३ अर्ब ६५ करोड चुक्ता पूँजी रहेको नबिलले यस आर्थिक बर्षको प्रथम त्रैमासमा ५१ करोड खुद नाफा गर्न सफल भएको छ । त्यसैगरी २ अर्ब १३ करोड चुक्ता पूँजी रहेको एभरेष्टले ३९ करोड ११ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ भने ५ अर्ब पूँजी नघाएको ग्लोबल आईएमईले पहिलो त्रैमासमा २२ करोड ३९ लाख खुद नाफा गरेको छ
गत आर्थिक बर्षको पहिलो त्रैमासमा नबिलले ४५ करोड ७८ लाख खुद आम्दानी गरेकोमा यसपटक ५ करोड रुपैयाँले खुद नाफा बढाएको देखिन्छ भने एभरेष्टले ३५ करोड १० लाख खुद नाफा गरेकोमा यस त्रैमासमा ४ करोड बढाउन सफल भएको छ । त्यसैगरी ग्लोबल आईएमईले गत आर्थिक बर्षको पहिलो त्रैमासमा २७ करोड १४ लाख खुद नाफा गरेकोमा यस त्रैमासमा ५ करोडले कमी आएको देखिएको छ ।
प्रतिशेयर आम्दानी बार्षिकीकरण गरी हिसाव गर्दा एभरेष्टको सबैभन्दा बढी ७७ रुपैयाँ ५५ पैसा, नबिलको ६५ रुपैयाँ ७० पैसा र ग्लोबल आईएमईको १७ रुपैयाँ ७८ पैसा रहेको छ ।
निक्षेप र कर्जाको अबस्था
नबिलको गत आर्थिक बर्षको त्रैमासमा ७१ अर्ब ९१ करोड निक्षेप रही ४८ अर्ब ८२ करोड कर्जा परिचालन गरेकोमा यस त्रैमासमा निक्षेप ९ अर्ब बढेर ८० अर्ब ५३ करोड र कर्जा ६१ अर्ब ७९ करोड पुगेको देखिएको छ । त्यसैगरी एभरेष्टको गत आर्थिक बर्षको पहिलो त्रैमासमा ५८ अर्ब ६९ करोड निक्षेप रहेकोमा त्यो झण्डै ७ अर्बले बढेर ६६ अर्ब १६ करोड र कर्जा ८ अर्बले बढेर ५३ अर्ब ५५ करोड पुगेको छ । ग्लोबल आईएमईको गत बर्षको प्रथम त्रैमासमा ३५ अर्ब ३५ करोड निक्षेप र २८ अर्ब ५९ करोड कर्जा परिचालनको स्थिति रहेकोमा यस बर्ष १८ अर्ब निक्षेप बढाई ५३ अर्ब ८९ करोड पुर्याएको छ भने कर्जातर्फ पनि १७ अर्बले बृद्धि गरी ४५ अर्ब ५३ करोड पुर्याएको छ ।
ग्लोबलको आम्दानी बढ्यो
नबिलले ब्याज आम्दानीमा ८ करोड बढाई ९३ करोड र संचालन मुनाफामा ६ करोडले बढाएर१ ऋर्ब २६ करोड, एभरेष्टले ब्याज आम्दानीमा झण्डै ६ करोड बढाएर ७१ करोड पुर्याएको छ भने संचालन मुनाफा भने ९ करोडले बढाएर ८८ करोड पुर्याएको छ । त्यसैगरी ग्लोबल आईएमईले ब्याज आम्दानीमा झण्डै २१ करोडले बढाएर ५६ करोड पुर्याएको छ भने संचालन मुनाफा २८ करोडले बढाएर ७५ करोड पुर्याएको छ । नबिल र एभरेष्टको तुलनामा ग्लोबलआईएमईको आम्दानी उल्लेखनीय रुपमा बढेको देखिएको छ ।
कर्मचारी र संचालन खर्च
त्यसैगरी कर्मचारी प्रशासन खर्चतर्फ हेर्दा नबिलले गत आर्थिक बर्षको पहिलो त्रैमासमा १७ करोड ७० लाख रुपैयाँ कर्मचारी प्रशासनमा खर्च गरेकोमा यस बर्ष १७ करोड ९९ लाख रुपैयाँ पुगेको छ भने संचालन खर्च ११ करोड ९४ लाख रहेकोमा यसपल्ट १३ करोड ४६ लाख भएको छ । त्यस्तै एभरेष्टको गत बर्षको पहिलो त्रैमासमा कर्मचारी प्रशासन खर्च १२ करोड ८५ लाख रहेकोमा यस बर्षको सोही अबधिमा १३ करोड ४५ लाख र संचालन खर्च ९ करोड २० लाख रहेकोमा यस बर्षको सोही अवधिमा १० करोड २१ लाख पुगेको छ । ग्लोबल आईएमईको कर्मचारी प्रशासन खर्च ९ करोड १९ लाख रहेकोमा झण्डै ६ करोडले बढी १५ करोड ५ लाख पुगेको छ भने संचालन खर्चमा पनि २ करोडले बृद्धि भई १४ करोड नाघेको छ ।
