चिलिमेका दुई सहायक कम्पनी साञ्जेन जलविद्युत्त कम्पनी र रसुवागढी हाईड्रोपावर कम्पनीले दुई अर्ब ५१ करोड ८१ लाख चार हजार रुपैयाँ बराबरको साधारण सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।साञ्जेनले रसुवा जिल्लामा सान्जेन ४२.५ मेगावाट, माथिल्लो सान्जेन १४.८ मेगावाट र रसुवागढी जलविद्युत्त आयोजनाले १११ मेगावाटको आयोजना निर्माण गरिरहेका छन् ।
साञ्जेन जलविद्युत्त कम्पनीले साधारण सेयर निष्काशनका लागि नागरिक लगानी कोषलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी दिएको छ । रसुवागढी हाईड्रोले भने आईपीओ निष्काशनको जिम्मेवारी सिद्धार्थ क्यापिटल, एनआईबिएल क्यापिटल, ग्लोबलआईएमई क्यापिटल र एनसीएम मर्चेन्ट गरी चारवटालाई संयुक्त रुपमा दिईएको छ ।
दुबै जलविद्युत्त कम्पनीले हाल निष्काशन गर्न लागेका सेयरमा सर्वसाधारणले भने आवेदन गर्न पाउने छैनन् । अहिले निष्काशन गर्न लागेको प्राथमिक सेयरमा नेपाल विद्युत्त प्राधिकरण, आयोजनामा ऋण लगानी गर्ने कम्पनीहरु, नागरिक लगानी कोष, कर्मचारी सञ्चयकोषका कर्मचारीहरु तथा सदस्यहरुले मात्र आवेदन गर्न पाउनेछन् ।
चिलिमे हाइड्रोपावर लिमिटेड नेपाल विद्युत प्राधिकरणको मुख्य लगानी रहेको आयोजना सन् २०१९ मा सम्पन्न गर्ने लक्ष्य छ ।
May 03, 2018merolagani