Sunday, November 9, 2014

सुनमा लगानी गर्ने ? पर्खनुस्


नेपालमा आयातीत सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । बिहीबार मात्रै सुनको मूल्य प्रति तोला ५ सय रुपैयाले घटेको छ ।  

नेपाल सुनचाँदी ब्यवसायी महासंघले बिहीबार छापावाल सुन ४९ हजार १ सय र तेजावी सुन ४८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको जनाएको छ । त्यस्तै चाँदीको मूल्यमा पनि कमी आई प्रति तोला ६ सय ६५ रुपैयाँमा कारोबार भएको छ । 
नेपालमा बैंकहरुले आयात गरेको सुन बिक्री नभएर थन्किएको अबस्थामा भाऊ अरु घट्ने आंकलन गरिएको छ । नेपालमा चोरी पैठारी हुँदै सुन भित्रिने गरेकोले मूल्यमा अझै असर पर्ने छ । २०७० भदौमा प्रति तोला ६३ हजार रुपैयाँ नाघेको सुनमा त्यसपछि क्रमशः गिरावट आएको हो ।
अहिले अमेरिकी अर्थतन्त्र बलियो भएपछि सुनको भाऊ घटेको बताईएको छ । अन्तर्राष्ट्रिय  बजारमा सुनको भाऊ घट्ने क्रम जारी छ । ब्लुमबर्गका अनुसार बिहीबार अन्र्तराष्ट्रिय बजारमा सुनको भाऊ प्रति औस १।४० डरले कमी आई ११४४।३० डलरमा झरेको छ । पाँच बर्ष अघि अन्र्तराष्ट्रिय बजारमा सुनको भाऊ प्रति औंस १०५२ डलर थियो । 
मूल्य घट्दो क्रममा रहेकाले सुनमा लगानी गर्ने तयारीमा रहेकाहरुले अझै केही समय धैर्य गर्दा फाईदा हुने देखिएको छ । 
Mero Lagani 
Nov 06, 2014

No comments:

Post a Comment