केन्द्रीय निक्षेप प्रणालीले आंशिक रुपमा काम गर्न थालेपछि अभौतिक (डिम्याट) गरिएका शेयर प्रमाणपत्र धितो बन्धक राखेर बैंक तथा बित्तीय संस्थाहरुबाट ऋण लिन लगानीकर्तालाई समस्या भएको छ ।
नेपाल स्टक एक्सचेन्ज र सीडीएससीले गत असोज २० गते यता खरिद गरिएका बाणिज्य बैंकहरुको शेयर नामसारीमा पठाउंदा खरिदकर्ताले अनिवार्य रुपमा हितग्राही खाता खोलेको हुनुपर्ने र शेयर प्रमाण पत्र अभौतिक रुपमा मात्र प्राप्त गर्नसक्ने ब्यवस्था गरेको छ । राष्ट्र बैंकको पहिलेको नीतिमा परिवर्तन नभएका कारण बैंक तथा बित्तीय संस्थाबाट ऋण लिन समस्या पर्ने देखि कतिपय लगानीकर्ताले खरिद गरेको शेयर खाली हस्तान्तरणमै राख्ने वा शेयर खरिद गर्न चाहना नगर्ने प्रबृत्ति देखिएको छ । धेरै बैंक तथा बित्तीय संस्थाहरुले क बर्गका बाणिज्य बैंकहरुको शेयरलाई बढी महत्व दिई धितो स्वीकार गर्ने हुँदा शेयर कर्जा लिन चाहने लगानीकर्ताहरुले बाणिज्य बैंकहरुकै शेयर उठाउने गरेका थिए ।
सीडीएससीले शेयर अभौतिक गरिए पछि धितो बन्धक तथा रोक्का गर्न सहज हुने, प्रमाणपत्रको नामसारी प्राप्त गर्न समय नलाग्ने, प्रमाणपत्र हराउने, चोरिने, किर्ते वा जालसांझीको जोखिम नहुने भन्दै लगानीकर्ताहरुलाई हितग्राही खाता खोलेर आफ्नो स्वामित्वमा भएका शेयरहरु डिम्याट गराउन आब्हान गरिरहेको छ । तर, लगानीकर्ताले ऋण लिन समस्या भागेको बारेमा भने निमायक निकायहरुले ठोस पहल गरेका छ्रैनन् ।
छलफल गर्दैछौंः राष्ट्र बैंक
राष्ट्र बैंकले डिम्याट शेयर धितो राखेर बैंक तथा बित्तीय संस्थाबाट ऋण लिने बारेमा तत्काल कुनै ब्यवस्था नभएको जनाएको छ । राष्ट्र बैंकका प्रबक्ता मनमोहन कुमार श्रेष्ठले डिम्याट शेयरमा ऋण लिने दिनेबारे तत्काल कुनै ब्यवस्था नभएको स्पष्ट पार्दै लगानीकर्ताहरुले भोग्नु परेको समस्याबारे अन्य निमायक निकायहरुसँग छलफल थाल्ने तयारी भएको जानकारी दिनुभयो ।
उहाँले कागजी शेयर प्रमाण पत्र वा शेयर खरिद रसिद र शेयर दलालको जमानतमा ऋण दिने ब्यवस्था मात्र विद्यमान रहेकाले त्यसमा परिवर्तनका लागि ब्यापक छलफलको आबश्यकता छ भन्नुभयो । राष्ट्र बैंकले कहिलेसम्ममा नयाँ निर्देशन जारी गरी डिम्याट शेयर धितो बन्धक राखेर ऋण उपलब्ध गराउन बैंक तथा बित्तीय संस्थाहरुलाई निर्देशन देला त ? भन्ने मेरोलगानी डटकमको प्रश्नमा उहाँले कुनै समयसीमा तोक्न चाहनुभएन ।
No comments:
Post a Comment