Monday, November 24, 2014

नेपाल ईन्भेष्टमेन्टको ४७ लाख कित्ता साधारण शेयर प्रिमियममा निश्काशन तयारी, बैंकको कोषमा कम्तिमा २ अर्ब थपिने

नेपाल ईन्भेष्टमेन्ट बैंक (NIB) ले  सर्वसाधारण लगानीकर्ताको हिस्सा बढाउन झण्डै ४७ लाख कित्ता साधारण शेयर निश्काशनको तयारी गरेको छ ।
ईन्भेष्टमेन्ट बैंकले बैंकमा सर्वसाधारणको हिस्सा २० बाट ३० प्रतिशत बनाउन प्रिमियममा शेयर निश्काशन गर्न लागेको हो । 
ईन्भेष्टमेन्ट बैंकका सूचना अधिकारी राजन अमात्यले मेरोलगानी डटकमसँग कुरा गर्दै ४७ लाख कित्ता शेयर सर्बसाधारणका लागि निश्काशन गरिने तयारी भईरहेको जानकारी दिनुभयो । उहाँले हाल कायम चुक्ता पूँजी ४ अर्ब ७६ करोडको दश प्रतिशतले हुने पूँजी थप्ने गरी प्रिमियममा शेयर निश्काशनको तयारी अगाडि बढाईएको हो भन्नुभयो । कम्तिमा ४ सय रुपैयाँ न्युनतम मूल्यमा प्रिमियममा शेयर निश्काशन हुँदा बैंकमा २ अर्ब रकम थपिने अपेक्षा गरिएको छ । अबको तीन साताको अबधिमा आन्तरिक प्रक्रिया पुरा गरेर विशेष साधारणसभा आब्हान गरी त्यसबाट पारित भएपछि सर्वसाधारणका लागि प्रिमियममा शेयर जारी गरिने अमात्यको भनाई छ ।
ईन्भेष्टमेन्ट बैंकमा संस्थापक र संस्थागत लगानीकर्ताहरुको ८० प्रतिशत हिस्सा रहेकाले राष्ट्र बेंकको नीति अनुसार सर्वसाधारणहरुको हिस्सा बढाउनैपर्ने बाध्यता बैंकलाई रहेको छ । राष्ट्र बैंकले संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत हिस्सा कायम गर्न बैंक तथा बित्तीय संस्थाहरुलाई निर्देश गरेको छ । अन्य बैंक तथा बित्तीय संस्थाहरुले १९ प्रतिशत संस्थापक शेयर साधारण शेयरमा परिवर्तन गरे पनि ईन्भेष्टमेन्ट बैंकलाई त्यसो गर्न अनुमति प्राप्त भएको छैन् । त्यसैले प्रिमियममा शेयर निश्काशन गरेर सर्वसाधारणको हिस्सा बढाउन लागिएको हो ।
ईन्भेष्टमेन्ट बैंकमा रहेको क्रस होल्डिङ समाप्त गर्न हालै राष्ट्रिय बाणिज्य बैंकले आफ्नो नाममा रहेको ईन्भेष्टमेन्ट बैंकको १५ प्रतिशत अर्थात ६२ लाख कित्ता शेयर लिलाम गर्ने प्रयास गरेको थियो । बाणिज्य बैंकले प्रति कित्ता ५३० रुपैयाँमा न्युनतम मूल्य तोकी लिलाम आब्हान गर्दा महंगो मूल्य हुनुका साथै ईन्भेष्टमेन्टले घोषणा गरेको ४० प्रतिशत लाभांशबारे स्पष्ट पार्न नसक्दा झण्डै १० लाख कित्ता शेयर मात्र बिक्री भएको थियो । ईन्भेष्टमेन्ट बैंकले प्रिमियममा शेयर निश्काशन गरेपछि बाणिज्य बैंकलाई आफ्नो नाममा रहेको शेयर फेरि लिलाममा राख्दा मूल्यमा पुनर्विचार गर्नै पर्ने स्थिति आउने देखिएको छ ।
नेपाल ईन्भेष्टमेन्ट बैंक नेपालमा धेरै चुक्ता पूँजी भएको दोस्रो ठूलो बाणिज्य भए पनि प्रिमियममा शेयर निश्काशन गरेपछि धेरै चुक्ता पूँजी भएको पहिलो बैंक बनि झन् बलियो हुनेछ । बैंकले विगतका बर्षहरुमा लगानीकर्ताहरुलाई निरन्तर आकर्शक बोनस शेयर र नगद लाभांश दिदै आएको छ । गत बर्षको नाफाबाट बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश दिएको छ ।

