Monday, January 5, 2015

माथिल्लो तामाकोशीले पायो सेयर जारी गर्न स्वीकृति, तीन करोड ६० लाख कित्ता निस्कासन

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पहिलो चरणमा प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, कर्मचारी सञ्चय कोषका बचतकर्ता, ऋण लगानी गर्ने संस्थाका कर्मचारी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई साधारण सेयर जारि गर्न स्वीकृति पाएको छ ।
 
नेपाल धितोपत्र वोर्डले तामाकोशीलाई एक सय रुपैयाँ अंकित दरका तीन करोड ६० लाख ६ हजार कित्ता सेयर जारी गर्न स्वीकृति दिएको हो । यो सेयर बढीमा दुई महिनाभित्र  निस्कासन गरिसक्नु पर्छ ।


 
‘हामीले स्थानीय, बचतकर्ता र ऋण लगानी गरेका संस्थाका कर्मचारीलाई सेयर जारी गर्न स्वीकृति दिएका छौं,’ वोर्डका प्रवक्ता तथा निर्देशक निरज गिरिले आइतबार बिजमाण्डूसँग भने, ‘अब संस्थाले सबै प्रबन्ध मिलाएर केही सातामै सेयर निश्कासन गर्न सक्छ ।’
 
वोर्डले तामाकोशी निर्माणस्थल दोलखाका बासिन्दालाई एक करोड पाँच लाख ९० हजार कित्ता सेयर जारी गर्न स्वीकृति दिएको छ । ऋण सम्झौता हुँदा (चार बर्षअघि) कर्मचारी सञ्चय कोषको बचतकर्ताहरुका लागि एक करोड ८२ लाख ९९ हजार ५२० कित्ता, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि ३० लाख ४९ हजार ९२० कित्ता र आयोजनाका कर्मचारी तथा विद्युत् प्राधिकरणका कर्मचारीका लागि ४० लाख ६६ हजार ५६० कित्ता सेयर पाउने छन् । 
 
आयोजनामा सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम र राष्ट्रिय बिमा संस्थानले ऋण लगानी गरेका छन् । 
 
कम्पनीले निश्कासन गर्ने कुल सेयरमध्ये ३४ प्रतिशत सेयर पहिलो चरणमा जारी गर्न लागेको हो । कम्पनीले दोलखावासीका लागि १० प्रतिशत सेयर जारी गर्न लागेको हो । कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई १७.२८ प्रतिशत र ऋण दिने संस्थाका कर्मचारीलाई २.६६ प्रतिशत र तामाकोशी तथा विद्युत प्राधिकरणका कर्मचारीका लागि ३.८४ प्रतिशत सेयर जारी गर्न लागेको हो ।
 
प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीलाई जारी गरिने सेयर दोस्रो बजारमा तीन बर्षपछि मात्र कारोबार गर्न पाइने छ । सर्वसाधारणका लागि भने १५ प्रतिशत सेयर छुट्याइएको छ ।   
 
२०७२ चैतमा आयोजना निर्माण सक्ने गरी काम सुरु गरिएको माथिल्लो तामाकोशीको क्षमता ४५६ मेगावाट हो । यो आयोजनाले सेयर जारी गर्नकै लागि चौथो बार्षिक साधारणसभाबाट सेयर पुँजी बृद्धि गरेको थियो । ११ अर्ब अधिकृत पुँजी भएको माथिल्लो तामाकोशीको नयाँ पुँजी संरचना अनुसार चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । 
 
तामाकोशीको संस्थापकका रुपमा प्राधिकरणको ४१ प्रतिशत सेयर छ । नेपाल टेलिकमसँग ६ प्रतिशत, राष्ट्रिय बिमा संस्थान र नागरिक लगानी कोषसँग २/२ प्रतिशत सेयर छ । 
 
