Monday, November 17, 2014

एनसिसी र एनबीका साझा लगानीकर्ता भएको भन्दै बंगलादेशी साझेदारसँग छलफल, पुससम्म साधारणसभा

काठमाडौं। नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक र एनबी (नेपाल बंगलादेश बैंक) को मर्जर प्रकृया अगाडि वढेको छ। नेपाल राष्ट्र बैंकको पहलमा दुई कम्पनी मर्जर प्रकृया अगाडि वढेको हो।
 
सञ्चालक समिति जिम्मा लिएको राष्ट्र बैंकले एनसिसी बैंकको मर्जरका लागि संस्थापक सेयरधनीहरुसँग छलफल गरिसकेको छ भने एनबी बैंकको बंगलादेशी साझेदारसँग पनि कुराकानी गरेको छ। 
 
'हामीले दुवै संस्थाका प्रमुख सेयरधनीहरुसँग कुराकानी गरिसकेका छौं,' नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बिजमाण्डूसँग भने, 'दुबै बैंकमा साझा साझेदार भएका कारण मर्जरका लागि छलफल चलाएका हौं।' उनले बंगलादेशी साझेदारहरु मर्जरको बिषयमा सकारात्मक रहेको जानकारी दिए ।
 
सुरुमा एनसिसी बैंकमा सञ्चालक समिति अध्यक्ष भएर गएका निरौलाका अनुसार, सञ्चालक समिति जिम्मा लगाउनुअघि बैंकलाई मर्जरमा लैजाने प्रकृया थाल्नु पर्ने हुन्छ, यसका लागि पहल सुरु भइसकेको छ। 'एउटै समूह प्रबर्द्धक रहेको बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर पहिलो प्राथमिकता हो,' उनले भने।
 
राष्ट्र बैंकबाट खटिएको सञ्चालक समितिले बैंकको ०.५ प्रतिशतभन्दा वढी संस्थापक सेयर भएका लगानीकर्तासँग मर्जरको बारेमा छलफल गरिसकेको छ। प्रवर्द्धकहरुले राष्ट्र बैंकलाई मर्जरमा जाने बिषयलाई सकारात्मक रुपमा लिँदै प्रकृया अगाडि वढाउन आग्रहसमेत गरिसकेका छन्। 
 
बैंकले पुँजी बृद्धिका दागि ३८ प्रतिशत वोनस सेयर जारी गर्ने निर्णय पनि गरिसकेको छ। राष्ट्र बैंकले नै सञ्चालक समिति हेरिरहे पनि बैंकको साधारणसभा गर्ने मिति भने टुङ्गो लागिसकेको छैन। 'पहिले मर्जर टुङ्गो लगाएपछि साधारणसभा हुन्छ,' उनले भने, 'बढीमा पुस मसान्तसम्म साधारणसभा गर्ने योजना छ।'
 
राष्ट्र बैंकले यसअघि पनि एउटै प्रवर्द्धक समूह रहेका फरक संस्थालाई निर्देशन दिएर नै मर्ज गर्न लगाएको थियो। ग्लोबल बैंकसँग आइएमइ फाइनान्सियल इन्स्टिच्युट र एनआइसी बैंकसँग बैंक अफ एसिया नेपाल मर्ज भएको थियो। यसबाहेक अरु संस्था पनि एउटै प्रबर्द्धक रहेका कारण मर्जमा गएका थिए।
 
राष्ट्र बैंकले पुसभित्रै दुई आर्थिक बर्षको बार्षिक साधारणसभा गर्ने योजना बनाएको छ। बैंकको व्यवस्थापन पनि धेरै ढिला नगरी साधारणसभा सक्ने योजनामा छ। 
 
बैंकको अहिले चुक्ता पुँजी एक अर्ब ४७ करोड रुपैयाँ छ। असार मसान्तसम्म बैंकले दुई अर्ब पुँजी पुर्‍याउनु पर्ने राष्ट्र बैंकको निर्देशन नै छ। बैंकले दुई अर्ब पुँजी पुर्‍याउन करिव ३८ प्रतिशत वोनस सेयर वितरण गर्ने प्रस्ताव गरिसकेको छ।
Bizmandu

