Friday, December 5, 2014

Reliable Microfinance signs agreement with Civil Capital for the IPO issue

ShareSansar, December 4:

Reliable Microfinance Bittiya Sanstha Limited and Civil Capital Market Limited have signed an agreement for the issue of the primary share to the general public in the near future.

As per agreement, Civil Capital Market will act as an issue manager for the issue of the primary share. Reliable Microfinance Bittiya Sanstha Limited is issuing 1,50,000 units share of Rs 100 face value each. .

The microfinance company is the subsidiary company of Reliable Development bank ltd. and its working area is at Lamjung district.

sharesansar

Standard Chartered to hold its 28th AGM today; 51.50% dividend to be approved

Standard Chartered Bank Nepal Limited (SCB) is convening its 28th annual general meeting (AGM) today. The AGM is schedule to starts at 1:00 PM at Army Officers Club, Bhadrakali, Kathmandu. 


It has already proposed 51.50 percent dividend – 10 percent bonus share and 41.50 percent cash – to its shareholders from the profit it earned in the last fiscal year 2070/71.

The major agendas for the AGM are approval of financial statement of FY 2070/71 and approval of dividend declared by the BOD.

The bank is also set to increase its authorized capital to Rs 3 arba subject to approval from its annual general meeting.

नेपाल बैंकको थप साढे दुई अर्ब रुपैयाँको सेयर स्टकमा सूचीकृत, बजारमा दैनिक कारोबार नहुने

काठमाडौं। सरकारले नेपाल बैंक लिमिटेडमा थप लगानी गरेको करिव साढे दुई अर्ब रुपैयाँको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भएको छ।
 
सरकारले विगतमा लगानी गरेको ऋणलाई सेयरमा परिवर्तन गर्ने निर्णयसँगै थप सेयर जारी भएका थिए। तीनै सेयरहरु नेपाल बैंकले सुचिकृत गराएको हो। 
 
वित्तीय क्षेत्र सुधार कार्यक्रमका लागि सरकारले बैंकमा करिव साढे दुई अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो, यही रकम सेयरमा रुपान्तरण गरिएको हो। नेप्सेमा नेपाल बैंकका दुई करोड ४९ लाख ९४ हजार ७८२ कित्ता थप सेयर सुचिकृत भएका हुन्।
 
यो सेयर सरकारका नाममा भएकाले सुचिकृत भएपनि दैनिक कारोबार हुँदैन। सरकारले यो सेयर विदेशी रणनीतिक साझेदारलाई प्रिमियममा बिक्री गर्ने योजना बनाएको छ। 
 
सेयर जारीसँगै बैंकको पुँजी साढे छ अर्बको हाराहारीमा पुगेको छ। 
-bizmandu

सेयर बजार बढ्दो क्रममा, बजार ३.६ अंकले बढ्यो, जलविद्युत् र बैंकिङ समूहमा बृद्धि, बिमा घट्यो

काठमाडौं । बैंकिङ, होटल र जलविद्युत उपसुचक बढेपछि सेयर बजार हरियो भएको छ । साताको अन्तिम कारोबार बिहीबार बजार ३.६ अंकले बढेर ८५३.७६ अंक पुगेको छ । बजार बढे पनि कारोबार रकममा खासै सुधार हुन सकेको छैन । बिहीबार १८ करोड तीन लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

सुरुमा बजार सात अंकभन्दा वढीले उचालिएको थियो । पछि क्रमस घटेको हो । बजारमा ११८ वटा कम्पनीको सेयर कारोबार भएको छ । बिहीबार सबैभन्दा वढी जलविद्युत् समूह १३.२१ अंकले वढेको छ । त्यसपछि बैंकिङ ६.८४, होटल ४.५५ र विकास बैंक ०.३५ अंकले बढेको छ ।
 
फाइनान्स, बिमा, उत्पादनमूलक र अन्य सुचक भने घटेका छन् । सबैभन्दा वढी बिमा समूह १८.५३ अंकले घटेको छ । यसपछि उत्पादनमूलक ५.१९, अन्य १.१७ र फाइनान्स ०.१८ अंकले घटेको छ ।
 
