मेगा बैंकले शेयर धितो कर्जामा दुई अर्ब रकम परिचालन गर्ने भएको छ ।
मेगा बैंकका प्रमुख कार्यकारी अनिल केशरी शाहले मेरोलगानी डटकमसँग कुरा गर्दै आफ्नो बैंकले शेयर धितोमा कर्जा प्रबाह बढाउने रणनीति अनुरुप ठूलो रकम परिचालन गर्न लागेको जानकारी दिनुभयो ।
उहाँले बैंकले शेयर धितो कर्जाका लागि सार्वजनिक आब्हान गरेको एक सातामै एक हजार भन्दा बढी
लगानीकर्ताले आबेदन गरिसकेको बताउनुभयो । शाहले धेरै लगानीकर्ताले शेयर प्रमाण पत्र धितो राखेर कर्जा लिई फेरि शेयर बजारमै लगानी थप्ने बताएको पनि उल्लेख गर्नुभयो । पूँजी बजारमा कर्जाको माग बढ्न थालेकाले बजारको वियरिस प्रबृत्ति सुधारमा पनि सहयोग पुग्ने देखिएको छ ।
मेगा बैंकले बार्षिक ८.५ प्रतिशत ब्याज दरमा १८० दिनको औसत शेयर मूल्यको ५० प्रतिशत रकम शेयर कर्जामा दिने जनाएको छ । यस्तो कर्जामा सेवा शुल्क १ प्रतिशतमा एक लाख रुपैयाँ देखि एक करोड रुपैयाँसम्म कर्जा प्रबाह गर्ने भएको छ ।
मेगा बैंकका प्रमुख कार्यकारी शाहसँगको अन्तर्वार्ता बिहीबार मेरोलगानी डटकममा हेर्नुहोला ।
Hari Gajurel
Dec 03, 2014
Dec 03, 2014
No comments:
Post a Comment