१२ प्रतिशत आकर्शक बोनस शेयर दिने घोषणा गरेको मेगा बैंकले यही पुस २९ गते चौथो साधारणसभा गर्ने भएको छ । बैंक संचालक समितिले प्रस्ताव गरे बमोजिमको बोनस शेयर पाउन लगानीकर्ताले पुस १६ गते अगावै शेयर किनेर २३ गतेसम्ममा नामसारी गराईसक्नुपर्ने कम्पनीले जनाएको छ । बोनस शेयर जारी गरेपछि बैंकको चुक्ता पूँजी २ अर्ब ६१ करोड पुग्ने छ ।
साधारणसभामा प्रबन्ध पत्र र नियमावली संशोधन, मर्ज र एक्विजिशनमा जाने सम्बन्धी प्रस्तावहरु पनि पेश हुने जनाईएको छ ।
Mero Lagani