सबैभन्दा वढी नबिल बैंकको सेयर मूल्य वढेको छ । नबिलको प्रतिकित्ता ४९ रुपैयाँले मूल्य वढेको छ । यसपद्धि स्वाभलम्वन विकास बैंकको ३०, सगरमाथा इन्स्योरेन्सको २२ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको १८ रुपैयाँले मूल्य वढेको छ । ५८ वटा कम्पनीको मूल्य वढेर कारोबार भएको छ । 
 
मूल्य घट्नेमा युनिभिर (१००), नेपाल लाइफ (४०), नेशनल लाइफ (३३), नागवेली लघुवित्त विकास बैंक (२९ रुपैयाँ) छन् । कुल ४७ कम्पनीको मूल्य घटेको छ । १३ कम्पनीको मूल्य स्थिर छ ।
-bizmandu

मेगा बैंकले शेयर धितो कर्जामा दुई अर्ब लगानी गर्ने, आब्हान गरेको एकसातामै हजार भन्दा बढीको आबेदन

मेगा बैंकले शेयर धितो कर्जामा दुई अर्ब रकम परिचालन गर्ने भएको छ ।
मेगा बैंकका प्रमुख कार्यकारी अनिल केशरी शाहले मेरोलगानी डटकमसँग कुरा गर्दै आफ्नो बैंकले शेयर धितोमा कर्जा प्रबाह बढाउने रणनीति अनुरुप ठूलो रकम परिचालन गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले बैंकले शेयर धितो कर्जाका लागि सार्वजनिक आब्हान गरेको एक सातामै एक हजार भन्दा बढी लगानीकर्ताले आबेदन गरिसकेको बताउनुभयो । शाहले धेरै लगानीकर्ताले शेयर प्रमाण पत्र धितो राखेर कर्जा लिई फेरि शेयर बजारमै लगानी थप्ने बताएको पनि उल्लेख गर्नुभयो । पूँजी बजारमा कर्जाको माग बढ्न थालेकाले  बजारको वियरिस प्रबृत्ति सुधारमा पनि सहयोग पुग्ने देखिएको छ । 

मेगा बैंकले बार्षिक ८.५ प्रतिशत ब्याज दरमा १८० दिनको औसत शेयर मूल्यको ५० प्रतिशत रकम शेयर कर्जामा दिने जनाएको छ । यस्तो कर्जामा सेवा शुल्क १ प्रतिशतमा एक लाख रुपैयाँ देखि एक करोड रुपैयाँसम्म कर्जा प्रबाह गर्ने भएको छ ।

मेगा बैंकका प्रमुख कार्यकारी शाहसँगको अन्तर्वार्ता बिहीबार मेरोलगानी डटकममा हेर्नुहोला ।
Hari Gajurel 
Dec 03, 2014

चमेलिया आयोजनामा भ्रष्टाचार गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

चमेलिया जलविद्युत आयोजनामा हुँदै आएको भ्रष्टाचारमा संलग्न अधिकारीहरुमाथि कारबाही गर्न संसदीय समितिले निर्देशन दिएको छ ।
ब्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले चमेलिया जलविद्युत आयोजनामा व्यापक भ्रष्टाचार भएको निश्कर्षसहित दोषीहरुलाई कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।
लेखा  समितिले चमेलियामा ५५ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै दोषीलाई दश दिनभित्र कारबाही गरी जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ । आयोजनामा भ्रष्ट्राचार गर्ने उर्जा मन्त्री, सचिव र संलग्न अन्य अधिकारीहरुलाई कारबाही गर्न समितिले भनेको छ । तर दोषीहरुको नाम भने खुलाईएको छैन् ।

