Wednesday, November 12, 2014

१६ बर्षपछि नेपाल बैंकको साधारणसभा हुँदै, मंसिर २६ को तिथि प्रस्ताव

सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले झण्डै १६ बर्षको अन्तरालपछि विशेष साधारणसभा गरेर सर्वसाधारण शेयरधनीलाई बैंकको ब्यवस्थापन हस्तान्तरण गर्ने भएको छ ।
बैंकको विशेष साधारणसभाका लागि आगामी मंसिर २६ गतेको तिथि प्रस्ताव गरिएको छ । 
नेपाल बैंकका कायम मुकायम महाप्रबन्धक दुर्गाराज रेग्मीले मंसिर २६ गतेका लागि साधारणसभाको मिति प्रस्ताव गरिएको जानकारी दिदैं त्यसमा आधिकारिक निर्णय हुन भने बांकी रहेको बताउनुभयो । उहाँले १६ बर्षपछि हुन लागेको सो साधारणसभामा नयाँ संचालक समितिको निर्वाचन मुख्य एजेण्डा हुने पनि उल्लेख गर्नुभयो । 
 
खराब कर्जाले झण्डै धरासायी हुन लागेको बैंकलाई विदेशी ब्यवस्थापन समूह हुँदै नेपाल राष्ट्र बैंकले आफ्नो टोली पठाएर सुधार गरेको छ । बैंकको पूँजी कोष धनात्मक हुँने स्थितिमा छ भने गत आर्थिक बर्षमा १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा गरेको छ ।
 
बैंकमा नेपाल सरकारको ६२ र सर्वसाधारणको ३८ प्रतिशत स्वामित्व छ । साधारणसभापछि बैंक संचालक समितिमा सर्वसाधारण शेयरधनीको समेत प्रतिनिधित्व भएपछि आगामी बर्ष उल्लेखनीय प्रगति गर्ने अपेक्षा गरिएको छ । 

copy:Mero Lagani 
Nov 11, 2014

No comments:

Post a Comment