Sunday, November 30, 2014

बैकहरुले अभौतिक शेयर धितोमा अझै ऋण दिन मानेनन्, सनराईज भन्छ–त्यस्तो ब्यवस्था छैन्

नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई शेयरका भौतिक प्रमाण पत्र, अभौतिक प्रमाण पत्र वा खाली हस्तान्तरण प्रक्रियामा रहेका शेयरहरु धितो राखेर ऋण प्रबाह गर्न अघिल्लो साता निर्देशन दिए पनि बैंकहरुमा त्यो अझै लागु हुन सकेको छैन् ।
शेयर धितोमा कर्जा माग आब्हान गरेको सनराईज बैंकले अभौतिक शेयर र खाली हस्तान्तरणमा ऋण नदिने बैंकको नीति रहेको स्पष्ट पारेको छ । सनराईजका शेयर कर्जा विभाग प्रमुखले मेरो लगानी डटकमसँग कुरा गर्दै नेपाल स्टक एक्सचेन्जले क बर्गमा बर्गीकरण गरेका कम्पनीहरुको साधारणतर्फको कागजी प्रमाणपत्रको धितोमा मात्र ऋण प्रबाह हुने स्पष्ट पारे । राष्ट्र बैंकले अघिल्लै साता अभौतिक शेयर धितोमा ऋण प्रबाह गर्न निर्देशन दिएको बारेमा सोध्दा उनले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने– हाम्रो बैंकमा त्यस्तो ब्यवस्था छैन् ।

सनराईजले ७.९९ प्रतिशत बार्षिक ब्याज दरमा एक बर्षका लागि शेयरको १ सय ८० दिनको औसत मूल्य वा अन्तिम मूल्यको ६० प्रतिशतसम्म रकम ऋण प्रबाह गरिने जनाएको छ । सेवा शुल्क एक प्रतिशत र प्रक्रियागत शुल्क एकमुष्ठ पाँच हजार रुपैयाँ लिएर ५ लाखदेखि १ करोड रुपैयाँसम्म कर्जा प्रबाह गरिने जनाईएको छ ।

उता, सानिमा बैंकको कर्जा विभागले पनि अभौतिक शेयर प्रमाणपत्र धितो राखेर कर्जा दिने ब्यवस्था अहिलेसम्म नभएको जनाएको छ । सो शाखाका कर्मचारीले हालसम्म भौतिक शेयर प्रमाणपत्रलाई नै आधार मानेर ऋण प्रबाह भईरहेकोमा त्यसमा फेरबदलको संकेत नभएको जनाए ।
राष्ट्र बैंकले आफ्नो सर्कुलरमा भौतिक शेयर प्रमाणलाई धितो राखेर ऋण प्रदान गर्ने ब्यवस्था कायम राख्दै अभौतिक शेयरको हकमा प्रचलित ब्यवस्था बमोजिम धितो बन्धक लिएको प्रमाण लिएर ऋण प्रबाह गर्न बैंक तथा बित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले शेयर खरिद रसिद र शेयर दलालको जमानतमा एक बर्ष अवधिका लागि शेयर धितो कजा( बीटी लोन ) दिन पनि रोक नलगाईएको स्पष्ट पारेको छ ।
यसअघि कागजी प्रमाणपत्र वा खाली हस्तान्तरण(बीटी) मा रहेका शेयरहरुको आधारमा मात्र ऋण लिन सकिने ब्यवस्था थियो ।
नेपाल राष्ट्र बैंकका अधिकारीहरुले नियमनकारी निकायको निर्देशन मान्नु बैंक तथा बित्तीय संस्थाहरुको कर्तब्य भए पनि ऋण लगानी गर्ने बारेमा भने उनीहरु स्वतन्त्र रहेको बताएका छन् । राष्ट्र बैंकका प्रबक्ता मनमोहनकुमार श्रेष्ठले राष्ट्र बैंकले अभौतिक शेयर धितोमा कर्जा प्रबाह गर्ने बाटो खोलेको हो, कहाँ र कसरी ऋण प्रबाह गर्ने भन्ने बारेमा बैंकहरुले नै निर्णय गर्ने कुरा हो भन्नुभयो ।

बैंकहरुले यसरी अभौतिक शेयर धितोमा कर्जा प्रबाह गर्ने बारेमा आनाकानी गरिरहेकाले शेयर अभौतिक गराईसकेका कतिपय लगानीकर्ताहरु प्रभावित हुने भएका छन् । सीडीएससीले हालसम्म लगानीकर्ताका २८ लाख कित्ता शेयर अभौतिकीकरण गरिसकेको छ ।

ग्लोबल आईएमईलार्इ बैंक अफ दी इयर अवार्ड, अध्यक्ष ढकाल र सिइअो बज्राचार्यले लण्डनमा लिए सम्मान

काठमाडौं । यस वर्षको बैंक अफ दी अवार्ड ग्लोबल आईएमई बैंकले पाएको छ । बेलायतमा विहीबार यो अवार्ड घोषणा गरिएको हो । 
 
बैंक अफ दी इयरको अवार्ड वित्तीय क्षेत्रमा निकै महत्वपूर्ण मानिन्छ । लण्डनको फाइनान्सियल टाइम्सको दी व्याङ्करले निश्चित सूचकहरुको विश्लेषणका आधारमा यो अवार्ड घोषणा गर्छ । द बैंकर पत्रिकाको निर्णायक मण्डलले नेपालबाट ग्लोबल आईएमई बैंकलाई यस वर्षको बैक अफ दी ईयरको बिजेता बैकको रुपमा छनौट गरेको हो । 
 
ग्लोबल आईएमई बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सम्मान ग्रहण गरेका छन् । लन्डनको पार्क लेन स्थित होटल ईन्टरकन्टिनेन्टलमा गत विहीबार द बैंकरद्वारा आयोजित कार्यक्रममा यो सम्मान हस्तान्तरण गरिएको हो । कार्यक्रममा एक सय ३० भन्दा बढि मुलुकका विजेता बैंकका प्रतिनिधिहरु उपस्थित थिए ।

बैक अफ दी ईयर लामो ऐतिहासिक पृष्ठभूमि भएको बिश्वमै प्रतिष्ठित अन्तर्राष्ट्रिय स्तरको बैंकिङ उपाधि हो । विजेता बैंकको व्यवस्थापन उत्कृष्ठ रहेको, व्यावसायिक संरचना सक्षम रहेको र जोखिम व्यवस्थापन उपयुक्त रहेको प्रमाणित गर्दछ । 
 
बैंकले हरेक वर्ष व्यवसायिकतामा गुणात्मक सुधार गर्दै गएको छ । बैंक अफ दी इयरको उपाधि पाउने बैंकको सेवामा गुणस्तरीयता छ भन्ने प्रमाणित हुन्छ । 
 
ग्लोबल आईएमईमा गत वर्ष कमर्ज एण्ड ट्रष्ट बैंक मर्ज भएको थियो । ग्लोबलमा पाँच वटा अन्य सस्था मर्ज भइसकेका छन् । चुक्ता पूँजीका आधारमा यो निजीक्षेत्रको एक नम्बरमाको बैंक पर्छ भने सञ्जालका आधारमा दोस्रो स्थानमा छ । गत आर्थिक वर्षमा बैंकले एक अर्व रुपैयाँ खुद नाफा कमाएको थियो । 
 
यस अघि नेपालबाट स्ट्याणर्डड चार्टड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डू, एनआईसी एशियाले यो अवार्ड जितेका थिए ।
bizmandu