दार्चुला जिल्लामा निर्माणाधिन सो आयोजना सन् २०११ मा बनिसक्नु पर्नेमा भ्रष्टाचारका कारण हालसम्म पनि निर्माण पुरा हुन सकेको छैन् । ३० मेगावाट क्षमताको सो आयोजनाको सुरु ठेक्का २ अर्व ८८ करोड रुपैयाँमा दिईएकोमा भेरिएसन गरेर ७ अर्व ५१ करोड रुपैयाँ पुर्याइएको समितिको ठहर छ । समितिले चमेलिया आयोजनाको भेरिएशनबारे ब्यापक छानविन गरी भ्रष्ट्राचार भएको निष्कर्ष निकालेको हो ।

Mero Lagani 
Dec 03, 2014

शेयर बजारबारे जनचेतना जगाउन नेप्सेले कर्पोरेट बुल रेस आयोजना गर्ने

शेयर बजारबारे जनचेतना विस्तार गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कर्पोरेट बुल रेस आयोजना गर्ने भएको छ ।
नेप्सेले आफ्नो २२ औं बार्षिकोत्सवको अवसर पारेर यही मंसिर २६ गते पहिलो चरणको कार्यक्रम हुने जनाईएको छ । 
 नेप्से कर्पोरेट बुल रेसमा निमायक निकाय, सूचीकृत कम्पनी, धितोपत्र ब्यवसायीहरु, लगानीकर्ताका संघसंस्थाहरु र संचार प्रतिष्ठानहरु सहभागी हुनसक्ने नेप्सेले जनाएको छ ।
कार्यक्रमका सहभागीबाट केही शुल्क लिएर संस्थागत सामाजिक उत्तरदायित्वका कामहरुमा पनि परिचालन गरिने भएको छ । यसमा संकलन हुने रकम बराबर नेप्सेले रकम थप्ने भएको छ । कसरी कार्यक्रम आयोजना गरिने र सहभागीको भुमिका के हुने भन्नेबारे नेप्सेले प्रष्ट पार्न बांकी रहेको छ । 
कार्यक्रमबाट पूँजी बजारको प्रबद्र्दन, लगानीकर्ताको हित संरक्षण र संस्थागत सामाजिक उत्तरदायित्व निर्वाहमा महत्वपूर्ण योगदान मिल्ने विस्वास लिईएको नेप्सेको भनाई छ ।

Mero lagani 
Dec 04, 2014

हामी नौलो खाले मर्जको कुरा गरिरहेका छौं – अनिल शाह, प्रमुख कार्यकारी, मेगा बैंक

भिरकोटे राजा तारकबहादुर शाहका नाती  अनिल केशरी शाह । उहाँकी आमा विन्देश्वरी शाह नेपालकै पहिलो महिला राजदुत र पिता डा. नारायण केशरी शाह । ग्रिनलैंज बैंकबाट बैंकिङ क्षेत्रको जागिरे यात्रा सुरु गरी स्टयान्डर्ड चार्टड बैंकमा १३ वर्षको अनुभव संगालेर नबिल बैंकमा ६ वर्ष प्रमुख कार्यकारी अधिकृत हुँदै उहाँ मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत बन्नुभयो । प्रस्तुत छ, लगानी बोर्डका आमन्त्रित सदस्य समेत रहनु भएका शाहसँग मेरोलगानी डटकमका हरि गजुरेलले गरेको  वार्ताः

० मेगा बैंकको वर्तमान अवस्था कस्तो छ ?

