स्वावलम्बन लघुवित्त विकास बैंक (SWBBL) ले गत बर्षको खुद नाफाबाट साढे ४६ प्रतिशत बोनस शेयरसहित ७० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंक संचालक समितिको बैठकले लगानीकर्तालाई ४६.५ बोनस शेयर र २३.५ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
हाल बैंकको चुक्ता पूँजी १४ करोड ९८ लाख रहेकोमा बोनस शेयर जारीपछि २१ करोड ९४ लाख रुपैयाँ हुने छ । बैंकले गत बर्ष १८ करोड खुद नाफा गरी प्रतिशेयर आम्दानी १२१ रुपैयाँ कायम गरेको थियो । बैंकको जगेडा कोषमा ४१ करोड रुपैयाँ छ ।
देशभरि कार्य क्षेत्र बनाएर लघुवित्तको काम गरिरहेको बैंकको प्रोमोटरहरुमा हिमालयन बैंक, नेपाल ईन्भेष्टमेन्ट बैंक, नबिल बैंक र स्वावलम्बन बिकास केन्द्र छन् ।
Mero Lagani
Nov 24, 2014
Nov 24, 2014
No comments:
Post a Comment