Friday, December 5, 2014

चमेलिया आयोजनामा भ्रष्टाचार गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

चमेलिया जलविद्युत आयोजनामा हुँदै आएको भ्रष्टाचारमा संलग्न अधिकारीहरुमाथि कारबाही गर्न संसदीय समितिले निर्देशन दिएको छ ।
ब्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले चमेलिया जलविद्युत आयोजनामा व्यापक भ्रष्टाचार भएको निश्कर्षसहित दोषीहरुलाई कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।
लेखा  समितिले चमेलियामा ५५ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै दोषीलाई दश दिनभित्र कारबाही गरी जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ । आयोजनामा भ्रष्ट्राचार गर्ने उर्जा मन्त्री, सचिव र संलग्न अन्य अधिकारीहरुलाई कारबाही गर्न समितिले भनेको छ । तर दोषीहरुको नाम भने खुलाईएको छैन् ।

दार्चुला जिल्लामा निर्माणाधिन सो आयोजना सन् २०११ मा बनिसक्नु पर्नेमा भ्रष्टाचारका कारण हालसम्म पनि निर्माण पुरा हुन सकेको छैन् । ३० मेगावाट क्षमताको सो आयोजनाको सुरु ठेक्का २ अर्व ८८ करोड रुपैयाँमा दिईएकोमा भेरिएसन गरेर ७ अर्व ५१ करोड रुपैयाँ पुर्याइएको समितिको ठहर छ । समितिले चमेलिया आयोजनाको भेरिएशनबारे ब्यापक छानविन गरी भ्रष्ट्राचार भएको निष्कर्ष निकालेको हो ।

Mero Lagani 
Dec 03, 2014

No comments:

Post a Comment