Sunday, December 14, 2014

माछापुच्छ्रेको साधारणसभाले १२ प्रतिशत लाभांस पारित गर्‍यो, २० प्रतिशत हकप्रद, अध्यक्षमा महतो -

काठमाडौं। माछापुच्छ्रे बैक लिमिटेडको १६औं बार्षिक साधारण सभाले १२.६३ प्रतिशत लाभांस अनुमोदन गरेको छ। बैंकको शुक्रबार पोखरामा भएको साधारणसभाले १२ प्रतिशत वोनस सेयर र त्यसमा लाग्ने कर वापतको ०.६३ प्रतिशत नगद लाभांस पारित गरेको हो। 
 
संचालक समितिका अध्यक्ष सूर्यबहादुर केसीको सभापतित्वमा भएको सभाले वोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको २० प्रतिशत हकप्रद सेयर निस्काशन गर्ने निर्णयसमेत गरेको छ। 
 
साधारण सभाले संस्थापक सेयरधनीका तर्फबाट डा. विरेन्द्रप्रसाद महतो, प्रकाश केसी, रोशन केसी, ज्ञानप्रसाद कर्माचार्य र गोपिकृष्ण न्यौपानलाई बैंकको संचालक पदमा निर्वाचित गरेको छ। साथै सञ्चालकहरुको वैठकले महतोलाई अध्यक्ष चयन गरेको छ। 
-bizmandu