काठमाडौं । यस वर्षको बैंक अफ दी अवार्ड ग्लोबल आईएमई बैंकले पाएको छ । बेलायतमा विहीबार यो अवार्ड घोषणा गरिएको हो ।
बैंक अफ दी इयरको अवार्ड वित्तीय क्षेत्रमा निकै महत्वपूर्ण मानिन्छ । लण्डनको फाइनान्सियल टाइम्सको दी व्याङ्करले निश्चित सूचकहरुको विश्लेषणका आधारमा यो अवार्ड घोषणा गर्छ । द बैंकर पत्रिकाको निर्णायक मण्डलले नेपालबाट ग्लोबल आईएमई बैंकलाई यस वर्षको बैक अफ दी ईयरको बिजेता बैकको रुपमा छनौट गरेको हो ।
बैक अफ दी ईयर लामो ऐतिहासिक पृष्ठभूमि भएको बिश्वमै प्रतिष्ठित अन्तर्राष्ट्रिय स्तरको बैंकिङ उपाधि हो । विजेता बैंकको व्यवस्थापन उत्कृष्ठ रहेको, व्यावसायिक संरचना सक्षम रहेको र जोखिम व्यवस्थापन उपयुक्त रहेको प्रमाणित गर्दछ ।
बैंकले हरेक वर्ष व्यवसायिकतामा गुणात्मक सुधार गर्दै गएको छ । बैंक अफ दी इयरको उपाधि पाउने बैंकको सेवामा गुणस्तरीयता छ भन्ने प्रमाणित हुन्छ ।
ग्लोबल आईएमईमा गत वर्ष कमर्ज एण्ड ट्रष्ट बैंक मर्ज भएको थियो । ग्लोबलमा पाँच वटा अन्य सस्था मर्ज भइसकेका छन् । चुक्ता पूँजीका आधारमा यो निजीक्षेत्रको एक नम्बरमाको बैंक पर्छ भने सञ्जालका आधारमा दोस्रो स्थानमा छ । गत आर्थिक वर्षमा बैंकले एक अर्व रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अघि नेपालबाट स्ट्याणर्डड चार्टड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डू, एनआईसी एशियाले यो अवार्ड जितेका थिए ।
bizmandu
No comments:
Post a Comment