Monday, December 8, 2014

एनएमबीले धमाधम गाभ्न थाल्यो साना कम्पनी, नमस्ते र प्रुडेन्सियल फाईनान्स पनि गाभिदै

क्लिन ईनर्जी बिकास बैंक, पाथिभरा बिकास बैंक र भृकुटी बिकास बैंकलाई आफुमा गाभ्ने निर्णय गरेको एनएमबीले अरु दुई वटा साना कम्पनीहरुलाई पनि आफुमा मिलाउँदै छ । 
यसरी एनएमबीमा गाभिनेमा काठमाडौको प्रुडेन्सियल फाईनान्स र दाङको नमस्ते बित्तीय संस्था भएको बताईएको छ । ती दुई कम्पनीसँग एनएमबी बैंकका प्रमुख कार्यकारी उपेन्द्र पौडेलले मर्जको कुरा भईरहेको स्वीकार गर्नुभएको छ ।  
एनएमबीले साना कम्पनीहरुलाई गाभेर आफ्नो चुक्ता पूँजी ५ अर्ब पुर्याउने भएको छ /
Mero Lagani