–प्रथम त्रैमासको नतिजा भर्खरै निस्केको छ । हामीले जुन अपेक्षा गरेका थियौं त्यसकै सेरोफेरोमा छ । डिपोजिट १८ अर्व भन्दा बढी छ । लगानी सत्र अर्वको हाराहारीमा पुगिसकेको छ । खुद नाफा पहिलो त्रैमासमा ८ करोड हात पारेका छौं । शाखा खोल्ने काम रोकेका छौं । पहिला २८ वटा शाखा खोल्यौं । देशको अर्थतन्त्र जुन रफ्तारले अगाडि बढ्छ होला भन्ने लागेको थियौं, त्यो गतिमा अगाडि बढ्न सकेन । शाखारहित वैकिङ सेवा ४७ वटा पुगिसकेको छ । चार घण्टा बस चढेर शाखामा आउ भन्यो भने कोही पनि आउनेवाला छैन । अन्य बैंक भन्दा हाम्रो बैंकमा फरक चाही टोटल लोन प्रोर्टफोलियोको ५० प्रतिशत एसमई, माइक्रो र कन्जुमर ल्यान्डिङमा प्रवाह गरेका छौं । बांकी ५० प्रतिशत ठूलो क्षेत्रमा लगानी गरेका छौं ।
० प्रथम त्रैमासको बित्तीय विवरण हेर्दा अघिल्लो आर्थिक बर्षको सोही अबधिको तुलनामा २० प्रतिशत खुद नाफा किन घट्यो त ?

–अघिल्लो वर्षको प्रथम त्रैमासमा  राइट व्याकबाट आएको आम्दानी थियो । दूई वटा ठूला ऋणीले ऋण तिरिदिएर त्यो राइट व्याक भएको थियो । यो वर्ष प्रोभिजन पनि छैन । राइट व्याक पनि भएन । नर्मल विजनेश बाट यो रिर्पोट आएको हो । दोश्रो त्रैमासमा नर्मल देखिन्छ होला किनभने हामीसँगै खुलेका वैंकको तुलनामा हाम्रो नाफा राम्रै छ ।

० निष्क्रिय कर्जा बढेर २ दशमलव १५ पुगेको रहेछ ?

–हाम्रो व्यालेन्ससिट सानो छ । एउटा,  दुईवटा खाता चिप्लियो भने पनि प्रभाव परिहाल्छ । दुइर्वटा जस्तो खाता प्रोभाइट गर्न पर्दैन होला जस्तो लागेको थियो उहाँहरुको आर्थिक अवस्थाले गरेर डिपरराइट गर्न परेर हो । दोस्रो त्रैमासमा त्यसको व्यवस्थापन हुन्छ ।

० मेगाको खर्च घटाउने भन्ने चुनौती कसरी सामना गर्नुहुन्छ ?

–हाम्रो खर्च सबैभन्दा बढी जनशक्तिको खर्च छ । यो खर्चलाई लगानीको रुपमा लिएको छु । कुनै पनि संस्थाले कति खर्च गर्यो  भनेर होइन कति आम्दानी गर्यो त्यो चाँही हेर्नुपर्दछ । म भन्दा धेरै कमाउने प्रमुख कार्यकारी अधिकृतहरु पनि छन । हाम्रो भन्दा धेरै कम जनशक्ति भएका बैंकहरु पनि छन । तर उहाँहरुको खुद नाफा कति छ त ? सेयर होल्डरहरुले हेर्ने भनेको वैंकले कति कमायो र वोनस कति दियो भन्नेमा नै केन्द्रीत हुन्छ । खर्च कम गर्नेमा भन्दा आम्दानी बढाउन तर्फ हामी केन्द्रित छौ ।

० नबिल वैंकमा हुदाको अनिल केशरी शाहको जुन आकर्शण थियो, मेगा वैंकमा आए पछि तपाईको आकर्शण किन घट्यो ? नबिललाई जस्तै मेगालाई त्यो उचाईमा पुर्याउन तपाईलाई के ले वाधा पार्यो ?

–बााधा कसैले गरेको छैन । यो समयको कुरा हो । नविल वैंकमा म जाँदा नविल आफै २० वर्ष पूरानो भइसकेको थियो । म ६ वर्ष बसें । हुर्किसकेको संस्थालाई अगाडि लैजानु र भर्खरै जन्मेको शिशुको पालनपोषण गर्दै अगाडि लैजानुमा निकै फरक हुन्छ । भर्खरै जन्मेको बच्चालाई छिमेकीको डाक्टर पाइलट बनिसकेको बच्चासँग तुलना गरेर पनि हुन्छ र ? वैंकिङ भनेको टेडिङ विजनेश नभई लङटर्म विजनेश हो । पाँच, छ वर्ष जग राख्ने समय हो । यो अवधिमा अन्य वैंकसँग तुलना गर्ने हो भने हामी धेरै अगाडि बढेका छौं । बीस वर्ष पछाडि मेगा वैंक अर्कै लेभलमा पुगिसकेको हुन्छ । म सन्तृष्ट नै छु र मलाइ लाग्छ हाम्रा सेयर होल्डर, व्यवस्थापकहरु पनि सन्तृष्ट नै हुनुहुन्छ ।


