धि गर्न सहयोग पुगेको हो । यो बैंक तरलता धेरै राख्ने मध्येमा पर्छ । तीन महिनामा बैंकको औसत कर्जा निक्षेप अनुपात ५६ प्रतिसत मात्रै छ ।
- copy from:bizmandu