विराटलक्ष्मीले ४७.२३ प्रतिशत लाभांस दिने, ४५ प्रतिशत वोनस सेयर, निक्षेप चार अर्ब रुपैयाँ नजिक

काठमाडौं। विराटलक्ष्मी विकास बैंकले ४७.३७ प्रतिशत लाभांस दिने भएको छ। बैंकले सञ्चित नाफाबाट लाभांस दिन लागेको हो। बैंकले ४५ प्रतिशत वोनस सेयर र २.३७ प्रतिशत नगद लाभांस दिन लागेको हो। 
 
विकास बैंकको आइतवार बसेको सञ्चालक समितिको बैठकले बोनश सेयर वितरणको प्रस्ताव पारित गरेको हो। बैंकको लाभांस राष्ट्र बैंकले स्वीकृत गरेपछि बार्षिक साधारणसभाले अनुमोदन गर्नु पर्छ। त्यसपछि मात्र लगानीकर्ताले पाउने छन्। 
 
बैंकको हाल तीन अर्व ८८ करोड २२ लाख ७९ हजार निक्षेप संकलन गर्नका साथै दुई अर्व ५६ करोड २६ लाख ९६ हजार कर्जा लगानी रहेको छ।  
- See bizmandu

दुई दिनमा बजार ३३ अंकले घट्यो, सोमबार मात्रै १८ अंकले गिरावट, कारोबार रकम घट्यो

काठमाडौं। सेयर बजार दुई दिनमा ३३ अंकले घटिसकेको छ। सोमबार मात्र बजार १८ अंकले घटेको छ। तर बजार घट्नु पर्ने खासै कारण नरहेको सरोकारवालाहरुले बताएका छन। अहिले पहिलो त्रैमाशको वित्तीय विवरण प्रकासित गरेका कम्पनीहरुले राम्रो पफर्मेन्स गरेको देखिन्छ। सञ्चिती नोक्सानमा रहेका कम्पनीको पनि यस्तो नोक्सान घटेको देखिन्छ, सेयर विश्लेषक अमृतनाथ रेग्मीले भने। 

अहिलेको मुख्य समस्या भनेकै सीडीएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्तालाई खाता खोल्ने र डिम्याट कारोबार गर्ने बारेमा स्पष्ट रुपमा बुझाउँन नसकेकोले हो, रेग्मीले भने। उनले चुक्तापूँजी वृद्धि गरिसकेका बैंक तथा वित्तीय संस्थाले नगद लाभांशमा जोड दिनु, राजनीतिमा अस्थिरता देखिनुले पनि बजार घटेको बताए। 
प्रिमो सेक्युरिटिजका प्रमूख कार्यकारी अधिकृत मेघनाथ उपाध्यायले भने केही लगानीकर्ताहरु अहिले लघुविद्युत् क्षेत्रमा आकर्षित भएकोले पनि बजारमा थप लगानी भित्रिन नसकेको बताउँछन। ‘ अहिले काठमाडौंमा २०, २५ लाख हुनेहरु पश्चिम तिर एक दुई मेगावाट जलविद्युत्मा लगानी गरिरहेका छन्, ’ उपाध्यायले भने। 
बजार घट्नुमा सीडीएससी सञ्चालन प्रक्रियाबारे बढेको अन्यौल र राजनीतिक अस्थिरतालाई नै लगानीकर्ताहरुले मुख्य कारणको रुपमा लिएको उपाध्याायको पनि तर्क छ। तर बजार घटेको समयमा प्रवेश गर्नु उत्तम हुने भन्दै लगानीकर्ताहरुलाई यो समय बजार भित्रिन उनीहरुले सुझाव दिएका छन। 
सबै उपसुचकहरु झरेका छन्। सबैभन्दा वढी जलविद्युत् ७८.५२ अंक, बिमा ५१.२३ अंकले घटेको छ। यसैगरी बैंकिङ सुचक १९.०६ अंकले घटेको छ भने होटल, विकास बैंक उत्पादनमूलक तथाअन्य सुचक १० अंक माथिले घटेको छ। कम घट्ने फाइनान्स सुचक मात्र छ।

