बैंकले दिन लागेको लाभांश पाउँन मसिंर १४ गतेसम बैंकको सेयर स्वामित्व भएको हुनुपर्ने छ। बैंकले मंसिर १५ गते बुक क्लोजको मिति सार्वजनिक गरेको छ। लैनचौर ब्याङ्क्वेटमा हुने सभामा लेखा परिक्षकको नियुक्तिको प्रस्ताव पनि लजादै छ। -bizmandu
Tuesday, November 25, 2014
नेपाल बंगलादेश बैंकले २२ प्रतिशत लाभांश प्रस्ताव बार्षिक साधारण सभामा लादै, मंसिर २९मा सभा
बोलकबोलमा बिक्री भएको नबिलको संस्थापक सेयरको बेस रेट राख्ने जिम्मा ब्रोकरलाई, करमा अन्योल
काठमाडौं। बोलकबोल मार्फत् बिक्री भएको नबिल बैंकको संस्थापक सेयरको बानेस सेयर समायोजन पछि कर कट्टिको लागि नेप्सेले बेस रेट निकाल्न नसकेपछि ब्रोकरहरुलाई जिम्मा दिएको छ।
कसरी हुन्छ बोनस समायोजन?
नबिल बैंकले यसपटक २० प्रतिशत बोनस सेयर दिएको थियो। यस अनुसार नेप्सेले कम्पनीको बुक क्लोजको दिनमा बोनस सेयर समायोजन गरेर कारोबारको लागि नयाँ दर तोक्ने गर्छ। बैंकको संस्थापक सेयर समायोजन अघि प्रतिकित्ता १५७१ रुपैयाँमा कारोबार भएको थियो। यो दरलाई एक अंक र बोनस सेयर (२० प्रतिशत अर्थात् ०.२) को जोडले भाग गरेर नयाँ दर निकालिन्छ। यसअनुसार बैंकको सस्थापक सेयरको नयाँ मूल्य प्रतिकित्ता १३०९ रुपैयाँ निर्धारण भएको थियो। बोनस सेयर समायोजनपछि पनि बैंकको पहिलो कारोबार दुई प्रतिशत मूल्य घटेर १२८५ मा भएको थियो। यही नयाँ दर र लगानीकर्ताले कम्पनीको सेयरमा बोलकबोल मार्फत् खरिद गरेको मूल्यको जोडलाई दुई अंकले भाग गरेर बेस रेट निकालिन्छ। यो बेस रेटभन्दा बढि मूल्यमा कुनै लगानीकर्ताले सेयर बिक्री गरेमा उसले पूँजीगत लाभकर तिनुपर्दछ। हालसम्म लगानीकर्ताले बोलकबेलमा हालेको न्युनतम (१२५० रुपैयाँ) र उच्च मूल्य (१३१५ रुपैयाँ) दुवै राखेर बेस रेट निकाल्दा पनि कर तिर्नुपर्ने अवस्था भने देखिएको छैन। - bizmandu
स्वावलम्बन लघुवित्त विकास बैंकको ७० प्रतिशत लाभांश, बोनस मात्रै साढे ४६ प्रतिशत
स्वावलम्बन लघुवित्त विकास बैंक (SWBBL) ले गत बर्षको खुद नाफाबाट साढे ४६ प्रतिशत बोनस शेयरसहित ७० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंक संचालक समितिको बैठकले लगानीकर्तालाई ४६.५ बोनस शेयर र २३.५ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
हाल बैंकको चुक्ता पूँजी १४ करोड ९८ लाख रहेकोमा बोनस शेयर जारीपछि २१ करोड ९४ लाख रुपैयाँ हुने छ । बैंकले गत बर्ष १८ करोड खुद नाफा गरी प्रतिशेयर आम्दानी १२१ रुपैयाँ कायम गरेको थियो । बैंकको जगेडा कोषमा ४१ करोड रुपैयाँ छ ।
देशभरि कार्य क्षेत्र बनाएर लघुवित्तको काम गरिरहेको बैंकको प्रोमोटरहरुमा हिमालयन बैंक, नेपाल ईन्भेष्टमेन्ट बैंक, नबिल बैंक र स्वावलम्बन बिकास केन्द्र छन् ।
Mero Lagani
Nov 24, 2014
Nov 24, 2014
Subscribe to:
Comments (Atom)