Wednesday, November 12, 2014

नागबेली लघुवित्तको ४० बोनससहित ६० प्रतिशत लाभांश, काठमाडौ फाईनान्सको ८ प्रतिशत बोनस र शत प्रतिशत हकप्रद


नागबेली लघुवित्त विकास बैंकले लगानीकर्तालाई गत बर्षको खुद नाफाबाट ३९.८६ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश  दिने प्रस्ताव गरेको छ । 

बैंक संचालक समतिको बैठकले गरेको सो प्रस्ताव राष्ट्रबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । 

बैंकको चुक्ता पूँजी हाल १ करोड ४३ लाख रुपैयाँ मात्र छ । 
त्यस्तै काठमाडौ फाईनान्सले ८ प्रतिशत बोनस शेयर जारी गरेपछि हुन आउने चुक्ता पूँजीमा शत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ । फाईनान्सको १९ औं साधारणसभाले यसअघि २० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेकोमा त्यसलाई समेत संशोधन गरी पुरानो १ बराबर नयाँ १ शेयर हकप्रद जारी गर्ने प्रस्ताव गरिएको हो । कम्पनीको हाल चुक्ता पूँजी १७ करोड रहेकोमा बोनस र हकप्रद जारीपछि साढे ३६ करोड रुपैयाँ पूँजी पुग्नेछ ।
फाईनान्सले मंसिर १८ मा २० औं साधारणसभा गर्दैछ ।




Mero Lagani 

Nov 12, 2014

सांसद र प्राध्यापकहरु बैंक तथा बित्तीय संस्थाको बोर्डमा बस्न नपाउने नियम आउँदै, कसलाई पर्छ असर ?

नेपाल राष्ट्र बैंकले बित्तीय क्षेत्रमा सुशासन कायम गर्न सांसद र प्राध्यापकहरु कुनै पनि बैंक तथा बित्तीय संस्थाहरुको संचालक समितिमा बस्न नपाउने नियम लागु गर्ने तयारी गरेको छ । 
 
राष्ट्र बैंकले वैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन (वाफिया) मा संशोधनको पहल गरी यस्तो ब्यवस्था गर्न लागेको हो । 

अघिल्लो संविधानसभामा वैंकिङ क्षेत्रका राजेन्द्र खेतान, विनोद चौधरी लगायतका व्यक्तिहरु सभासद् हुँदा आफ्नो स्वार्थ अनुसार राष्ट्र वैंकलाई प्रभावित पारेकोले बैंकिङ क्षेत्रको सुशासनमा असर परेको राष्ट्र बैंकका अधिकारीहरुको ठहर छ । त्यसैगरी अहिले नेकपा एमालेको आडमा सभासद् ईच्छाराज तामाङले आफ्नो स्वार्थ अनुकुल निर्णय गर्न राष्ट्रवैंकलाइ दवाव दिदै आएका श्रोतको भनाई छ ।  हाउजिङ व्यवसायी तथा सिभिल बैंकका अध्यक्ष तामाङ सामानुपातिक कोटाबाट एमाले सभासद् बनेका हुन । राष्ट्रवैंकले तयार पारेको ऐनको संशोधन मस्यौदा पारित भएमा उनले सांसद वा सिभिल  वैंकको अध्यक्षको पद त्याग्नुपर्ने हुन्छ ।  
 
राष्ट्रवैंकका प्रवत्ता मनमोहन कुमार श्रेष्ठले वैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) संशोधनको अन्तिम गृहकार्य सकिएको र यसै साता भित्रमा अर्थ मन्त्रालय पठाईने जनाए । ऐन संशोधन प्रस्तावमा अव देखि कुनै पनि सांसद वैंक तथा वित्तिय संस्थाको कार्यकारी प्रमुख र संचालकको पदमा रहन नपाउने कडा व्यवस्था  रहेको जनाईएको छ । 
 
ऐनको संशोधन प्रस्तावमा प्राध्यापकहरुलाई पनि वैंक तथा वित्तिय संस्थाको प्रमुख तथा संचालक बन्नबाट बंचित गरिने उल्लेख छ । नेपाल बैंक ब्यवस्थापन समितिका संयोजक प्राध्यापक डा. देबराज अधिकारी, मेगा बैंकका प्राध्यापक डा. मदनकुमार दाहाल, टुरिजम बैंकका अध्यक्ष प्राध्यापक डा. पुष्पराज कंडेललगायतका ब्यक्तिहरुलाई यसले असर पार्ने देखिएको छ ।
 
