Friday, May 4, 2018

Rairang Hydropower to issue IPO for 8,40,000 unit shares from Baisakh 31, 2075

Rairang Hydropower Development Company (RAIRANG) is going to issue 8,40,000 unit shares at par value of Rs 100. From the total 33,600 units or 4% is separated for the employees of Rairang and 42,000 units or 5% is separated for the Mutual Funds. The remaining 91% is open for general public. The issued IPO is 15% of its total capital.Rairang Hy...
The applicants should apply for minimum 50 unit shares to maximum 4,200 units. The issue will open from Baisakh 31, 2075 till Jestha 03, 2075. In any contingency, the issue will open till Jestha 29, 2075 at the latest.
NIBL Ace Capital has been appointed as the issue manager for the issue.
Rairang Hydropower Development Company Limited operates 500 KW Rairang Hydroelectric Project in Dhading district. It is developing 9.90MW Iwakhola Hydroelectric Project in the border of Taplejung and Panchthar districts. The company has projected commercial operation of the 9.90 MW project before 2074 Magh end. The authorized capital of the hydropower company is Rs 1 arba. Its paid up capital is currently Rs 42 crore. After IPO for locals and general public, its paid up capital will reach Rs 56 crore. Promoters will own 75% of the company, locals of project-affected area will own 10% and general public will own 15% after the IPO.

स्तरोन्नतीमा लाग्दा सोल्टी होटलको आम्दानी तथा मुनाफा घट्यो

चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा सोल्टी होटल(SHL) ले आम्दानी तथा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । होटलले हिमालयन विङ्ग भवनमा रहेका कोठाहरु स्तरोन्नेती तथा भित्री सजावटका लागि बन्द गरेकाले आम्दानीमा गिरावट आएको जनाएको छ ।

होटलले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १५ करोड १७ लाख रुपैयाँ नाफा गरेको जनाएको छ। गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १ करोड ९९ लाख कम हो । गत वर्षको यहि अवधिमा होटलले १७ करोड १६ लाख रुपैयाँ थियो।
होटलले चैतसम्ममा आफ्नो व्यापार व्यवसाय तथा सेवाको बिक्री मार्फत एक अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन गतबर्षको यसै अवधिको तुलनामा ६ करोड कम हो । गत वर्ष होटलले एक अर्ब १८ करोड रुपैयाँ आम्दानी गरेको थियो।
होटलको चुक्ता पूँजी ६६ करोड ६० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८५ करोड ९० लाख रुपैयाँ छ । जसको प्रतिशेयर आम्दानी २.२८ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ २२.९० रुपैयाँ रहेको छ। जसको प्रति सेयर अंकित मूल्य १० रुपैयाँ हो ।

Thursday, May 3, 2018

चिलिमेका दुई सहायक कम्पनीले साढे दुई अर्बको सेयर निष्काशन गर्न धितोपत्र बोर्डमा दिए निवेदन, कसले किन्न पाउँछन् ?

चिलिमेका दुई सहायक कम्पनी साञ्जेन जलविद्युत्त कम्पनी र रसुवागढी हाईड्रोपावर कम्पनीले दुई अर्ब ५१ करोड ८१ लाख चार हजार रुपैयाँ बराबरको साधारण सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।साञ्जेनले रसुवा जिल्लामा सान्जेन ४२.५ मेगावाट, माथिल्लो सान्जेन १४.८ मेगावाट र  रसुवागढी जलविद्युत्त आयोजनाले  १११ मेगावाटको आयोजना निर्माण गरिरहेका छन् ।
साञ्जेन जलविद्युत्त कम्पनीले ८७ करोड ६० लाख रुपैयाँको एकसय रुपैयाँ अंकित दरका ८७ लाख ६० हजार कित्ता प्राथमिक सेयर निष्काशन गर्न निवेदन दिएको हो । अर्को कम्पनी रसुवागढी हाईड्रोपावरले एक अर्ब ६४ करोड २१ लाख चार हजार रुपैयाँको एकसय रुपैयाँ अंकित दरका एक करोड ६४ लाख २१ हजार ४० कित्ता प्राथामिक सेयर (आईपीओ) जारी गर्न अनुमति माग गरेको छ ।
साञ्जेन जलविद्युत्त कम्पनीले साधारण सेयर निष्काशनका लागि नागरिक लगानी कोषलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी दिएको छ ।  रसुवागढी हाईड्रोले भने आईपीओ निष्काशनको जिम्मेवारी  सिद्धार्थ क्यापिटल, एनआईबिएल क्यापिटल, ग्लोबलआईएमई क्यापिटल र एनसीएम मर्चेन्ट गरी चारवटालाई संयुक्त रुपमा दिईएको छ ।
दुबै जलविद्युत्त कम्पनीले हाल निष्काशन गर्न लागेका सेयरमा सर्वसाधारणले भने आवेदन गर्न पाउने छैनन् । अहिले निष्काशन गर्न लागेको प्राथमिक सेयरमा नेपाल विद्युत्त प्राधिकरण, आयोजनामा ऋण लगानी गर्ने कम्पनीहरु, नागरिक लगानी कोष, कर्मचारी सञ्चयकोषका कर्मचारीहरु तथा सदस्यहरुले मात्र  आवेदन गर्न पाउनेछन् ।
 चिलिमे हाइड्रोपावर लिमिटेड नेपाल विद्युत प्राधिकरणको मुख्य लगानी रहेको आयोजना सन् २०१९ मा सम्पन्न गर्ने लक्ष्य छ ।  