आयोजनामा चार संस्थाले २२ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । यसमध्ये सञ्चय कोष एक्लैले १० अर्ब ऋण र दुई अर्ब डिबेन्चर दिएको छ । नागरिक लगानी कोषले दुई अर्ब, बिमा संस्थानले दुई अर्ब र नेपाल टेलिकमले ६ अर्ब ऋण लगानी गरेका छन् ।
 


दोलखाका एक जनालाई ५७ कित्ताभन्दा कम
तामाकोशी आयोजनाको निर्माण स्थल दोलखामा पर्छ, यसै कारण कम्पनीले दोलखाका स्थानीय वासिन्दालाई १० प्रतिशत सेयर दिएको हो । 
 
२०६८ सालको जनगणना अनुसार दोलखामा एक लाख ८८ हजार जनसंख्या छ, यो आधारमा औषत निकाल्दा एक जना दोलखाीको हातमा ५७ कित्ता सेयर पर्ने छ । आयोजनाले दोलखामा अहिले जनसंख्याको नयाँ लगत निकाल्न सुरु गरिसकेको छ । यो अवधिमा जनसंख्या बृद्धि भएको हुनाले स्थानीयले पाउने सेयर संख्या केही कम हुन सक्छ ।
 
सञ्चय कोषका प्रत्येक कर्मचारीलाई ३४९० कित्ता
तामाकोशीका ऋणदाता संस्थाका कर्मचारीले २.८८ प्रतिशत सेयर पाउने छन् । आयोजनामा दिएको कर्जा अनुपातका आधारमा छुट्याइएको सेयर कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, टेलिकम र बिमा संस्थानका कर्मचारीमा बिभाजन गरिने छ । 
 
तामाकोशीले चार संस्थाबाट २२ अर्ब ऋण लिएको छ । त्यसमध्ये सञ्चय कोषले १० अर्ब ऋण र दुई अर्ब डिबेन्चर दिएको छ । यो आधारमा ऋण लगानी गर्ने चार संस्थाका लागि छुट्याएको ३० लाख ४९ हजार ९२० कित्ताको ५५ प्रतिशत अर्थात (१६ लाख ७७ हजार ४५६ कित्ता) सञ्चय कोषका कर्मचारीले पाउने छन् ।
 
तामाकोशीसँग सञ्चय कोषले २०६७ साउन १४ गते ऋण सम्झौता गरेको थियो । त्यसबेला सञ्चय कोषमा ४८२ जना कर्मचारी थिए । यो आधारमा औषत निकाल्दा त्यहाँका कर्मचारी प्रत्येकको भागमा तीन हजार ४८० कित्ता सेयर भाग लाग्छ । 
 
लगानी कोषका प्रत्येकले २५४२ कित्ता पाउने
नागरिक लगानी कोषले तामाकोशीमा दुई अर्ब ऋण लगानी गरेको छ । यो आधारमा कोषका कर्मचारीले दुई लाख ७४ हजार ४९२ कित्ता सेयर पाउँछन् । 

लगानी कोषसँग तामाकोशीले २०६७ मंसिर २१ गते ऋण सम्झौता गरेको थियो । सम्झौता हुँदा कोषमा १०८ जना कर्मचारी थिए । यो आधारमा कोषका प्रत्येक कर्मचारीले दुई हजार ५४२ कित्ता सेयर पाउने छन् ।
 


बिमा संस्थानकाले ११०६ कित्ता
बिमा संस्थानले पनि तामाकोशीलाई दुई अर्ब नै ऋण दिएकाले त्यहाँका कर्मचारीले पनि दुई लाख ७४ हजार ४९२ कित्ता सेयर पाउने छन् । 
 
संस्थानले २०६७ मंसिर २१ गते ऋण सम्झौता गरेको थियो । सम्झौता हुँदा संस्थानमा २४८ कर्मचारी थिए । संस्थानका प्रत्येक कर्मचारीका हातमा अब एक हजार १०६ कित्ता सेयर पर्ने छ ।
 