०स्टान्डर्ड चार्टर्डमा रहदाको अनिल केशरी शाह,नविल वैंकमा रहदाको अनिल केशरी शाह र मेगा वैंकमा रहदाको अनिल केशरी शाहमा के फरक अनुभुति गर्नुहुन्छ ?

–स्टान्डर्ड  चार्टर्डमा रहदा अनिल केशरी शाहले वैंकिङ सिकिराखेको थियो । वैंकिङको विद्यार्थी थिएँ, धेरै सिकें । त्यो सिकाइलाई नबिलमा आएर बैंकरको रुपमा प्रयोग गरें । नबिललाई नम्वर वान बनाउन सकियो । त्यो नम्वर वान वैंक अहिले पनि नम्वर वान नै छ । नविल वैंकले अनिल केशरी शाहलाई वैंकर बनायो । मेगा वैंकले नेपालको अर्थतन्त्रमा आर्थिक समावेशिता कसरी ल्याउने भनेर लागिरहेको छु । वैंकर नै बन्ने भए म नविलमै बसिरहेको भए पनि हुन्थ्यो । आर्थिक रुपान्तरण ल्याउनका लागि मेगामा आएको हुँ । १२१९ जना प्रोमोटोर, एक लाख पैतालिस हजार सेयहोल्डर । कुनै पनि कम्पनीको यत्रो सेयरहोल्डर र प्रमोटर छैन । हलो देखि हाइड्रो सम्म सबै नेपालीको वैंक बन्ने हाम्रो लक्ष्य छ । नयाँ वित्तीय सोच लिएर नयाँ वैंक बनाउन हामी लागिरहेका छौं ।

० सबैभन्दा बढी सेयरहोल्डर, प्रोमोटर रहेको मेगा वैंक नबिल वैक जस्तै नम्बर वान कहिले बन्ला ?

–त्यो त लोटरी टिकट किनेको जस्तै हो । नम्वर वान हुनका लागि त समय लाग्छ । ३० वटा बैंकहरु छन । तर हामीसँग सँगै खुलेको वैंक भन्दा हामी हरेक पाइला अगाडि छौ । त्यो रफ्तारमा हामी हिडिरहेका छौं ।

० अन्य वैंकहरुले आफ्नो चुक्ता पूजीँ पाँच अर्व पुर्याईसकेको अवस्था छ । तपाईहरुको चुक्ता पूँजी २ अर्वको हाराहारीमा छ । यो अवस्थामा अन्य वैंकसँग प्रतिष्पर्धामा जानका लागि समेत मर्ज गर्ने पर्ने अवस्था छ । यो विषयमा के सोच्नु भएको छ ?

–बैंक खोल्दा २ अर्ब ३३ करोड पेड अप क्यापिटल हुँदा सबैभन्दा धेरै पूँजी भएको वैंक थियो । तर यो पाँच वर्षको अवधिमा अरु वोनस सेयर दिएर अगाडि आए । अघिल्लो वर्ष जति बोनस दिए, त्यो भन्दा बढी दिनुपर्ने हुन्छ यो वर्ष । पाँच अर्वको पूँजी पु¥याएर लाभांश पनि आधा गर्नुपर्ने भयो भने त मजा कसैलाई हुँदैन  । सात अर्ब पूँजी पु¥याएर २ प्रतिशत लाभांश दिएर के काम ? हाम्रो नेचुरल ग्रोथ भइरहेको छ । मर्जरका लागि ‘क’ वर्गको वैंकहरु सँग पनि कुरा भइरहेको छ । विकास वैंकहरुसँग पनि कुरा भइरहेको छ । सकारात्मक प्रभाव पार्ने, जहाँ हामी छैनौं, त्यस्तो बैंकसँग मर्ज गर्न चाहन्छौं । हामी नौलो खाले मर्जको कुरा गरिरहेका छौं । हामीले यस्ता वैंकहरु पनि देखेका छौं जस्ले मर्ज गरेपछि उस्को नाफा पनि कम भएर गएको छ । लाभांश पनि कम भएको छ । हामी त्यस्तो मर्ज गर्न चाहदैनौं ।

