काठमाडौं। बोलकबोल मार्फत् बिक्री भएको नबिल बैंकको संस्थापक सेयरको बानेस सेयर समायोजन पछि कर कट्टिको लागि नेप्सेले बेस रेट निकाल्न नसकेपछि ब्रोकरहरुलाई जिम्मा दिएको छ।
कसरी हुन्छ बोनस समायोजन?
नबिल बैंकले यसपटक २० प्रतिशत बोनस सेयर दिएको थियो। यस अनुसार नेप्सेले कम्पनीको बुक क्लोजको दिनमा बोनस सेयर समायोजन गरेर कारोबारको लागि नयाँ दर तोक्ने गर्छ। बैंकको संस्थापक सेयर समायोजन अघि प्रतिकित्ता १५७१ रुपैयाँमा कारोबार भएको थियो। यो दरलाई एक अंक र बोनस सेयर (२० प्रतिशत अर्थात् ०.२) को जोडले भाग गरेर नयाँ दर निकालिन्छ। यसअनुसार बैंकको सस्थापक सेयरको नयाँ मूल्य प्रतिकित्ता १३०९ रुपैयाँ निर्धारण भएको थियो। बोनस सेयर समायोजनपछि पनि बैंकको पहिलो कारोबार दुई प्रतिशत मूल्य घटेर १२८५ मा भएको थियो। यही नयाँ दर र लगानीकर्ताले कम्पनीको सेयरमा बोलकबोल मार्फत् खरिद गरेको मूल्यको जोडलाई दुई अंकले भाग गरेर बेस रेट निकालिन्छ। यो बेस रेटभन्दा बढि मूल्यमा कुनै लगानीकर्ताले सेयर बिक्री गरेमा उसले पूँजीगत लाभकर तिनुपर्दछ। हालसम्म लगानीकर्ताले बोलकबेलमा हालेको न्युनतम (१२५० रुपैयाँ) र उच्च मूल्य (१३१५ रुपैयाँ) दुवै राखेर बेस रेट निकाल्दा पनि कर तिर्नुपर्ने अवस्था भने देखिएको छैन। - bizmandu
No comments:
Post a Comment