अब डिम्याट शेयरमा कर्जा सुनिश्चित, राष्ट्र बैंकले दियो बैंकहरुलाई निर्देशन

नेपाल राष्ट्र बैंकले अभौतिकीकरण गरिएका ( डिम्याट) शेयर धितो राखेर बैंक तथा बित्तीय संस्थाहरुबाट सहज रुपमा कर्जा पाईने ब्यवस्था मिलाएको छ ।
आईतबार बैंक तथा बित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गर्दै राष्ट्र बैंकले शेयर बजारका लगानीकर्ताहरुको लागि शेयर धितो ऋणको सहज ब्यबस्था मिलाएको हो । 
नेपाल राष्ट्र बैंकले अभौतिकीकरण गरिएका ( डिम्याट) शेयर धितो राखेर बैंक तथा बित्तीय संस्थाहरुबाट सहज रुपमा कर्जा पाईने ब्यवस्था मिलाएको छ । आईतबार बैंक तथा बित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गर्दै राष्ट्र बैंकले शेयर बजारका लगानीकर्ताहरुको लागि शेयर धितो ऋणको सहज ब्यबस्था मिलाएको हो । नेपाल
राष्ट्र बैंकले अभौतिकीकरण गरिएका ( डिम्याट) शेयर धितो राखेर बैंक तथा बित्तीय संस्थाहरुबाट सहज रुपमा कर्जा पाईने ब्यवस्था मिलाएको छ । आईतबार बैंक तथा बित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गर्दै राष्ट्र बैंकले शेयर बजारका लगानीकर्ताहरुको लागि शेयर धितो ऋणको सहज ब्यबस्था मिलाएको हो । 

राष्ट्र बैंकले आफ्नो सर्कुलरमा भौतिक शेयर प्रमाणलाई धितो राखेर ऋण प्रदान गर्ने ब्यवस्था कायम राख्दै अभौतिक शेयरको हकमा प्रचलित ब्यवस्था बमोजिम धितो बन्धक लिएको प्रमाण लिएर ऋण प्रबाह गर्न बैंक तथा बित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले शेयर खरिद रसिद र शेयर दलालको जमानतमा एक बर्ष अवधिका लागि शेयर धितो कजा( बीटी लोन ) दिन पनि रोक नलगाईएको स्पष्ट पारेको छ । 
यसअघि कागजी प्रमाणपत्र वा खाली हस्तान्तरण(बीटी) मा रहेका शेयरहरुको आधारमा मात्र ऋण लिन सकिने ब्यवस्था थियो । अधिकांश बाणिज्य बैंकहरुको शेयर अभौतिकीकरण भईसकेको र केही लगानीकर्ताहरुले आफ्नो नामको शेयर निक्षेप सदस्य मार्फत अभौतिक गराईसकेकाले डिम्याट शेयर प्रमाणपत्रमा ऋणको पर्खाईमा लगानीकर्ताहरु थिए । खाली हस्तान्तरणमा ऋण लगानी गर्न बैंक तथा बित्तीय संस्थाहरुले आनाकानी गरिरहेकोे अबस्थामा पूर्ववत ब्यवस्थालाई कायम राख्दै डिम्याट शेयरमा पनि कर्जा पाईने ब्यवस्थाले शेयर बजारलाई अरु आधार दिने देखिएको छ ।

माघ २ गतेदेखि सबै बाणिज्य बैंकहरुको अनिवार्य रुपमा अभौतिक शेयरको मात्र खरिद बिक्री र राफसाफ हुने भएको छ । अभौतिक शेयर धितोमा कर्जा पाउन ऋणी र बैंक दुबैले हितग्राही खाता खोली एकै प्रकारको अनुरोप पत्र डीपीलाई दिएपछि अभौतिक शेयर वापत ऋण लिनेदिने प्रक्रिया अगाडि बढ्ने छ ।
Mero Lagani 
Nov 23, 2014