Monday, December 29, 2014

सिभिल बैंकको साधारणसभा माघ ९ मा, ७ प्रतिशत बोनसको प्रस्ताव

सिभिल बैंक(CBL)ले आगामी माघ ९ गते राजधानीमा चौथो बार्षिक साधारणसभा गर्ने भएको छ । साधारणसभामा ७ प्रतिशत बोनस शेयर र १.५ प्रतिशत नगद लाभांश दिने संचालक समितिको प्रस्ताव लगिने छ । 
 त्यसैगरी बैंकले प्रबन्ध पत्र र नियमावली पनि संशोधन गर्ने भएको छ । साधारणसभाका लागि बैंकको शेयरधनी दर्ता किताब पुस २२ गतेदेखि बन्द हुने जनाईएको छ । 
२ अर्ब ७० करोड चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक बर्षमा २४ करोड ६२ लाख खुद नाफा गरी ९ रुपैयाँ प्रति शेयर आम्दानी कायम गरेको थियो । बैंक चालु आर्थिक बर्षको पहिलो त्रैमासमा भने घाटामा गएको छ ।
Mero lagani

No comments:

Post a Comment