Wednesday, November 12, 2014

माछापुच्छ्रे बैंकको आकर्शक लाभांश, बोनसका साथमा हकप्रद पनि जारी हुने

माछापुच्छ्रे बैंकले  यसपालि लगानीकर्तालाई आकर्शक प्रतिफलको घोषणा गरेको छ । 
 
बैंकले लगानीकर्तालाई गत बर्षहरुको नाफाबाट १२ प्रतिशत बोनस शेयर दिएपछि २० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ । बोनस र हकप्रद जारीपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ७० करोड पुग्ने छ । 

बैंक संचालक समितिको बैठकले मंसिर २६ गते पोखरामा सोह्रौ साधारण सभा आयोजना गर्ने निर्णयसहित लाभांश प्रस्ताव गरेको हो ।  हकप्रद शेयर निश्काशन भएपछि शेयरधनीले हाल कायम ५ शेयर बराबर नयाँ १ शेयरका लागि आबेदन गर्न पाउनेछन् । त्यस्तै शेयर सदस्यहरुको हकप्रद शेयर खरिद गर्नपाउने हक हस्तान्तरण गर्न पाउने ब्यवस्था पनि साधारणसभाबाट गरिने भएको छ । साधारणसभाले संस्थापक समूहका ५ संचालक सदस्यहरुको निर्वाचन पनि गर्ने भएको छ ।
 
बिनिता प्रधानलगायतका ऋणीहरुका कारणले समस्यामा परेको बैंकले उपेन्द्र महतोलगायतका गैर आबासीय नेपालीहरुले प्रबद्र्धन गरेको स्टान्डर्ड फाईनान्सलाई आफुमा गाभेर सुधारको दिशामा अघि बढेको थियो । बैंकले यस आर्थिक बर्षको पहिलो त्रैमासमा उल्लेखनीय प्रगति गरी प्रति शेयर आम्दानी २७ रुपैयाँ पुर्याएको छ । २ अर्ब ७७ करोड चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक बर्षमा ४५ करोड खुद नाफा गरेको थियो । 


copy:Mero Lagani 
Nov 12, 2014

No comments:

Post a Comment