निर्माण गर्नेको हातमा ४४२ कित्ता मात्रै
तामाकोशी विद्युत् प्राधिकरणले बनाउन लागेको आयोजना हो । तामाकोशी र प्राधिकरणका कर्मचारीलाई ३.८४ प्रतिशत अर्थात ४० लाख ६६ हजार ५६० कित्ता सेयर छुट्याइएको छ । 
 
प्राधिकरणमा अहिले नौं हजार १४६ जना कर्मचारी छन् । तामाकोशीमा प्राधिकरणबाट काजमा गएका ६७ जना र स्थानीय ४७ जना कर्मचारी छन् । यसको अर्थ ४० लाख ६६ हजार ५६० कित्ता सेयर नौं हजार दुई सय कर्मचारीलाई भाग लगाउनु पर्छ । सोझो हिसावबमा प्राधिकरण र आयोजनाका कर्मचारीले प्रत्येकले जम्मा ४४२ कित्ताका दरले सेयर पाउने छन् ।
 
टेलिकमका प्रत्येकले १४७ कित्ता पाउने
टेलिकमले आयोजनामा ६ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ, यो आधारमा टेलिकमका कर्मचारीले कुल ८ लाख २३ हजार ४७८ कित्ता सेयर पाउने छन् । 
 
ऋण सम्झौता हुँदा टेलिकममा पाँ हजार ६११ कर्मचारी थिए, उनीहरुलाई यो सेयर वाँड्दा औषतमा १४७ कित्ता हात लाग्ने छ ।
 
सञ्चयकर्तालाई जम्मा ४२ कित्ता
आयोजनाको सबैभन्दा थोरै सेयर सञ्चय कोषका सञ्चयकर्ताले पाउने छन् । कोषमा अहिले ८९ हजार निजामति, ९५ हजार नेपाली सेना, ८१ हजार शसस्त्र र नेपाल प्रहरी, ९७ हजार संस्थान तथा सांगठनिक क्षेत्रका कर्मचारी र ८८ हजार सामुदायिक तथा संस्थागत शिक्षक सञ्चयकर्ता छन् । 
 
कोषका सञ्चयकर्ताका लागि तामाकोशीले एक करोड ८२ लाख ९९ हजार ५२० कित्ता सेयर छुट्याएको छ । यो सेयर विद्युत् प्राधिकरणका कर्मचारीले भने पाउने छैनन् । बाँकी सञ्चकर्तालाई बाँड्दा प्रत्येकको भागमा ४२ कित्ता सेयर पर्नेछ । 
- See Bizmandu

जनता बैंकको दुबै हातमा लड्डु, मेगासँग मिल्ने कि ग्राण्डलाई भित्र्याउने ?

नेकपा एमाले निकटका अधिकांश ब्यक्तिहरु संस्थापक शेयरधनी रहेको मेगा र जनता बैंकबीच मर्ज कत्तिको संभव छ ? दुबै बैंकका संचालकहरु अहिले यही संभावनाको खोजी गरिरहेका छन् ।
दुबै बाणिज्य बैंकलाई गाभेर पाँच अर्ब भन्दा बढी चुक्ता पूँजी भएको ठूलो बाणिज्य बैंक बनाउने योजना कहिले पुरा होला ? मेरोलगानीले खोजविन गरेको छ ।
‘दुई पटकसम्म उहाँहरु (जनता बैंक) सँग छलफल भएको हो, यद्यपि यस विषयमा टुङ्गो लागिसकेको छैन – मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मेरोलगानी डटकमको जिज्ञासामा भन्नुभयो –‘उहाँहरुसँग पनि समय छ, हामीसँग पनि समय छ, एजिएम सकिए पछि सायद यो हप्ता पछाडि निश्कर्षमा पुगिन्छ होला ।’
गर्भनर यूवराज खतिवडाले यी दुबै बैंकहरुलाई मर्जमा जानका लागि दबाब दिनुभएपछि मर्ज छलफल तीब्र भएको हो ।

