Monday, November 10, 2014

नबिल र ईन्भेष्टमेन्ट बैंकमा श्रोत नखुली आएको ३ अर्ब ७० करोड रुपैयाँ राष्ट्र बैंकले गर्यो रोक्का, कस्को होला यो पैसा ?

पालका  चर्चित दुई नविल र इन्भेष्टमेन्ट  वैंकमा विदेशी वैंकको खाताबाट आएको ३ अर्ब ७० करोड रुपैयाँ श्रोत नखुलेको भन्दै नेपाल राष्ट्र बैंकले रोक्का गरेको छ । 
राष्ट्र बैंक श्रोतका अनुसार विदेशी बैंकबाट नबिलको खातामा आएको ३ अर्ब र ईन्भेष्टमेन्टको खातामा आएको ७० करोड रुपैयाँको श्रोत र प्रयोजन नखुलेकाले रोक्का राखिएको हो । 


गत  असार ५ गते जोधा ईन्भेष्टमेन्टका नाममा भारतको एसबीआई वैंकबाट नेपाल ईन्भेष्टमेन्टमा रहेको खातामा ७० करोड र स्वीस वैंकबाट नविल वैंकको खातामा ३ अर्व रुपैयाँ आएको थियो । नेपालमा कहीकतै दर्ता नभएको जोधा ईन्भेष्टमेन्टको नाममा दुबै बैंकमा आएको रकमको श्रोत र प्रयोजन स्पष्ट हुन सकेको छैन् । 
    राष्ट वैंक विदेशी मुद्रा विभागका एक  कर्मचारीका अनुसार  स्रोत नखुलेको उक्त रकम फेला परेपछि गत असार २१ गते देखि नै राष्ट्र वैंकले दुवै वैंकमा  रहेको खाता रोक्का गरिदिएको हो । 
ब्यवसायी  अजय सुमार्गीले रकममा दावी गरे पनि जोधा ईन्भेष्टमेन्ट नामक कम्पनी कतै दर्ता नभएकोले यो काण्ड सम्पत्ति शुद्धिकरण विभाग,अर्थ मन्त्रालय हुँदै अख्तियारसम्म पुगेको छ । अख्तियारका प्रवत्ताले पनि श्रोत नखुलेको रकमबारे छानविन भईरहेको जानकारी दिएका छन् ।      
अजय सुमार्गीको हेलो नेपाल र मुक्ति श्री गरी दुईवटा कम्पनी मात्र दर्ता रहेको उद्योग बिभागले स्पष्ट पारेको छ । उता, अजय सुमार्गीले भने हेलो नेपाल र जोधा ईन्भेष्टमेन्टलाई लगानी बोर्डले नै रकम ल्याउन स्वीकृति दिएको दावी गर्दै सो रकम आफ्नो भएको दावी गर्दै आउनु भएको छ । उहाँले रकमको श्रोत भने देखाउन सक्नुभएको छैन् । लगानी बोर्डका सूचना अधिकृत रीता तिवारीले अजय सुमार्गीको नाममा उद्योग विभागमा हेलो नेपाल र मुक्ती श्री  नामक दुईवटा कम्पनी मात्र दर्ता भएको तर जोधा ईन्भेष्टमेन्ट नामक कम्पनी दर्ता नै नभएकोले यसरी नेपालमा दर्ता नै नभएको कम्पनीलाई रकम ल्याउन लगानी वोर्डले सिफारिश गर्नुपर्ने कुनै कारण नभएको स्पष्ट पार्नुभयो ।
 तिवारीले रकमको बैधताबारे राष्ट्र बैंक सन्तुष्ट नभएकाले खाता रोक्का गरिएको पुष्टि गर्दै सुमार्गीले कानुन ब्यवसायीहरुलाई बोर्डमा पठाएर फाईल अगाडि बढाउन लगाउनु भएको जानकारी पनि दिनुभयो । तिवारीले भन्नुभयो– श्रोत नखुलेको रकमसम्बन्धी फाईल अगाडि बढेको छैन् ।
श्रोत नखुलेको रकम आएको विषयमा नेपाल ईन्भेष्टमेन्ट वैंकका प्रमुख कार्यकारी ज्योति पाण्डेसँग सम्पर्क गर्दा उहाँ बोल्न चाहनुभएन भने नविल वैंकका प्रमुख कार्यकारी अनिल ज्ञवालीले खातवालको व्यक्तिगत गोपनियताको हक हुने हुँदा केही बताउन नमिल्ने उल्लेख गर्नुभयो । 

copy from mero lagani
Hari Gajurel 
Nov 09, 2014

No comments:

Post a Comment