Sunday, November 9, 2014

Nabil Bank’s profit surges to Rs 51 crore, Global IME earns Rs.22.39 crore in Q1

ShareSansar, November 7:

Nabil Bank Ltd profit has surged to Rs.51.01 crore in the first quarter of the FY 2071/72.

Publishing the unaudited financial quarterly report today, the bank stated that its net profit jumped to Rs 51.01 crore, up from Rs 46.47 crore in the corresponding period of the previous fiscal year 2070/71. 

Net interest income of the bank increased to Rs. 93 crore, up from Rs.86 crore in the previous year.  

The bank mobilized Rs. 80.50 arba in deposits and extended a total of Rs.61.79 arba on loans and advances in the same period.

It had mobilized Rs. 71.90 arba in deposits and Rs. 48.82 arba in loan in the corresponding quarter last fiscal year. 

The bank managed to write back Rs 14.47 lakh from the amount earlier provisioned for the possible loss.

The total provisioned amount for the possible loss is Rs. 14.92 crore during the preiod. 

There was a drastic decreased in the Non-performing loan (NPL) of the bank. It came down to 2.1 percent from 3.31 percent in the previous year.  

Nabil Bank’s annualized EPS is at Rs 65.70, while its P/E ratio stands at 35.61 times and its net worth per share at Rs 313.

Thursday, November 6, 2014

Garima Bikas Bank announces 8th AGM, offering 20% bonus and 25% right

ShareSansar, November 4:

Garima Bikas Bank Ltd has announced its 8th Annual General Meeting to be held on 9th Mangsir 2071, for this purpose shareholders book will remain closed from 25th kartik to 9th Mangsir.

The bank has scheduled its AGM on 9th Mangsir at Hotel Pokhara Grand, Pokhara.  

The bank has also proposed 20 percent bonus share which is subject to the approval of the AGM and also offering 25 percent right share in the near future.

There is also an election of 3 public directors in the AGM.

Nabil's AGM on Mangsir 16; investors holding till Kartik 26 to get 65% dividend

ShareSansar, November 6:

Nabil Bank Limited is holding its 30th Annual General Meeting on Mangsir 16, and has also announced the book closure for the same from 27th kartik to 16th Mangsir, 2071.

Only those shareholders who own the shares of the bank till Kartik 26 will be entitled to get the dividends to be offered by the bank.

It has proposed 65 percent dividend – 20 percent bonus share and 45 percent cash – to its shareholders from the profit it earned in the last fiscal year 2070/71.The decision, however, is subject to the approval of Bank’s AGM.

The major agendas for the AGM are approval of financial statement of FY 2070/71, election of one director representing Promoter “B” group and approval of dividend declared by the BOD.

Note that, the bank has earned Rs 2.32 billion in last fiscal year, up from Rs 2.23 billion in the corresponding period of the previous fiscal year 2069/70.

अरुण तेस्रोमा स्थानीयबासीले ६ प्रतिशत शेयर पाउने

अरुण तेस्रोमा स्थानीयबासीले ६ प्रतिशतसम्म शेयर पाउने भएका छन् । 
 
भारतीय कम्पनी सतलज जलविद्युत निगमको बोर्डले सहमति अनुमाोदन गरेपछि स्थानीयबासीले शेयर पाउने कुरा पक्का हुनेछ । नेपाल सरकारको लगानी बोर्ड र भारतीय कम्पनी सतलजबीचको अरुण तेस्रो जलविद्युत आयोजनाको उर्जा बिकास सम्झौता (पीडीए) वार्तामा सो सहमति भएको हो ।
 
वार्तामा २०७३ सम्ममा लगानी जुटाई निर्माण सुरु गरिने सहमति भएको छ । भारतीय प्रधानमन्त्री आउँनु अगाडि नै पीडीएमा हस्ताक्षर हुने तयारी गर्ने सहमति पनि भएको लगानी बोर्डका प्रबक्ता धनश्याम ओझाले बताउनुभयो । 
 
काठमाडौमा हिजोदेखि सुरु भई आज सकिएको वार्तामा नेपाल सरकारले २१.९ प्रतिशत अर्थात १ सय ९७ मेगावाट बिजुली निशुल्क प्राप्त गर्ने सहमति पनि भएको छ । संखुवासभा जिल्लामा बन्ने आयोजनाको क्षमता ९ सय मेगावाटको हुनेछ । 
 