० मेगा वैंकले तपाईको विकल्प खोजिरहेको छ भन्ने हल्ला पनि सुनिन्छ नि बजारतिर ?

–कुनै पनि वैंक खाली भयो कि त्यहाँ अनिल शाह जान लागेको छ भन्ने हल्ला चल्छ । कहिले अनिल शाहको विकल्प खोजेको छ भन्ने हल्ला पनि चल्छ । आखिर यो हल्लै हल्लाको देश न हो । यो हल्लामा कुनै सत्यता छैन ।
० तपाईहरुको बैंकको एक जना निर्देशकलाई जनता वैंकले पैसा नतिरेको भनेर ३५ दिने सूचना निकाल्यो । मेगा वैंकको छविलाई धमिल्याउन त त्यसो गरिएको होइन ?

–हाम्रो मात्रै होइन, धेरै वैंकका निर्देशकहरु आ आफ्नो व्यवसाय गर्नुहुन्छ । व्यापार गर्दा कहिल्यै राम्रो, कहिल्यै नराम्रो हुन्छ । उहाँ हाम्रो वैंकको निर्देशक मात्रै होइन सभासद् समेत हुनुहुन्छ । अहिले उहाँ आफ्नै गृहजिल्लामा हुनुहुन्छ । उहाँ फर्किनुभए पछि यो समस्याको सामाधान हुन्छ ।

० मेगा वैंकको संस्थागत सुशासन चाँही कस्तो छ ?

–हाम्रा अधिकाशं सेयरहोल्डर र कर्मचारी स्टान्डर्ड  चार्टड,नविल जस्ता वैंकमा काम गरेर आएको हुदा संस्थागत सुशासन अत्यन्तै राम्रो छ । यति धेरै सेयर होल्डर र प्रोमोटर भएको वैंकमा चेक एण्ड व्यालेन्स छ ।

० ग्राण्ड वैंक प्रकरणले अहिले सबै झस्किरहेको अवस्था छ, त्यस्ता खतरा नआओस भनेर के गर्दै हुनुहुन्छ ?

–खराव हुन लाग्यो भने हामी प्रोभिजन गरिहाल्छौं । त्यो मिलाउन सकिन्छ । किनभने २५ वर्ष देखिको हाम्रो अनुभव छ । ६ वर्ष नबिलमा बसेर नम्वर वान बनाएँ । अहिले नबिल धरापमा परेको भए तपाईले मलाई के गरेर नबिल चलाउनु भएको भनेर सोध्नुहुथ्यो । त्यसैले प्रोभिजनमा हामी बढी छुट्टाउछौं ।

० अनिल केशरी शाह भन्ने वित्तिकै वैंकिङ किङको रुपमा लगानीकर्ताहरुले चिन्छन् । पछिल्लो चरणमा ओरालो लाग्दै गरेको सेयर बजारको विश्लेषण कसरी गर्नुहुन्छ ?