बीटी लोन जारी हुन ठप्प जस्तै रहेकोले पनि बजारमा लगानी बढ्न सकेको छैन। बजार घटेको मौकमा लगानीकर्ताहरुले बैंकहरुको सेयर भने उठाइरहेका छन। यस दिन सबैभन्दा धेरै रकमको कारोबार हुने १० मा सात कम्पनी वाणिज्य बैंक रहे। 


चिलिमे जलविद्युत्काे सबैभन्दा धेरै दुई करोड २७ लाख रुपैयाँको कारोबार भयो। त्यस्तै, माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश, नेपाल बैंक, सिभिल, नबिल, एनआइसी एसीया, बिराट लक्ष्मी बिकास , नेशनल हाइड्रोपावर, एनसीसी बैंकको सबैभन्दा धेरे रकमको कारोबार भएको हो। 
क वर्गमा सुचिकृत कम्पनीहरुको सुचक पनि चार अंकले घटेको छ। बजारमा १९ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। १२९ वटा कम्पनीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।
bizmandu

नेपाल बैंकको विशेष साधारणसभा मंसिर २८ मा, सर्वसाधारणतर्फका २ संचालक चुनिने

नेपाल बैंक लिमिटेडको विशेष साधारणसभा मंसिर २८ मा हुने निश्चित भएको छ । विदेशी ब्यवस्थापन समूह र नेपाल राष्ट्र बैंकको पहलमा उल्लेखनीय सुधार भएपछि  विशेष साधारणसभा गरेर निर्वाचित संचालक समितिलाई बैंक हस्तान्तरण गर्न लागिएको हो ।
झण्डै १६ बर्षपछि नेपाल बैंकको साधारणसभाको मिति तोकिनुले त्यसका लगानीकर्ताहरुलाई उत्साहित बनाएको छ । 
बैंकमा ६२ प्रतिशत सरकारको र ३८ प्रतिशत सर्वसाधारणको स्वामित्व रहेकाले अधिकांश संचालक समिति सदस्यहरु सरकारले नै मनोनीत गर्ने भएको छ । मंसिर २८ को साधारणसभाले सर्वसाधारणतर्फबाट २ संचालकको निर्वाचित गर्ने छ । राष्ट्र बैंकले पठाएको प्रा. डा देबराज अधिकारी नेतृत्वको ब्यवस्थापन समितिलाई यही मंसिर मसान्तसम्म साधारणसभा गरी बैंक निर्वाचित संचालक समितिलाई हस्तान्तरण गर्ने कार्यादेश छ । 
बैंकको शाखा संजाल, जनशक्ति र सम्पति अधिक रहेका कारण कुशल ब्यवस्थापन भएमा आगामी दिनमा धेरै प्रगति गर्नसक्ने संभावना छ । नेपालको सबैभन्दा जेठो नेपाल बैंकले आधुनिक बैंकिङ प्रणालीको विकास गर्दै अन्य प्रतिस्पर्धी निजी बैंकहरुकै तुलनामा ग्राहकहरुलाई सेवा दिन थालेको छ । 
नेपाल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा गत बर्षको सोही अबधिको तुलनामा १ हजार १ सय ७५ प्रतिशत भन्दा बढीले खुद नाफा गर्न सफल भएको छ । बैंकले यस त्रैमासमा २६ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरी प्रतिशेयर आम्दानी २७ रुपैयाँ कायम गरेको छ ।  गत बर्षको पहिलो त्रैमासमा खुद नाफा २ करोड ११ लाख मात्र थियो । बैंकको निस्क्रिय कर्जा ४.७८ प्रतिशत मात्र छ । बैंकको निक्षेप लागत निकै कम अर्थात ३.४९ र मूल्य आम्दानी अनुपात १४.३६ रहेको छ । बैंकले सम्पति बिक्री र २ अर्बको डिबेन्चर जारी गरेर पूँजी कोष बढाउने नीति लिएको छ ।

