Sunday, November 9, 2014

नबिल, एभरेष्ट र ग्लोबल आईएमईमा कसको कमाई राम्रो ?

 
देशका मुख्य र ठूला बाणिज्य बैंकहरु मध्ये नबिल, एभरेष्ट र ग्लोबल आईएमईले शुक्रबार एकसाथ चालु आर्थिक बर्षको पहिलो त्रैमासको बित्तीय विवरण प्रकाशित गरेका छन् । 
 
निक्षेप, कर्जा, ब्याज र संचालन आम्दानी बढाउन ग्लोबल आईएमईले उल्लेखनीय प्रगति गरेको देखिए पनि समग्र अबस्थामा नबिललाई एभरेष्टले पछ्याउँदै सर्वाधिक खुद नाफा गरेका छन् ।
 
३ अर्ब ६५ करोड चुक्ता पूँजी रहेको नबिलले यस आर्थिक बर्षको प्रथम त्रैमासमा ५१ करोड खुद नाफा गर्न सफल भएको छ । त्यसैगरी २ अर्ब १३ करोड चुक्ता पूँजी रहेको एभरेष्टले ३९ करोड ११ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ भने ५ अर्ब पूँजी नघाएको ग्लोबल आईएमईले पहिलो त्रैमासमा २२ करोड ३९ लाख खुद नाफा गरेको छ  
गत आर्थिक बर्षको पहिलो त्रैमासमा  नबिलले ४५ करोड ७८ लाख खुद आम्दानी गरेकोमा यसपटक ५ करोड रुपैयाँले खुद नाफा बढाएको देखिन्छ भने एभरेष्टले ३५ करोड १० लाख खुद नाफा गरेकोमा यस त्रैमासमा ४ करोड बढाउन सफल भएको छ । त्यसैगरी ग्लोबल आईएमईले गत आर्थिक बर्षको पहिलो त्रैमासमा २७ करोड १४ लाख खुद नाफा गरेकोमा यस त्रैमासमा ५ करोडले कमी आएको देखिएको छ ।  
प्रतिशेयर आम्दानी बार्षिकीकरण गरी हिसाव गर्दा एभरेष्टको सबैभन्दा बढी ७७ रुपैयाँ ५५ पैसा, नबिलको ६५ रुपैयाँ ७० पैसा र ग्लोबल आईएमईको १७ रुपैयाँ ७८ पैसा रहेको छ । 
 
 
 
निक्षेप र कर्जाको अबस्था 
 
नबिलको गत आर्थिक बर्षको त्रैमासमा ७१ अर्ब ९१ करोड निक्षेप रही  ४८ अर्ब ८२ करोड कर्जा परिचालन गरेकोमा यस त्रैमासमा निक्षेप ९ अर्ब बढेर ८० अर्ब ५३ करोड र कर्जा ६१ अर्ब ७९ करोड पुगेको देखिएको छ । त्यसैगरी एभरेष्टको गत आर्थिक बर्षको पहिलो त्रैमासमा ५८ अर्ब ६९ करोड निक्षेप रहेकोमा त्यो झण्डै ७ अर्बले बढेर ६६ अर्ब १६ करोड र कर्जा ८ अर्बले बढेर ५३ अर्ब ५५ करोड पुगेको छ । ग्लोबल आईएमईको गत बर्षको प्रथम त्रैमासमा ३५ अर्ब ३५ करोड निक्षेप र २८ अर्ब ५९ करोड कर्जा परिचालनको स्थिति रहेकोमा यस बर्ष १८ अर्ब निक्षेप बढाई ५३ अर्ब ८९ करोड पुर्याएको छ भने कर्जातर्फ पनि १७ अर्बले बृद्धि गरी ४५ अर्ब ५३ करोड पुर्याएको छ । 
ग्लोबलको आम्दानी बढ्यो
नबिलले ब्याज आम्दानीमा ८ करोड बढाई ९३ करोड र संचालन मुनाफामा ६ करोडले बढाएर१ ऋर्ब २६ करोड, एभरेष्टले ब्याज आम्दानीमा झण्डै ६ करोड बढाएर ७१ करोड पुर्याएको छ भने संचालन मुनाफा भने ९ करोडले बढाएर ८८ करोड पुर्याएको छ । त्यसैगरी ग्लोबल आईएमईले ब्याज आम्दानीमा झण्डै २१ करोडले बढाएर ५६ करोड पुर्याएको छ भने संचालन मुनाफा २८ करोडले बढाएर ७५ करोड पुर्याएको छ । नबिल र एभरेष्टको तुलनामा ग्लोबलआईएमईको आम्दानी उल्लेखनीय रुपमा बढेको देखिएको छ । 
 
