साताको पििहलो दिन नेपाल स्टक एक्सचेन्जमा १४ अंकले परिसुचक बढेर नेप्से ९१७.५ पुग्नुका साथै साढे २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । राजनीतिक दलहरुबीच सहमति बन्ने आशामा लगानीकर्ताले शेयर खरिद गर्ने क्रम बढाएकाले नेप्से र कारोबार रकम दुबै बढेको हो ।
मर्जपछि पहिलोपल्ट शेयर कारोबार खुलेको प्रभु बैंकको शेयर १० प्रतिशतले बढेर २२७ रुपैयाँमा रोकिएको छ ।
यस दिन मालिका बिकास बैंक, सहारा बिकास बैंक, नयाँ नेपाल लघुवित्तलगायतका कम्पनीका शेयर मूल्य झण्डै १० प्रतिशतले बढे । एभरेष्ट बैंक लगायतका कम्पनीका ठूला कित्ता शेयर कारोबार भएकाले बजारमा ठूला लगानीकर्ताको चहलपहल पनि देखिएको छ । सात वटा कम्पनीले एक करोड भन्दा बढीको शेयर शेयर कारोबार गरे ।
Mero Lagani
No comments:
Post a Comment