अब एनसेलको नेटवर्कबाट बिजमाण्डू अनलाइन निशुल्क हेर्न सकिने, यसरी गर्नुहोस् एक्टिभेट

काठमाडौं। देशकै प्रमुख मोवाईल सेवा प्रदायक कम्पनी एनसेलले न्युज प्याक नामक विशेष अफर ल्याएको छ। यसअन्तर्गत  एनसेलका ग्राहकले अब तीन वटा समाचार वेबसाईट निःशुल्क ब्राउज गरी समाचार तथा समसामयिक विषयको जानकारी प्राप्त गर्न सक्नेछन्।
न्युज प्याक कात्तिक २६ गतेबाट लागु हुनेछ। यसअन्तर्गत एनसेलका ग्राहकले  प्याक एक्टिभेट गरी तीन वटा समाचार पोर्टल www.bizmandu.comwww.onlinekhabar.com तथा www.setopati.com निःशुल्क ब्राउज गर्न सक्नेछन्।
नसेलका ग्राहकले www.ncellsansar.com.np मा गई त्यहाँ रहेको न्युज प्याकको आइकनमा क्लिक गरेर सहजै न्युज प्याक सुचारु गर्न सक्नेछन्। प्याक एक्टिभेट नगरि यी वेबसाईट ब्राउज गरेमा नियमित डाटा शुल्क लाग्नेछ। यी वेबसाईटमा रहेका बाहिरी लिङ्क र भिडियो लिङ्क प्रयोग गरेमा पनि नियमित डाटा शुल्क लागु हुनेछ। प्याक अन्तर्गतको सुविधा प्रोक्सी ब्राउजर रहेका मोवाईल सेटमा लागु हुने छैन।
आफ्ना ग्राहकलाई सूचना, समसामयिक विषयको ज्ञानमा सहज पहुँच पुर्‍याउने प्रतिबद्धता अन्तर्गत विभिन्न अफर ल्याउने क्रममा एनसेलले न्युज प्याक ल्याएको एनसेलकी कर्पोरेट कम्युनिकेसन्स निर्देशक सञ्जु कोइरालाले जानकारी दिइन्।
'निःशुल्क विकिपिडिया पश्चात आएको यो अफरले हाम्रा ग्राहकलाई नेपाल तथा विश्वका ताजा खवर तथा समसामयिक विषयबारे जानकारीमा सहज पहुँच पुर्‍याइ उनीहरुलाई सुसूचित रहन योगदान पुर्‍याउने छ,' कोइरालाले भनिन्।  यो अफर ३ महिनासम्म जारी रहने छ।

copy pest: Bizmandu

बाणिज्य बैंकको नाफा १३ प्रतिशतले बृद्धि, नबिल र इन्भेष्टमेन्टको उच्च नाफा, दुई बैंक घाटामा

काठमाण्डौं। चालु बर्षको पहिलो त्रैमाश (साउनदेखि असोजसम्म) मा बाणिज्य बैंकहरुले १३.२७ प्रतिशतले नाफा बढाएका छन्। सञ्चालनमा रहेका ३० मध्ये २८ बैंकको खुद नाफा १३ प्रतिशतले बृद्धि भएको हो।
 
गत बर्ष यतिबेला तीन अर्ब ८१ करोड नफा गरेका बैंकले यसपाली चार अर्ब ३२ करोड नाफा पुर्‍याएका छन्। 
 
राष्ट्रिय वाणिज्य बैंक र सिभिल बैंकले आइतबारसम्म वित्तीय विवरण प्रकाशित गरेका छैनन्। प्रभु बैंक र ग्राण्ड बैंक नेपाल खुद नोक्शानीमा गएका छन्। प्रभु बैंक ११ करोड ६८ लाख नोक्सानमा छ भने ग्राण्ड बैंक २८ करोड नोक्शानमा छ। 