–हाम्रो सेयर बजारमा डेफ्थ भएन । तीन जना मान्छे बसेर पनि सेयर वजार तल माथि गर्नसक्ने अवस्था छ । अहिलेको अवस्थामा भन्ने हो भने सेयर वजार बढ्नुपर्ने हो । वैंकमा डिपोजिट बढेको कारण सेयरमा पैसा बढी हाल्नु पर्ने हो । सेयर बजार पनि घटेको घट्यै छ । वैकमा डिपोजिटर पनि घटिरहेका छन । मौसम जस्तो चिसो भइरहेको छ, लगानीकर्ताहरुमा पनि चिसो पसेको छ । विश्वाश घटेको छ । अर्कै किसिमको रुल आएर मार्केट नै धरायसी हुने हो कि भन्ने डर छ । मलाई पनि यस्ले मनमा चिसो पसेको छ । वित्तिय समावेशीकरण कायम गर्नेका लागि क्यापिटल मार्केट हुनुप¥र्यो । त्यही भएर हामीले ८.५ प्रतिशत व्याज दरमा मार्जिन ल्यान्डिङमा २ अर्व लगानी गरिरहेका छौं । यहाँ एउटाले गरेपछि अर्काेले गर्ने परिपाटी छ । यस्ले गर्दा मार्केट अलिकति तातिन्छ कि ? हामी कहाँ धेरै जनाले शेयर कर्जाका लागि आबेदन दिईसक्नु भएको छ ।

० राष्ट वैंकको पछिल्लो तथ्यांक अनुसार ६४ अर्ब भन्दा बढी तरलता थुप्रिएको अवस्था छ । यस्तो अवस्थामा देशको अर्थतन्त्र कता जान्छ ?

–क्यापिटल र पानी उस्तै हुन् आफ्नो बाटो आफै समाउँछन । बाँधेर बाँधिदैन । डिपोजिट बढेर तरलता आएको होइन । रेमिट्यान्सबाट यो आएको हो । तर लगानीको अवसर छैन । फ्याक्ट्री,हाइड्रो धेरै क्षेत्र छन् लगानीको । जुन चिसोपन सेयर मार्केटमा परेको छ त्यही चिसोपना लगानीकर्तामा परेको छ । लगानीका लागि सबै जना संविधान कुरेर बसेका छन । यद्यपि आउने दिन नेपालका लागि एकदमै राम्रो छ ।

० मेगा वैंकका १ लाख ४५ हजार सेयरहोल्डरहरु छन । उनीहरुलाई यो वर्ष कस्तो प्रतिफल बाड्दै हुनुहुन्छ ?

–हाम्रो काम भनेको काम गर्ने, नाफा बाड्ने हो । झण्डै ३० करोड हामीले अघिल्लो आर्थिक वर्षमा नाफा आर्जन गरेका थियौं । राष्ट्र वैंकमा यो पठाएका छौं । बोर्डले निर्णय गरेपछि डिभिडेन्ट र वोनस सेयरको वारेमा थाहा पाउनु हुने नै छ ।

० राष्ट्र वैंकले हालै जारी गरेको रेमिट्यान्स सम्बन्धी निर्देशिकाका कारण वैंकरहरु नै दुई धु्रवमा बाडिएका छन । त्यो निर्देशिकालाई तपाई कसरी हेर्नुहुन्छ ?

– गलत निर्देशिका ल्याएर वैकिङ क्षेत्रलाई धरापमा पार्ने राष्ट्र वैंकको मनसाय त पक्कै पनि होईन  । अर्थतन्त्रको ठूलो खम्वा नै हो–रेमिट्यान्स । खातामा गयो भने वैंकिङ क्षेत्रमा त आउँछ । कमसेकम वैंकिङ क्षेत्रमा त आउछ भन्ने उस्को सोच हो । खाता खोल, चेक काट भन्ने झन्झट भए पछि भोलि यही पनि रोकिएला भन्ने वैंकरहरुको चिन्ता हो । यद्यपि रेमिटयान्स कम्पनीलाई एउटा नियमले बाँध्न खोज्नु र अर्काेलाई अर्काे नियमले वाध्न खोज्नु चाँही राम्रो होइन । सबैलाई एउटै खालको नियम हुनुपर्दछ । हिमालयन ,नविलमा भएको भए म यो बोल्न सक्दिनथें । हामी रेमिटयान्स कम्पनी होईनौं । 
Mero Lagani 
Dec 04, 2014