May 03, 2018merolagani 

प्रभु लाइफ इन्स्योरेन्सले ६० करोडको आईपिओ बिक्री गर्ने प्रस्ताव

प्रभु लाइफ इन्स्योरेन्सले आईपिओ निष्कासनको प्रस्ताव राखेर आगामी जेठ १० गते प्रथम साधारणसभा बोलाएको छ । कम्पनीले ६० करोड  रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओ निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गर्ने भएको छ ।

२ अर्ब रुपैयाँ जारी पूँजी रहेको प्रभु लाइफमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड रुपैयाँ लगानी गरेका छन् । कम्पनीमा प्रभु समूह, प्रभु बैंक,सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको छ ।
कम्पनीले ६०  करोड रुपैयाँ आईपिओ बिक्री गरेर बीमा समितिले तोके बमोजिमको दुई अर्ब चुक्ता पूँजी कायम गर्नेछ । सभाले नयाँ सञ्चालक समितिको चयन गर्नेछ ।
कम्पनीले गत मंसिर २८ गतेदेखि जीवन बीमा कारोबार सुरु गरेको थियो ।
प्रदेश कार्यालय धनगढीमा
साथै कम्पनीले बैशाख २० गते विहिवारदेखि आफ्नो प्रदेश कार्यालय धनगढीको शुभारम्भ गरी कारोबार सुरु गरेको छ । प्रदेश नं. ७ का मुख्य मन्त्री त्रिलोचन भट्टले विहिवार सेवा शुभारम्भ गरे ।
सो अवसरमा कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्य सहित कम्पनी स्थापना भएको बताउँदै बीमा बजारमा प्रभु लाइफ इन्स्योरेन्सले नयाँ आयाम थप्ने दाबी गरे ।
कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले कम्पनीका हाल बिभिन्न १९ शाखा कार्यालयहरुबाट जीवन बीमा सेवाहरु उपलब्ध रहेको र छिटो भन्दा छिटो कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल बिस्तार गर्ने योजना रहेको जानकारी गराए ।
May 03, 2018merolagani 

Wednesday, May 2, 2018

वित्तीय प्रणालीमा आघात पुर्याउनेलाई कारबाही नगर्ने निकायलाई पनि कारबाही हुन्छ : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय प्रणालीलाई आघात पुर्याउनेलाई कारबाहीको दायरामा ल्याउन राष्ट्र बैंकलाई निर्देशन दिएका छन् । राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंकको एकीकृत बैंकिङ कारोबारको शुभारम्भ गर्दै अर्थमन्त्री खतिवडाले गलत काम गर्नेलाई कारबाही नगर्ने निकायलाई नै कारबाही गरिने चेतावनी समेत दिए ।

राष्ट्र बैंक तर्फ इगिंत गर्दे अर्थमन्त्री खतिवडाले वित्तीय प्रणालीमा चक्रिय संकट आइरहन्छन् त्यसबाट मुक्त रहन तयार रहन निर्देशन दिँदै वित्तीय स्थायित्व आयो भन्दैमा खुकुलो भएर बस्न नहुने बताए ।
स्थलगत निरिक्षणका कामहरु अगाडि बढाउन, राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन राष्ट्र बैंकको ध्यानकर्षण समेत गराए ।
'फाइलहरु रोक्काउने, गायब गर्ने र कारबाही नगर्नेहरुलाई सम्बन्धीत निकायले काराबाही गर्छन् । मैले पनि त्यो काम गरिन भने मलाई पनि कारबाही गर्ने निकाय छन् । राष्ट्र बैंकलाई पनि त्यो निकाय हुन्छ, बैंकहरुलाई नि हुन्छ, सरकारी बैंकहरुलाई पनि त्यो निकाय छ, यो कुरा हामीले कान खोलेर सुन्नपर्छ ।' अर्थमन्त्री खतिवडाले भने ।
'दण्डहिनता, वित्तीय प्रणालीमा हुने अपराध असह्य छ । जस्तो सुकै जो सुकैले पनि वित्तीय प्रणालीमा आघात पुर्याउने काम गर्छ भने कानुनी दायरामा ल्याउनुपर्छ, ल्याउन नसक्नेले त्यसको जिम्मेवारी बहन गर्न तयार रहनुपर्छ । म स्पष्ट भन्न चाहान्छु । म अलि सोझो,स्पष्ट र पारदर्शी व्यवहार गर्न चाहान्छु, अरुबाट त्यस्तै अपेक्षा गर्दछु ।' अर्थमन्त्री खतिवडाले भने ।
May 02, 2018Merolagani 

कुन बार जन्मेको मान्छे कति धनि र कस्तो हुन्छ जानी राखौ .. बिशेषत महिला !!

