Sunday, December 21, 2014

सेन्चुरीका लगानीकर्तालाई लाभांश प्रस्ताव, छ प्रतिशत बोनस, साढे तीन प्रतिशत नगद

सेन्चुरी बैंक(CCBL)ले लगानीकर्तालाई ६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। बैंक संचालक समितिको बैठकले लगानीकर्तालाई आकर्षक लाभांश प्रस्ताव गरेको हो ।

२ अर्ब चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक बर्षमा १३ करोड ९५ लाख खुद नाफा गरी ६ रुपैयाँ ९८ पैसा प्रति शेयर आम्दानी गरेको थियो । बैंक स्थापना र साधारण शेयर बिक्री गरेको पहिलो आर्थिक बर्षमै आकर्षक लाभांश प्रस्ताव गरेर सेन्चुरीले लगानीकर्तालाई खुशी पार्ने प्रयास गरेको छ ।

Mero Lagani