Friday, December 5, 2014

नेपाल बैंकको थप साढे दुई अर्ब रुपैयाँको सेयर स्टकमा सूचीकृत, बजारमा दैनिक कारोबार नहुने

काठमाडौं। सरकारले नेपाल बैंक लिमिटेडमा थप लगानी गरेको करिव साढे दुई अर्ब रुपैयाँको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भएको छ।
 
सरकारले विगतमा लगानी गरेको ऋणलाई सेयरमा परिवर्तन गर्ने निर्णयसँगै थप सेयर जारी भएका थिए। तीनै सेयरहरु नेपाल बैंकले सुचिकृत गराएको हो। 
 
वित्तीय क्षेत्र सुधार कार्यक्रमका लागि सरकारले बैंकमा करिव साढे दुई अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो, यही रकम सेयरमा रुपान्तरण गरिएको हो। नेप्सेमा नेपाल बैंकका दुई करोड ४९ लाख ९४ हजार ७८२ कित्ता थप सेयर सुचिकृत भएका हुन्।
 
यो सेयर सरकारका नाममा भएकाले सुचिकृत भएपनि दैनिक कारोबार हुँदैन। सरकारले यो सेयर विदेशी रणनीतिक साझेदारलाई प्रिमियममा बिक्री गर्ने योजना बनाएको छ। 
 
सेयर जारीसँगै बैंकको पुँजी साढे छ अर्बको हाराहारीमा पुगेको छ। 
-bizmandu

No comments:

Post a Comment