जनता बैंकका प्रमुख कार्यकारी अधिकृत डा. रमेश भट्टराइले पनि मर्ज प्रक्रियाबारे छलफल भएको पुष्टि गर्नुभयो । 
यता, जनता बैंक र ग्राण्ड बैंक बीचको मर्जको कुरा पनि उठिरहेको छ । भट्टराईले मेगा र ग्राण्ड मध्ये कोसँग जाँदा राम्रो हुन्छ, उसैसँग मर्ज गरिने स्पष्ट पार्नुभयो ।
भट्टराईले भन्नुभयो–‘एक साता अगाडिबाट ग्राण्ड र हाम्रो डीडीए सुरु भएको छ, डीडीए सकरात्मक आए मर्ज हुन सक्ने अवस्था छ, अन्यथा हुदैन ।’ 
ग्राण्डको निस्क्रिय कर्जा धेरै भएर गत आर्थिक बर्षमा ठूलो घाटामा गएकाले जनताले सस्तो स्वाप रेसियो पाए उसँग मर्जमा जाने सोच बनाएको छ । घाटा नै ब्यहोर्ने गरी भने ग्राण्डसँग जान जनताका संचालकहरुको अरुची देखिएको छ । यस आर्थिक बर्षको दोस्रो त्रैमासमा ग्राण्डले सार्वजनिक गर्ने बित्तीय बिवरण राम्रो आएमा ग्राण्ड र जनताको लगनगाठो जोडिनसक्ने संभावना छ नत्र उस्ले मेगाकै मार्ग अपनाउने छ । 

उता ग्राण्ड बैंकको विषयमा राष्ट्रबैंकले तत्कालै केही नगर्ने जनाएको छ ।
राष्ट्र बैंकका प्रवत्ता मनमोहनकुमार श्रेष्ठले भन्नुभयो– ‘राष्टबैकले तत्कालै हस्तक्षेप गर्ने अवस्था छैन । उनीहरुको वोर्डको हात हुन्छ, वोर्डले नसकेको अवस्थामा मात्रै हामीले हस्तक्षेप गर्ने हो ।
Mero Lagani 

लगानीकर्तामा राजनीतिक सहमति हुने आश

साताको पििहलो दिन नेपाल स्टक एक्सचेन्जमा १४ अंकले परिसुचक बढेर नेप्से ९१७.५ पुग्नुका साथै साढे २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।  राजनीतिक दलहरुबीच सहमति बन्ने आशामा लगानीकर्ताले शेयर खरिद गर्ने क्रम बढाएकाले नेप्से र कारोबार रकम दुबै बढेको हो ।

मर्जपछि पहिलोपल्ट शेयर कारोबार खुलेको प्रभु बैंकको शेयर १० प्रतिशतले बढेर २२७ रुपैयाँमा रोकिएको छ ।
यस दिन मालिका बिकास बैंक, सहारा बिकास बैंक, नयाँ नेपाल लघुवित्तलगायतका कम्पनीका शेयर मूल्य झण्डै १० प्रतिशतले बढे । एभरेष्ट बैंक लगायतका कम्पनीका ठूला कित्ता शेयर कारोबार भएकाले बजारमा ठूला लगानीकर्ताको चहलपहल पनि देखिएको छ । सात वटा कम्पनीले एक करोड भन्दा बढीको शेयर शेयर कारोबार गरे ।
Mero Lagani

अब लघुवित्त बिकास बैंकको “बाढी” आउँदै

नेपालमा एउटाले सुरु गरेको कामलाई अरुले पछ्याउँदै देखासेखी गर्ने र विकृति बढेपछि पछुताउने रोग आर्थिक क्षेत्रमा अझै छ । कुनै समय बैंक खोल्ने लहड चलेर राष्ट्र बैंकलाई थामिनसक्नु भए पछि त्यसमा कडाई मात्रै गरिएन नयाँ बाणिज्य बैंक स्थापनाको आबेदन नै बन्द गर्नु पर्यो । जथाभावी खोलिएका बिकास बैंक र फाईनान्सहरुले जनताको रकम डुबाएर थाम्नै नसक्ने अबस्था आएको थियो ।
 बैंक र फाईनान्सहरु पछि बित्तीय सहकारीमा पनि त्यस्तै समस्या देखिएपछि अहिले शहरी क्षेत्रमा दर्ता प्रक्रिया नै बन्द छ । अब यो रोग लघुवित्त क्षेत्रमा सर्ने संभावना बढेको छ । 

