Monday, November 17, 2014

अब एनसेलको नेटवर्कबाट बिजमाण्डू अनलाइन निशुल्क हेर्न सकिने, यसरी गर्नुहोस् एक्टिभेट

काठमाडौं। देशकै प्रमुख मोवाईल सेवा प्रदायक कम्पनी एनसेलले न्युज प्याक नामक विशेष अफर ल्याएको छ। यसअन्तर्गत  एनसेलका ग्राहकले अब तीन वटा समाचार वेबसाईट निःशुल्क ब्राउज गरी समाचार तथा समसामयिक विषयको जानकारी प्राप्त गर्न सक्नेछन्।
न्युज प्याक कात्तिक २६ गतेबाट लागु हुनेछ। यसअन्तर्गत एनसेलका ग्राहकले  प्याक एक्टिभेट गरी तीन वटा समाचार पोर्टल www.bizmandu.comwww.onlinekhabar.com तथा www.setopati.com निःशुल्क ब्राउज गर्न सक्नेछन्।
नसेलका ग्राहकले www.ncellsansar.com.np मा गई त्यहाँ रहेको न्युज प्याकको आइकनमा क्लिक गरेर सहजै न्युज प्याक सुचारु गर्न सक्नेछन्। प्याक एक्टिभेट नगरि यी वेबसाईट ब्राउज गरेमा नियमित डाटा शुल्क लाग्नेछ। यी वेबसाईटमा रहेका बाहिरी लिङ्क र भिडियो लिङ्क प्रयोग गरेमा पनि नियमित डाटा शुल्क लागु हुनेछ। प्याक अन्तर्गतको सुविधा प्रोक्सी ब्राउजर रहेका मोवाईल सेटमा लागु हुने छैन।
आफ्ना ग्राहकलाई सूचना, समसामयिक विषयको ज्ञानमा सहज पहुँच पुर्‍याउने प्रतिबद्धता अन्तर्गत विभिन्न अफर ल्याउने क्रममा एनसेलले न्युज प्याक ल्याएको एनसेलकी कर्पोरेट कम्युनिकेसन्स निर्देशक सञ्जु कोइरालाले जानकारी दिइन्।
'निःशुल्क विकिपिडिया पश्चात आएको यो अफरले हाम्रा ग्राहकलाई नेपाल तथा विश्वका ताजा खवर तथा समसामयिक विषयबारे जानकारीमा सहज पहुँच पुर्‍याइ उनीहरुलाई सुसूचित रहन योगदान पुर्‍याउने छ,' कोइरालाले भनिन्।  यो अफर ३ महिनासम्म जारी रहने छ।

copy pest: Bizmandu

No comments:

Post a Comment