Wednesday, May 2, 2018

वित्तीय प्रणालीमा आघात पुर्याउनेलाई कारबाही नगर्ने निकायलाई पनि कारबाही हुन्छ : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय प्रणालीलाई आघात पुर्याउनेलाई कारबाहीको दायरामा ल्याउन राष्ट्र बैंकलाई निर्देशन दिएका छन् । राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंकको एकीकृत बैंकिङ कारोबारको शुभारम्भ गर्दै अर्थमन्त्री खतिवडाले गलत काम गर्नेलाई कारबाही नगर्ने निकायलाई नै कारबाही गरिने चेतावनी समेत दिए ।

राष्ट्र बैंक तर्फ इगिंत गर्दे अर्थमन्त्री खतिवडाले वित्तीय प्रणालीमा चक्रिय संकट आइरहन्छन् त्यसबाट मुक्त रहन तयार रहन निर्देशन दिँदै वित्तीय स्थायित्व आयो भन्दैमा खुकुलो भएर बस्न नहुने बताए ।
स्थलगत निरिक्षणका कामहरु अगाडि बढाउन, राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन राष्ट्र बैंकको ध्यानकर्षण समेत गराए ।
'फाइलहरु रोक्काउने, गायब गर्ने र कारबाही नगर्नेहरुलाई सम्बन्धीत निकायले काराबाही गर्छन् । मैले पनि त्यो काम गरिन भने मलाई पनि कारबाही गर्ने निकाय छन् । राष्ट्र बैंकलाई पनि त्यो निकाय हुन्छ, बैंकहरुलाई नि हुन्छ, सरकारी बैंकहरुलाई पनि त्यो निकाय छ, यो कुरा हामीले कान खोलेर सुन्नपर्छ ।' अर्थमन्त्री खतिवडाले भने ।
'दण्डहिनता, वित्तीय प्रणालीमा हुने अपराध असह्य छ । जस्तो सुकै जो सुकैले पनि वित्तीय प्रणालीमा आघात पुर्याउने काम गर्छ भने कानुनी दायरामा ल्याउनुपर्छ, ल्याउन नसक्नेले त्यसको जिम्मेवारी बहन गर्न तयार रहनुपर्छ । म स्पष्ट भन्न चाहान्छु । म अलि सोझो,स्पष्ट र पारदर्शी व्यवहार गर्न चाहान्छु, अरुबाट त्यस्तै अपेक्षा गर्दछु ।' अर्थमन्त्री खतिवडाले भने ।
May 02, 2018Merolagani 

कुन बार जन्मेको मान्छे कति धनि र कस्तो हुन्छ जानी राखौ .. बिशेषत महिला !!

कुन बार जन्मेको मान्छे कति धनि र कस्तो हुन्छ जानी राखौ .. बिशेषत महिला !!
आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ ।
week days birth meaning
ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।

आइतबारः
पुरुष
आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ ।
स्त्री
आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।

सोमबारः
पुरुष
सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।
स्त्री 
सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् ।

मंगलबारः 
पुरुष
मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ ।
स्त्री
ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् ।

बुधबारः
पुरुष
बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ ।

स्त्री
बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।

विहीबारः
पुरुष विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ ।

स्त्री 
जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

शुक्रबारः
पुरुष 
शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ ।
स्त्री
कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।
शनिबारः
पुरुष
जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी मिल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ ।

स्त्री


शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् ।

बाणिज्य बैंकले सरकारलाई बुझाए झण्डै १५ अर्ब रुपैयाँ आयकर (सूचीसहित)

-तीर्थराज पाैड्याल
बाणिज्य बैंकहरुले चालू आर्थिक बर्षको ९ महिना अवधिमा सरकारलाई झण्डै १५ अर्ब रुपैयाँ आयकर तिरेका छन् । सञ्चालनमा रहेका २८ वटा बाणिज्य बैंकहरुले गरेको नाफाबाट आयकर वापत १४ अर्ब ८७ करोड रुपैयाँ सरकारलाई बुझाएका हुन् ।

यो अायकर रकम बाणिज्य बैंकहरुले आर्थिक बर्ष २०७२/७३ को ९ महिना अवधिमा तिरेको भन्दा दुई अर्ब १४ करोड अर्थात १६.८१ प्रतिशतले बढि हो । गत बर्ष बैंकहरुले १२ अर्ब ७३ करोड रुपैयाँ आयकर वापत सरकारलाई बुझाएका थिए ।
सबैभन्दा धेरै कर तिर्ने बैंकको सूचीमा राष्ट्रिय बाणिज्य बैंक एक नम्बरमा रहेको छ । बैंकले ९ महिना अवधिमा एक अर्ब २१ करोड रुपैयाँ आयकर बुझाएको छ । दोश्रो नम्बरमा नबिल बैंकले एक अर्ब १६ करोड तथा तेश्रो नम्बरमा रहेको नेपाल बैंकले एक अर्ब १० करोड रुपैयाँ आयकर बुझाएको छ ।
गत बर्ष नबिल बैंकले सबैभन्दा बढी एक अर्ब १३ करोड र सबैभन्दा कम एनसीसी बैंकले ४ करोड रुपैयाँ आयकर तिरेका थिए ।
तीन बैंकले एक अर्ब बढी कर तिरेका छन् भने ५० करोडभन्दा बढी कर तिर्ने बैंकको संख्या ११ रहेको छ । बाँकी रहेका १४ बैंकमध्ये ८ वटाले ३० करोड बढी र ६ बैंकले ३० करोडभन्दा थोरै कर बुझाएको देखिन्छ । गत बर्षको तुलनामा एनसीसी बैंकले ४२८ प्रतिशत धेरै अायकर सरकारलाई बुझाएको छ भने प्रतिशतको आधारमा सरकारलाई बुझाउने आयकर गत बर्षभन्दा ४२ प्रतिशत कम प्रभु बैंकले तिरेकाे देखिन्छ ।
सबैभन्दा कम कर तिर्ने बैंकहरुको पहिलो नम्बरमा भने सिभिल बैंक परेको छ । सिभिल बैंकले १५ करोड रुपैयाँ सरकारलाई कर बुझाएको हो । एनसीसी र मेगाा बैंकले पनि २० करोडभन्दा थोरै कर तिर्ने बैंकहरुको सूचीमा समेटिएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुले आयकर वापत ३० प्रतिशत, १० प्रतिशत घर बहाल कर, ५ प्रतिशत ब्याजकर तिर्ने गरेका छन् । ठुला करदाता कार्यालयमा गत आर्थिक बर्ष २०७३ ७४ मा बाणिज्य बैंकहरुले २६ अर्ब ७८ करोड २६ लाख रुपैयाँ १० कर तिरेका थिए । गत  अार्थिक बर्षमा धेरै कर तिर्ने २० कम्पनीभित्र १० वटा  त बाणिज्य बैंक नै रहेका थिए ।
यस आधारमा सरकारको राजश्व संकलनमा वाणिज्य बैंकहरूको योगदान ठूलो रहेको देखिन्छ ।
May 02, 2018Merolagani