नयाँ संचालनका लागि आबेदन 

राष्ट्र बैंकले एकातिर आफुसँग स्वीकृति लिएर संचालनमा रहेका गैरसरकारी संस्थाहरुलाई २०७२ असारसम्ममा लघुवित्त बिकास बैंकमा परिवर्तन हुन अल्टिमेटम दिएको छ भने अर्कोतर्फ लघुवित्त बिकास बैंक खोल्न आबेदन दिनेको ओईरो लागेको छ । राष्ट्र बैंक स्रोतका अनुसार लघुवित्त बिकास बैंक स्थापनाका लागि हालसम्म ४३ वटा आबेदन परेको छ । यसमा २३ वटा गैरसरकारी संस्थाले लघुवित्त विकास बैंकमा रुपान्तरण हुन आवेदन दिएका हुन् भने २० वटाले नयाँ स्थापनाका लागि निवेदन दिएका हुन् । त्यसमध्ये ५ वटालाई लघुवित्त विकास बैंकको काम गर्न अनुमति दिने अन्तिम तयारीमा राष्ट्र बैंक पुगेको छ ।
राष्ट्र बैंकको स्वीकृतिमा हाल बित्तीय कारोबार सञ्चालन गरिरहेका २८ वटा एनजीओहरुमध्ये २६ वटा यसतर्फ ईच्छुक रहेको राष्ट्र बैंकका प्रबक्ता मनमोहनकुमार श्रेष्ठले जानकारी दिए । थिङगो अबधारण अन्र्तगत सर्वसाधरणलाई सेयर दिने गरी गैरसरकारी संस्थाहरुलाई घ वर्गको विकास बैंकको रुपमा स्तरन्नोती गर्न लागिएको हो । घ वर्गमा स्तरन्नोती भपछि तीन वर्ष भित्रमा उनीहरुले सर्वसाधरणमा सेयर जारी गरिसक्नुपर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ ।

सर्वसाधरणका नाममा ४९ र संस्थागत ५१ प्रतिशत सेयर जारी गर्नुपर्ने छ । संस्थाका तर्फबाट भने एउटैले २५ प्रतिशत भन्दा बढी सेयर हाल्न पाईने छैन । थिङ्गो अवधारणालाई अटेर गर्ने लघुवित्त कम्पनीहरुले स्वत असार मसान्त पछि खारेज हुने व्यवस्था गरिएको छ ।

किन बढ्यो लघुबित्तको आकर्शण ? 

