प्रभु लाइफ इन्स्योरेन्सले आईपिओ निष्कासनको प्रस्ताव राखेर आगामी जेठ १० गते प्रथम साधारणसभा बोलाएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओ निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गर्ने भएको छ ।
२ अर्ब रुपैयाँ जारी पूँजी रहेको प्रभु लाइफमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड रुपैयाँ लगानी गरेका छन् । कम्पनीमा प्रभु समूह, प्रभु बैंक,सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको छ ।
कम्पनीले ६० करोड रुपैयाँ आईपिओ बिक्री गरेर बीमा समितिले तोके बमोजिमको दुई अर्ब चुक्ता पूँजी कायम गर्नेछ । सभाले नयाँ सञ्चालक समितिको चयन गर्नेछ ।
कम्पनीले गत मंसिर २८ गतेदेखि जीवन बीमा कारोबार सुरु गरेको थियो ।
प्रदेश कार्यालय धनगढीमा
साथै कम्पनीले बैशाख २० गते विहिवारदेखि आफ्नो प्रदेश कार्यालय धनगढीको शुभारम्भ गरी कारोबार सुरु गरेको छ । प्रदेश नं. ७ का मुख्य मन्त्री त्रिलोचन भट्टले विहिवार सेवा शुभारम्भ गरे ।
सो अवसरमा कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्य सहित कम्पनी स्थापना भएको बताउँदै बीमा बजारमा प्रभु लाइफ इन्स्योरेन्सले नयाँ आयाम थप्ने दाबी गरे ।
कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले कम्पनीका हाल बिभिन्न १९ शाखा कार्यालयहरुबाट जीवन बीमा सेवाहरु उपलब्ध रहेको र छिटो भन्दा छिटो कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल बिस्तार गर्ने योजना रहेको जानकारी गराए ।
May 03, 2018merolagani
No comments:
Post a Comment