 
कर्मचारी र संचालन खर्च
 
त्यसैगरी कर्मचारी प्रशासन खर्चतर्फ हेर्दा नबिलले गत आर्थिक बर्षको पहिलो त्रैमासमा १७ करोड ७० लाख रुपैयाँ कर्मचारी प्रशासनमा खर्च गरेकोमा यस बर्ष १७ करोड ९९ लाख रुपैयाँ पुगेको छ भने संचालन खर्च ११ करोड ९४ लाख रहेकोमा यसपल्ट १३ करोड ४६ लाख भएको छ । त्यस्तै एभरेष्टको गत बर्षको पहिलो त्रैमासमा कर्मचारी प्रशासन खर्च १२ करोड ८५ लाख रहेकोमा यस बर्षको सोही अबधिमा १३ करोड ४५ लाख र संचालन खर्च ९ करोड २० लाख रहेकोमा यस बर्षको सोही अवधिमा १० करोड २१ लाख पुगेको छ । ग्लोबल आईएमईको कर्मचारी प्रशासन खर्च ९ करोड १९ लाख रहेकोमा झण्डै ६ करोडले बढी १५ करोड ५ लाख पुगेको छ भने संचालन खर्चमा पनि २ करोडले बृद्धि भई १४ करोड नाघेको छ । 
निक्षेप लागत तर्फ एभरेष्टले ४.१३ बाट ३.०८ मा नबिलले ३.८६ बाट २.७६ मा र ग्लोबल आईएमईले ६.३१ बाट ४.१३ मा झारेको छ । 
 
 
 
 नबिल बैंकएभरेष्ट बैंकग्लोबलआईएमई
 यस बर्षगत बर्ष  प्रगति प्रतिशतयस बर्षगत बर्ष प्रगति प्रतिशतयस बर्षगत बर्ष प्रगति प्रतिशत
पूँजी365.66304.6  20.05213.7192.111.25501.2241.81107.3
lनिक्षेप8060.87192.8  12.076616586912.7353893535.5252.44
कर्जा6179.74882  26.585355451218.745532859.5959.24
ब्याज आम्दानी92.5485.63   8.0771.2165.368.9556.1935.3958.77
कर्मचारी खर्च17.9917.7   1.6412.4512.85-3.1114.949.1962.57
;संचालन खर्च13.4611.94  12.7310.219.210.9813.9212.2413.73
;संचालन नाफा78.3957.17  37.1261.1955.0211.2133.0515.31115.9
खुद नाफा51.0145.78  11.4239.1135.111.4222.2727.14-17.9

निस्क्रिय कर्जामा ग्लोबल कमजोर
 
निस्क्रिय कर्जातर्फ  नबिलले ३.३१ बाट २.१० प्रतिशतमा सिमित गरेको छ र १ करोड ४ लाख रुपैयाँ जोखिम ब्यहोर्ने कोषबाट नाफामा देखाएको छ भने एभरेष्टको गत बर्षको पहिलो त्रैमासमा ०.६० मा रहेको निस्क्रिय कर्जामा केही बृद्धि भएर ०.६३ पुगेको छ भने ३ करोड ४० लाख जोखिम कोषमा राख्नु परेको छ । त्यस्तै ग्लोबल आईएमईको गत आर्थिक बर्षको प्रथम त्रैमासमा भन्दा यस बर्षको सोही अवधिमा ०.२९ प्रतिशतले निस्क्रिय कर्जा बढ्न गई २.८८ प्रतिशत पुगेको छ भने १३ करोड ५३ लाख जोखिम ब्यहोर्ने कोषमा राख्नु परेको छ । बैंकले १ करोड ५८ लाख जोखिम ब्यहोर्ने कोषबाट नाफामा देखाएको छ । 
 
बैंकका अन्य सूचकहरु 
 
नबिलको जगेडा कोषमा ५ अर्ब ८७ करोड, एभरेष्टको ३ अर्ब ७१ करोड र ग्लोबल आईएमईको १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । नबिलको प्रतिशेयर नेटवर्थ ३१३, एभरेष्टको २८३.९५ र ग्लोबल आइृएमईको १३१.४१ रहेको छ भने मुल्य आम्दानी अनुपाततर्फ नबिलको ३५.६१, , एभरेष्टको २४.६४ र ग्लोबल आईएमईको ३९ रहेको छ । नबिलको दोस्रो बजारमा हाल प्रतिशेयर मूल्य २ हजार २ सय २०, एभरेष्टको १ हजार ८ सय २० र ग्लोबल आईएमईको ५ सय १४ रुपैयाँ रहेको छ । 
 
ग्लोबलमा मर्जको प्रभाव आंकलन
 
कमर्ज एण्ड ट्रष्टलगायत ६ वटा बैंक तथा बित्तीय संस्थाहरुलाई आफुमा गाभेको ग्लोबल आईएमईमा त्यसको पनि प्रभाव परेको हुनसक्ने आंकलन गरिएको छ । गाभिएका बित्तीय संस्थाहरुको पनि निक्रिय कर्जाको भार र कर्मचारी प्रशासन खर्च ब्यहोर्नु परेकोले बैंकले उल्लेखनीय खुद नाफा देखाउन नसके पनि बैंकको अबस्था सवल हुँदै गएको देखिन्छ । सबैभन्दा धेरै पूँजी भएको बाणिज्य बैंक बनेर आफुलाई नेपालको अग्रणाी बैंकमा ग्लोबलले स्थापित गरेको छ । नबिल र एभरेष्ट पहिलेदेखि नै सवल बैंकमा स्थापित हुँदै आएका छन् । 

No comments:

Post a Comment