राष्ट्र बैंकले लघुवित्त बैंक स्थापनाका लागि खासै पुर्वाधार नहेर्ने, १ करोड चुक्ता पूँजी भएपछि स्वीकृति दिने र ‘घ’ वर्गमा पर्ने लघुवित्त विकास बैंकले पनि अन्य वर्गजस्तै बैंकिङ कारोबार गर्न पाउने लगायतका कुराहरु यसका आकषर्ण हुन् । बचत लिने, ऋण दिने कारोबारसहित लघुवित्तले अन्य वर्गका वित्तीय संस्था र विदेशी संघ–संस्थाबाट ऋण लिन पाउँछन् । गरिबी निवारणको माध्यम मानिएका लघुवित्त बिकास बैंकहरुले न्यून आय भएकालाई बिनाधितो कर्जा उपलब्ध गराउने भनिए पनि चर्को ब्याज असुल्ने गरेकाले सर्वसाधारणबाट गुनासो समेत आउन थालिसकेको छ । तर, लघुवित्त बिकास बैंकहरुको कमाई राम्रो भई बोनस र हकप्रद शेयर जारी गर्ने क्रम तीब्र भईरहेकोले धितोपत्रको दोस्रो बजारमा यसप्रति आकर्षण बढिरहेको छ । थोरै शेयर पूँजी भएकाले दोस्रो बजारमा कम शेयर बिक्रीमा आउने र माग बढी हुने अबस्थामा लघुवित्तहरुको शेयर मूल्य आकाशिएको छ ।
सबैले स्वीकृति पाउन गाह्रो
राष्ट्रियस्तरको लघुवित्तका लागि १० करोड रुपैयाँ चुक्ता पूँजी हुनुपर्ने प्रावधान छ । 
राष्ट्र बैंकको तथ्यांक अनुसार देशभर संचालनमा रहेका ३७ वटा लघुवित्त विकास बैंकका १५ लाख ४२ हजार सदस्य छन् । स्वावलम्बन, निर्धन उत्थान, साना किसान, आरएमडीसीलगायतका केहीले राष्ट्रियस्तरको कार्यक्षेत्र बनाएर लघुवित्तको कारोबार गरिरहेका छन् भने अन्य क्षेत्रीय र जिल्लास्तरमा केन्द्रित छन् ।
विकृति आउने संभावनालाई ख्याल गर्दै राष्ट्र बैंकमा आवेदन आईरहे पनि संचालन स्वीकृति दिने काममा भने कडाई हुन थालेको छ । विगतमा बैंक, फाईनान्स र सहकारी स्थापना हुने क्रम बढेर बिकृति आएको घटनाबाट पाठ सिकेर लघुवित्तमा त्यसको पुनराबृत्ति नहोस् भन्नेतर्फ आफुहरु सचेत रहेको प्रबक्ता श्रेष्ठको भनाई छ । उनी भन्छन– आबेदन आईरहेका छन्, कतिपयले प्रक्रिया पूरा गरे पनि तत्कालै लाईसेन्स पाइहाल्ने अवस्था छैन ।
Hari Gajurel 

Thursday, January 1, 2015

प्रिमियर इन्स्योरेन्सले १४% वोनस सेयर दिने, मेगाको मूल्य २२४ र मितेरीको २५९ रुपैयाँ कायम

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले १४ प्रतिशत वोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले कर प्रयोजनका लागि १८ लाख ५८ हजार रुपैयाँ नगद लाभांस पनि वितरण गर्ने भएको छ ।
 
कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव बिमा समितिले स्वीकृत गरेपछि साधारणसभाले अनुमोदन गर्नु पर्छ ।
- bizmandu

Tuesday, December 30, 2014

Kailash Bikas Bank distributing Bonus Share Certificate from today

Kailash Bikas Bank Limited (KBBL) is distributing bonus share certificate to its shareholders from today (Poush 14).

KBBL had endorsed 15 percent bonus share and 10 percent cash dividend to the shareholders from the net profit it earned in the last fiscal year 2070/71.

The dividend would be distributed from its share department located in New Plaza, Putalisadak, Kathmandu and Chipledhunga, Pokhara within banking transaction time.

Full Announcement

ShareSansar, December 29

Monday, December 29, 2014

Bhrikutee upcoming 33% right issue gets Grade 3 rating from ICRA Nepal

Bhrikutee Development Bank Limited upcoming 33 percent right issue gets Grade 3 rating from ICRA Nepal  “[ICRANP] IPO Grade 3”, indicating average fundamentals to the proposed rights issue amounting NPR 141.27 million.

ICRA Nepal assigns IPO grading on a scale of IPO Grade 1through IPO Grade 5, with Grade 1 indicating strong fundamentals and Grade 5 indicating poor fundamentals. For the Grading categories 2, 3 and 4, the sign of + (plus) appended to the Grading symbols indicate their relative position within the Grading categories concerned. Thus, the Grading of 2+, 3+ and 4+ are one notch higher than 2, 3, and 4, respectively. CDBL is proposing to come out with the 33% rights issue of 1,412,700 numbers of equity shares of face value NRs 100/- each to beissued to the existing shareholders at par.
Sharesansar, December 28