Bank (Rs.000)Net Profit 2071 AshojNet Profit 2070 AshojChange %NII 2071 AshojNII 2070 AshojChange %Spread %
Global IME222785271428-17.9256196635394058.774.8
Nmb1427939080657.2525381316946249.784.65
Ncc10278932566215.6318300513074639.973.04
Ebl39113735109411.417121766536968.955.67
Bok16586712220835.7334842129094819.754.54
Citizens1103431037876.3230062522792931.894.82
Lumbini8061724811224.921509219841753.354.95
Sbi25621022279715.0046864339864017.564.4
Nabil50485945789810.269254078563508.064.3
NIB4913184626106.217044056796723.644.5
Siddartha14415210561136.4929564222588430.883.7
Machhapuchare19035567403182.4134330221048763.104.57
Mega80945101861-20.531970211954210.823.48
janta21362-59826-135.7113851811978115.642.06
SCB3497723342054.66498051526161-5.345.97
sanima1309258630951.6924499216755146.224.6
NIC Asia1542631449486.434077884008621.733.27
Nepal bank269199211441173.1759648943832736.083.36
prabhu bank-116832-27440325.7724712215019764.534.14
kumari bank3283646463-29.3317977915763414.051.12
sunrise95025932351.922355262222575.974.76
prime16163712374130.6333060917718986.593.45
century355692393048.6413652567370102.654.38
agriculture215063237071-9.28108130410580932.197.28
laxmi bank553305190966.0919244959430223.823.5
NBB46636141591-67.06156900194530-19.343.92
Grand-28063057409-588.83-33136512-100.025.64
Himalayan26863017350454.8359037750629016.614.74

नाफामा गुणात्मक बृद्धि लक्ष्मी बैंकले गरेको छ। बैंकको नाफा ११ गुणाले बढेर पाँच करोड ५३ लाख रुपैयाँ पुगेको छ। ग्लोबल आइएमइमा मर्ज भइसकेका कम्पनीहरुको वित्तीय विवरण भने गत आवको वित्तीय विवरणमा जोडिएको देखिदैन, जसले गर्दा वित्तीय विरण तुलना गर्दा तथ्यांक फरक पर्न जान्छ। 
 
रकमको आधारमा भने सबैभन्दा धेरै नाफा नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकको छ।  नबिलले ५० करोड ४८ लाख रुपैयाँ र नेपाल इन्भेष्टमेन्टले ४९ करोड १३ लाख रुपैयाँ नाफा छ। 
 
'वाणिज्य बैंकहरुको परफरमेन्स राम्रै देखिएको छ, तरलता उच्च छ भनिरहँदा पनि बैंकहरुको नाफा वृद्धिदर सन्तोषजनक छ,' हिमालयन बैंकका प्रमूख कर्यकारी अधिकृत अशोक राणाले भने। उनका अनुसार, अहिले बैंकहरुको कर्जा बढिरहेको र व्याजदर धेरै नघटेकाले व्यावसयमा प्रगति देखिएको छ। 
 
बैंकहरुको निक्षेप २० प्रतिशतले बढेर १० खर्ब ९७ करोड र कर्जा २५ प्रतिशतले बढेर आठ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ। 
 
बैंकहरुले कुल कर्जाको ७.२१ प्रतिशत रकम रियल इस्टेट क्षेत्रमा लगानी गरेका छन्। बैंकहरुको यो क्षेत्रमा कुल लगानी ९.४५ प्रतिशतले बढेर ६३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। 

Bank Real estate
(Rs.000)
Margin lending
(Rs.000)
base rate % EPS (Rs)PE RatioROE 
Global IME1733930.0563370.011.217.839.013.5
Nmb1289748130229.07.7828.5617.7518.25
Ncc95285830008.820.9820.2111.29
Ebl26365795205156.0777.5524.6429.31
Bok965451655427.0931.2918.0218.13
Citizens2945942771250.07.5918.5524.4215.39
Lumbini14563082192838.1616.1220.9116.12
Sbi17252510.08.1738.725.722.0
Nabil4926795.00.05.8165.735.624.0
NIB4483350.063213.06.4941.218.623.4
Siddartha3295320.0295382.07.8528.424.718.3
Machhapuchare23333691776167.6927.4317.680
Mega3566770.07.773.4728.9711.5
janta937771755420.08.354.15653.76
SCB144049305.2862.333.6325.73
sanima1010785454380.07.920.224.317.3
NIC Asia282880820081657.3526.693012.27
Nepal bank187727012364147.2727.1514.3626.97
prabhu bank26008037720728.22-3.640-4.19
kumari bank20616396754478.3316.5834.381.02
sunrise20265561417158.316.9922.9512.82
prime387851515672587.8524.520.917.18
century7122233972038.497.111586.36
agriculture55749209.4314.8134.565.04
laxmi bank14935492587938.078.9569.166.54
NBB1398400808708.247.67754.49
Grand2440329350568.76  -380
Himalayan26031214130597.3337.0823.4617.02

