नेपाल ईन्भेष्टमेन्ट बैंक (NIB) ले सर्वसाधारण लगानीकर्ताको हिस्सा बढाउन झण्डै ४७ लाख कित्ता साधारण शेयर निश्काशनको तयारी गरेको छ ।
ईन्भेष्टमेन्ट बैंकले बैंकमा सर्वसाधारणको हिस्सा २० बाट ३० प्रतिशत बनाउन प्रिमियममा शेयर निश्काशन गर्न लागेको हो ।
ईन्भेष्टमेन्ट बैंकका सूचना अधिकारी राजन अमात्यले मेरोलगानी डटकमसँग कुरा गर्दै ४७ लाख कित्ता शेयर सर्बसाधारणका लागि निश्काशन गरिने तयारी भईरहेको जानकारी दिनुभयो । उहाँले हाल कायम चुक्ता पूँजी ४ अर्ब ७६ करोडको दश प्रतिशतले हुने पूँजी थप्ने गरी प्रिमियममा शेयर निश्काशनको तयारी अगाडि बढाईएको हो भन्नुभयो । कम्तिमा ४ सय रुपैयाँ न्युनतम मूल्यमा प्रिमियममा शेयर निश्काशन हुँदा बैंकमा २ अर्ब रकम थपिने अपेक्षा गरिएको छ । अबको तीन साताको अबधिमा आन्तरिक प्रक्रिया पुरा गरेर विशेष साधारणसभा आब्हान गरी त्यसबाट पारित भएपछि सर्वसाधारणका लागि प्रिमियममा शेयर जारी गरिने अमात्यको भनाई छ ।
ईन्भेष्टमेन्ट बैंकमा संस्थापक र संस्थागत लगानीकर्ताहरुको ८० प्रतिशत हिस्सा रहेकाले राष्ट्र बेंकको नीति अनुसार सर्वसाधारणहरुको हिस्सा बढाउनैपर्ने बाध्यता बैंकलाई रहेको छ । राष्ट्र बैंकले संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत हिस्सा कायम गर्न बैंक तथा बित्तीय संस्थाहरुलाई निर्देश गरेको छ । अन्य बैंक तथा बित्तीय संस्थाहरुले १९ प्रतिशत संस्थापक शेयर साधारण शेयरमा परिवर्तन गरे पनि ईन्भेष्टमेन्ट बैंकलाई त्यसो गर्न अनुमति प्राप्त भएको छैन् । त्यसैले प्रिमियममा शेयर निश्काशन गरेर सर्वसाधारणको हिस्सा बढाउन लागिएको हो ।
ईन्भेष्टमेन्ट बैंकमा रहेको क्रस होल्डिङ समाप्त गर्न हालै राष्ट्रिय बाणिज्य बैंकले आफ्नो नाममा रहेको ईन्भेष्टमेन्ट बैंकको १५ प्रतिशत अर्थात ६२ लाख कित्ता शेयर लिलाम गर्ने प्रयास गरेको थियो । बाणिज्य बैंकले प्रति कित्ता ५३० रुपैयाँमा न्युनतम मूल्य तोकी लिलाम आब्हान गर्दा महंगो मूल्य हुनुका साथै ईन्भेष्टमेन्टले घोषणा गरेको ४० प्रतिशत लाभांशबारे स्पष्ट पार्न नसक्दा झण्डै १० लाख कित्ता शेयर मात्र बिक्री भएको थियो । ईन्भेष्टमेन्ट बैंकले प्रिमियममा शेयर निश्काशन गरेपछि बाणिज्य बैंकलाई आफ्नो नाममा रहेको शेयर फेरि लिलाममा राख्दा मूल्यमा पुनर्विचार गर्नै पर्ने स्थिति आउने देखिएको छ ।
नेपाल ईन्भेष्टमेन्ट बैंक नेपालमा धेरै चुक्ता पूँजी भएको दोस्रो ठूलो बाणिज्य भए पनि प्रिमियममा शेयर निश्काशन गरेपछि धेरै चुक्ता पूँजी भएको पहिलो बैंक बनि झन् बलियो हुनेछ । बैंकले विगतका बर्षहरुमा लगानीकर्ताहरुलाई निरन्तर आकर्शक बोनस शेयर र नगद लाभांश दिदै आएको छ । गत बर्षको नाफाबाट बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश दिएको छ ।
No comments:
Post a Comment