निक्षेप लागत तर्फ एभरेष्टले ४.१३ बाट ३.०८ मा नबिलले ३.८६ बाट २.७६ मा र ग्लोबल आईएमईले ६.३१ बाट ४.१३ मा झारेको छ ।
| | नबिल बैंक | एभरेष्ट बैंक | ग्लोबलआईएमई |
| | यस बर्ष | गत बर्ष | प्रगति प्रतिशत | यस बर्ष | गत बर्ष | प्रगति प्रतिशत | यस बर्ष | गत बर्ष | प्रगति प्रतिशत |
| पूँजी | 365.66 | 304.6 | 20.05 | 213.7 | 192.1 | 11.25 | 501.2 | 241.81 | 107.3 |
| lनिक्षेप | 8060.8 | 7192.8 | 12.07 | 6616 | 5869 | 12.73 | 5389 | 3535.52 | 52.44 |
| कर्जा | 6179.7 | 4882 | 26.58 | 5355 | 4512 | 18.7 | 4553 | 2859.59 | 59.24 |
| ब्याज आम्दानी | 92.54 | 85.63 | 8.07 | 71.21 | 65.36 | 8.95 | 56.19 | 35.39 | 58.77 |
| कर्मचारी खर्च | 17.99 | 17.7 | 1.64 | 12.45 | 12.85 | -3.11 | 14.94 | 9.19 | 62.57 |
| ;संचालन खर्च | 13.46 | 11.94 | 12.73 | 10.21 | 9.2 | 10.98 | 13.92 | 12.24 | 13.73 |
| ;संचालन नाफा | 78.39 | 57.17 | 37.12 | 61.19 | 55.02 | 11.21 | 33.05 | 15.31 | 115.9 |
| खुद नाफा | 51.01 | 45.78 | 11.42 | 39.11 | 35.1 | 11.42 | 22.27 | 27.14 | -17.9 |
निस्क्रिय कर्जामा ग्लोबल कमजोर
निस्क्रिय कर्जातर्फ नबिलले ३.३१ बाट २.१० प्रतिशतमा सिमित गरेको छ र १ करोड ४ लाख रुपैयाँ जोखिम ब्यहोर्ने कोषबाट नाफामा देखाएको छ भने एभरेष्टको गत बर्षको पहिलो त्रैमासमा ०.६० मा रहेको निस्क्रिय कर्जामा केही बृद्धि भएर ०.६३ पुगेको छ भने ३ करोड ४० लाख जोखिम कोषमा राख्नु परेको छ । त्यस्तै ग्लोबल आईएमईको गत आर्थिक बर्षको प्रथम त्रैमासमा भन्दा यस बर्षको सोही अवधिमा ०.२९ प्रतिशतले निस्क्रिय कर्जा बढ्न गई २.८८ प्रतिशत पुगेको छ भने १३ करोड ५३ लाख जोखिम ब्यहोर्ने कोषमा राख्नु परेको छ । बैंकले १ करोड ५८ लाख जोखिम ब्यहोर्ने कोषबाट नाफामा देखाएको छ ।
बैंकका अन्य सूचकहरु
नबिलको जगेडा कोषमा ५ अर्ब ८७ करोड, एभरेष्टको ३ अर्ब ७१ करोड र ग्लोबल आईएमईको १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । नबिलको प्रतिशेयर नेटवर्थ ३१३, एभरेष्टको २८३.९५ र ग्लोबल आइृएमईको १३१.४१ रहेको छ भने मुल्य आम्दानी अनुपाततर्फ नबिलको ३५.६१, , एभरेष्टको २४.६४ र ग्लोबल आईएमईको ३९ रहेको छ । नबिलको दोस्रो बजारमा हाल प्रतिशेयर मूल्य २ हजार २ सय २०, एभरेष्टको १ हजार ८ सय २० र ग्लोबल आईएमईको ५ सय १४ रुपैयाँ रहेको छ ।
ग्लोबलमा मर्जको प्रभाव आंकलन
कमर्ज एण्ड ट्रष्टलगायत ६ वटा बैंक तथा बित्तीय संस्थाहरुलाई आफुमा गाभेको ग्लोबल आईएमईमा त्यसको पनि प्रभाव परेको हुनसक्ने आंकलन गरिएको छ । गाभिएका बित्तीय संस्थाहरुको पनि निक्रिय कर्जाको भार र कर्मचारी प्रशासन खर्च ब्यहोर्नु परेकोले बैंकले उल्लेखनीय खुद नाफा देखाउन नसके पनि बैंकको अबस्था सवल हुँदै गएको देखिन्छ । सबैभन्दा धेरै पूँजी भएको बाणिज्य बैंक बनेर आफुलाई नेपालको अग्रणाी बैंकमा ग्लोबलले स्थापित गरेको छ । नबिल र एभरेष्ट पहिलेदेखि नै सवल बैंकमा स्थापित हुँदै आएका छन् ।