कुन बार जन्मेको मान्छे कति धनि र कस्तो हुन्छ जानी राखौ .. बिशेषत महिला !!
आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ ।
week days birth meaning
ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।

आइतबारः
पुरुष
आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ ।
स्त्री
आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।

सोमबारः
पुरुष
सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।
स्त्री 
सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् ।

मंगलबारः 
पुरुष
मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ ।
स्त्री
ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् ।

बुधबारः
पुरुष
बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ ।

स्त्री
बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।

विहीबारः
पुरुष विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ ।

स्त्री 
जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

शुक्रबारः
पुरुष 
शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ ।
स्त्री
कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।
शनिबारः
पुरुष
जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी मिल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ ।

स्त्री


शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् ।

बाणिज्य बैंकले सरकारलाई बुझाए झण्डै १५ अर्ब रुपैयाँ आयकर (सूचीसहित)

-तीर्थराज पाैड्याल
बाणिज्य बैंकहरुले चालू आर्थिक बर्षको ९ महिना अवधिमा सरकारलाई झण्डै १५ अर्ब रुपैयाँ आयकर तिरेका छन् । सञ्चालनमा रहेका २८ वटा बाणिज्य बैंकहरुले गरेको नाफाबाट आयकर वापत १४ अर्ब ८७ करोड रुपैयाँ सरकारलाई बुझाएका हुन् ।

यो अायकर रकम बाणिज्य बैंकहरुले आर्थिक बर्ष २०७२/७३ को ९ महिना अवधिमा तिरेको भन्दा दुई अर्ब १४ करोड अर्थात १६.८१ प्रतिशतले बढि हो । गत बर्ष बैंकहरुले १२ अर्ब ७३ करोड रुपैयाँ आयकर वापत सरकारलाई बुझाएका थिए ।
सबैभन्दा धेरै कर तिर्ने बैंकको सूचीमा राष्ट्रिय बाणिज्य बैंक एक नम्बरमा रहेको छ । बैंकले ९ महिना अवधिमा एक अर्ब २१ करोड रुपैयाँ आयकर बुझाएको छ । दोश्रो नम्बरमा नबिल बैंकले एक अर्ब १६ करोड तथा तेश्रो नम्बरमा रहेको नेपाल बैंकले एक अर्ब १० करोड रुपैयाँ आयकर बुझाएको छ ।
गत बर्ष नबिल बैंकले सबैभन्दा बढी एक अर्ब १३ करोड र सबैभन्दा कम एनसीसी बैंकले ४ करोड रुपैयाँ आयकर तिरेका थिए ।
तीन बैंकले एक अर्ब बढी कर तिरेका छन् भने ५० करोडभन्दा बढी कर तिर्ने बैंकको संख्या ११ रहेको छ । बाँकी रहेका १४ बैंकमध्ये ८ वटाले ३० करोड बढी र ६ बैंकले ३० करोडभन्दा थोरै कर बुझाएको देखिन्छ । गत बर्षको तुलनामा एनसीसी बैंकले ४२८ प्रतिशत धेरै अायकर सरकारलाई बुझाएको छ भने प्रतिशतको आधारमा सरकारलाई बुझाउने आयकर गत बर्षभन्दा ४२ प्रतिशत कम प्रभु बैंकले तिरेकाे देखिन्छ ।
सबैभन्दा कम कर तिर्ने बैंकहरुको पहिलो नम्बरमा भने सिभिल बैंक परेको छ । सिभिल बैंकले १५ करोड रुपैयाँ सरकारलाई कर बुझाएको हो । एनसीसी र मेगाा बैंकले पनि २० करोडभन्दा थोरै कर तिर्ने बैंकहरुको सूचीमा समेटिएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुले आयकर वापत ३० प्रतिशत, १० प्रतिशत घर बहाल कर, ५ प्रतिशत ब्याजकर तिर्ने गरेका छन् । ठुला करदाता कार्यालयमा गत आर्थिक बर्ष २०७३ ७४ मा बाणिज्य बैंकहरुले २६ अर्ब ७८ करोड २६ लाख रुपैयाँ १० कर तिरेका थिए । गत  अार्थिक बर्षमा धेरै कर तिर्ने २० कम्पनीभित्र १० वटा  त बाणिज्य बैंक नै रहेका थिए ।
यस आधारमा सरकारको राजश्व संकलनमा वाणिज्य बैंकहरूको योगदान ठूलो रहेको देखिन्छ ।
May 02, 2018Merolagani