काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो पाँच बर्षे रणनीतिक योजनामा प्रक्षेपण गरेभन्दा दुई बर्षअघि नै पुँजी कोष अनुपात १० प्रतिशत पुर्याएको छ । बैंकले रणनीतिक योजनामा पुँजी कोष अनुपात आर्थिक बर्ष २०७३/७४ सम्म १० प्रतिशत पुर्याउने प्रक्षेपण गरेको थियो ।
वित्तीय क्षेत्र सुधार कार्यक्रम सुरु हुँदा (१२ बर्षअघि) बैंकको खुद सम्पति २३ अर्ब र पुँजी कोष अनुपात ३३ प्रतिशतले ऋणात्मक थियो । बैंकले सोमबार जारी गरेको विज्ञप्ति अनुसार पुँजी कोष अनुपात १०.०५ प्रतिशत पुगेको छ ।
राष्ट्र बैंकले बाणिज्य बैंकहरुको पुँजी कोष अनुपात १० प्रतिशतभन्दा माथि हुनु पर्ने व्यवस्था गरेको छ । पुरानो कर्जा असुली, नाफामा भएको बृद्धिले बैंकको पुँजी कोष अनुपातमा सुधार हुँदै आएको थियो ।
तर पछिल्लो समय सरकारले २०६९ चैतमा चार अर्ब ३२ करोड पुँजी थप गर्दै विश्व बैंकबाट प्राप्त गरेको तीन अर्ब ऋणलाई पुँजीमा परिवर्तन गर्न दिएको थियो । साथै २०७० असारमा ७८ करोड ७० लाख रुपैयाँ बराबरको अग्राधिकार सेयरलाई साधारण सेयरमा परिवर्तन गर्न दिएपछि बैंकको पुँजी कोष अनुपात ऋणात्मकबाट धनात्मक भएपछि तोकिएको सीमामा पुगेको थिएन ।
- bizmandu
No comments:
Post a Comment