बैंकहरुको सेयर धितोमा कर्जा पनि ८६ प्रतिशतले बढेर ११ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। कुल कर्जाको तुलनामा यो रकम १.२८ प्रतिशत मात्र हो। 
 
बैंकहरुको खुद व्याज आम्दानी १८.१२ प्रतिशतले बढेर १० अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। अधिकांश बैंकको व्याज लागत पनि घटेको देखिन्छ। नेपाल बंगलादेश बैंकको १९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको पाँच प्रतिशतले व्याज आम्दानी घटेको छ। मेगा बैंक, कृषि बिकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको यस्तो आम्दानी निकै कम दरले बढेको छ। 

Bank (Rs.000)Paid upReserveOperating profitProvisionWrite Back
Global IME5011600157407133051613555515845.0
Nmb200000012088781945871804417495
Ncc14700001289069918823206837937
Ebl21373883710897611918340420
Bok21202121594214253742180044522
Citizens2379540488078165883967190
Lumbini2000833627231614196001330761
Sbi265020623279433882723293913269.0
Nabil365660258605427839361492851447.0
NIB47687143648083538720197912235793.0
Siddartha20311801113866202761467630.0
Machhapuchare27762506497501968105406618691
Mega2330000513000126977248100
janta2060000168590-2107610165353845
SCB224583931920234866003885557899
sanima255024041408220320527966599
NIC Asia265828523690102207989897319757
Nepal bank6455002-23297544036491802320941
prabhu bank3208885-419775-323130411894196836
kumari bank243168256776142440910228137
sunrise2349428617535140758225739415
prime2638699116627120622010070247780
century200000027362552514459663475
agriculture96368006310638136198316491154151
laxmi bank2337966888360678471324200
NBB24313691725506505347391322687
Grand2000000-1704243-33647729257155847
Himalayan28980003644846415013602150

बैंकहरुको खुद व्याज आम्दानीमा सुधार भएपछि पुँजी लागत (कस्ट अफ फन्ड) पनि घटेको छ। औसतमा २८ कम्पनीको पुँजी लागत ४.५२ प्रतिशत छ। ग्राण्ड बैंकको यस्तो लागत सबैभन्दा धेरै सात प्रतिशत र स्ट्याण्डर्ड चार्टर्डको सबैभन्दा कम २.१ प्रतिशत छ। 
 
अघिल्लो बर्ष बैंकहरुले राइट ब्याकका कारण नाफा बढाए पनि यसपटक त्यस्तो देखिएको छैन। आठ वटाले राइट ब्याक रकम बढाएका छन् भने १० वटाको घटेको छ। जनता, एनआइसी एसिया र प्रभु बैंकले पनि यसपटक राइट ब्याक गरेको देखिन्छ। बैंकहरुको जोखिम वापत हर्जाना रकम ११ प्रतिशतले बढेको छ। बैंकहरुले यसअघि दुई अर्ब ५० करोड रुपैयाँ यस्तो व्यवस्था अर्न्तगत रकम छुट्याएकोमा यसपटक दुई अर्ब ८० करोड रुपैयाँ पुर्याएका छन।
 
कुल कर्जामा खराब कर्जाको हिस्सा सबैभन्दा धेरै हुनेमा ग्राण्ड र प्रभु बैंक रहेका छन। बैंकहरुको क्रमश २५ र १५ प्रतिशत खराब कर्जा छ। 
copy pest:विजयराज खनाल/बिजमाण्डू