यता, बैंकर्स संघका अध्यक्ष राजनसिंह भण्डारीले भने वाफिया संशोधन छलफलमा आफुहरु सहभागी भए पनि सांसद र प्राध्यापकहरुलाई बैंकको संचालक र ब्यवस्थापक हुनबाट रोक्ने कुरामा सहमत नहुने बताए ।


copy:Mero Lagani 
Nov 12, 2014

१६ बर्षपछि नेपाल बैंकको साधारणसभा हुँदै, मंसिर २६ को तिथि प्रस्ताव

सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले झण्डै १६ बर्षको अन्तरालपछि विशेष साधारणसभा गरेर सर्वसाधारण शेयरधनीलाई बैंकको ब्यवस्थापन हस्तान्तरण गर्ने भएको छ ।
बैंकको विशेष साधारणसभाका लागि आगामी मंसिर २६ गतेको तिथि प्रस्ताव गरिएको छ । 
नेपाल बैंकका कायम मुकायम महाप्रबन्धक दुर्गाराज रेग्मीले मंसिर २६ गतेका लागि साधारणसभाको मिति प्रस्ताव गरिएको जानकारी दिदैं त्यसमा आधिकारिक निर्णय हुन भने बांकी रहेको बताउनुभयो । उहाँले १६ बर्षपछि हुन लागेको सो साधारणसभामा नयाँ संचालक समितिको निर्वाचन मुख्य एजेण्डा हुने पनि उल्लेख गर्नुभयो । 
 
खराब कर्जाले झण्डै धरासायी हुन लागेको बैंकलाई विदेशी ब्यवस्थापन समूह हुँदै नेपाल राष्ट्र बैंकले आफ्नो टोली पठाएर सुधार गरेको छ । बैंकको पूँजी कोष धनात्मक हुँने स्थितिमा छ भने गत आर्थिक बर्षमा १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा गरेको छ ।
 
बैंकमा नेपाल सरकारको ६२ र सर्वसाधारणको ३८ प्रतिशत स्वामित्व छ । साधारणसभापछि बैंक संचालक समितिमा सर्वसाधारण शेयरधनीको समेत प्रतिनिधित्व भएपछि आगामी बर्ष उल्लेखनीय प्रगति गर्ने अपेक्षा गरिएको छ । 

copy:Mero Lagani 
Nov 11, 2014

माछापुच्छ्रे बैंकको आकर्शक लाभांश, बोनसका साथमा हकप्रद पनि जारी हुने

माछापुच्छ्रे बैंकले  यसपालि लगानीकर्तालाई आकर्शक प्रतिफलको घोषणा गरेको छ । 
 
बैंकले लगानीकर्तालाई गत बर्षहरुको नाफाबाट १२ प्रतिशत बोनस शेयर दिएपछि २० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ । बोनस र हकप्रद जारीपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ७० करोड पुग्ने छ । 

बैंक संचालक समितिको बैठकले मंसिर २६ गते पोखरामा सोह्रौ साधारण सभा आयोजना गर्ने निर्णयसहित लाभांश प्रस्ताव गरेको हो ।  हकप्रद शेयर निश्काशन भएपछि शेयरधनीले हाल कायम ५ शेयर बराबर नयाँ १ शेयरका लागि आबेदन गर्न पाउनेछन् । त्यस्तै शेयर सदस्यहरुको हकप्रद शेयर खरिद गर्नपाउने हक हस्तान्तरण गर्न पाउने ब्यवस्था पनि साधारणसभाबाट गरिने भएको छ । साधारणसभाले संस्थापक समूहका ५ संचालक सदस्यहरुको निर्वाचन पनि गर्ने भएको छ ।
 
बिनिता प्रधानलगायतका ऋणीहरुका कारणले समस्यामा परेको बैंकले उपेन्द्र महतोलगायतका गैर आबासीय नेपालीहरुले प्रबद्र्धन गरेको स्टान्डर्ड फाईनान्सलाई आफुमा गाभेर सुधारको दिशामा अघि बढेको थियो । बैंकले यस आर्थिक बर्षको पहिलो त्रैमासमा उल्लेखनीय प्रगति गरी प्रति शेयर आम्दानी २७ रुपैयाँ पुर्याएको छ । २ अर्ब ७७ करोड चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक बर्षमा ४५ करोड खुद नाफा गरेको थियो । 


copy:Mero Lagani 
Nov 12, 2014