आयोजनाबाट सन् २०२० सम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य किटान गरिएको छ । आयोजनाको विकास भारतीय कम्पनी सतलजको सहायक कम्पनी एसजेवीएन अरुण प्रोजेक्ट डेभलपमेन्ट कम्पनीले गर्नेछ ।  
 
सो आयोजनाबाट सरकारलाई २५ वर्षमा  १ सय १६ अर्बँ रुपैयाको रोयल्टी,  १ सय ६६ अर्ब रुपैयाँ बराबरको निशुल्क विद्युत  र ८० अर्ब रुपैयाँ बराबरको आयकर प्राप्त हुने छ । आयोजना २५ बर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गरिने छ ।
 
आयोजना प्रभावित क्षेत्रका जनताको ग्रामीण विद्युतीकरणका लागि सहयोग र प्रभावित घरधुरीलाई प्रति घर २० युनिट विजुली निशुल्क उपलब्ध गराईने सहमति पनि भएको छ ।
आयोजनाका लागि सरकारी ९८.१९ तथा निजी ८२ हेक्टर जग्गा अधिग्रहणको व्यवस्था मिलाईएको लगानी बोर्डले जनाएको छ । प्रभावित क्षेत्रका २ सय ३ घरधुरीलाई प्रत्यक्ष रोजगारी, पूर्वाधार विकास, स्रोत साधनको प्रयोगमा प्राथमिकता दिइने  भएको छ ।
 Mero Lagani 
Nov 05, 2014

Thursday, October 30, 2014

नेपाल बैंक मंसिर भित्र साधारणसभा गरेर निर्वाचित संचालक समितिलाई जिम्मा लगाईने

नेपाल बैंकको साधारण सभा मंसिर मसान्त भित्रै गराई निर्वाचित संचालक समितिलाई बैंक हस्तान्तरण गर्न नेपाल राष्ट्र बैंकले खटाएको ब्यवस्थापन समितिले अन्तिम तयारी  गरेको छ । नेपाल राष्ट्र बैंकले आफुले खटाएको ब्यवस्थापन समुहको म्याद २ महिना मात्र थपेपछि साधारणसभाको तयारी तीब्र पारिएकोे हो । 
केही बर्ष पहिले झण्डै डुबिसकेको नेपालको जेठो बैंक नेपाल बैंक लिमिटेडलाई विदेशी ब्यवस्थापन समुह र हाल राष्ट्र बैंक आफैले सुधार गरी प्रतिस्पर्धी बाणिज्य बैंकहरुको हैसियतमा ल्याएपछि साधारणसभा गरेर निर्वाचित संचालक समितिको जिम्मा लगाउन लागिएको हो । नेपाल बैंक ब्यवस्थापन समितिका संयोजक प्राध्यापक डा. देवराज अधिकारीले बैंकको साधारणसभा मंसिर भित्रै गरी निर्वाचित संचालक समितिलाई हस्तान्तरण गर्ने तयारी भएको जानकारी दिनुभयो । 
 
बैंकको अबस्था 
 
६ अर्ब ४६ करोड ५० लाख चुक्ता पूँजी रहेको नेपाल बैंकको जगेडा कोष २ अर्ब ५९ करोड ८९ लाखले ऋणात्मक छ । बैंकले गत आर्थिक बर्षमा ६९ अर्ब ३४ करोड निक्षेप संकलन र ४१ अर्ब १९ करोड ऋण परिचालन गरी १ अर्ब २३ करोड खुद नाफा गर्यो । बैंकले खराव कर्जाको अनुपात ४.७४ मा झारेको छ । बैंकमा ३८ प्रतिशत तरलता छ ।
 
 बैंकको पूँजी पर्याप्तता अनुपात १० भन्दा कम रहेकाले त्यसलाई पुरा गर्न १ अर्ब १० करोड बराबरको सम्पति बेचिएको र २ अर्ब रुपैयाँ बराबरको डिबेन्चर जारी गर्ने तयारी गरिएको अधिकारीले जनाउनु भयो ।  अधिकारीका अनुसार सम्पति बिक्री र डिबेन्चर जारी गरिएपछि बैंकको पूँजी कोष राष्ट्र बैंकले तोके अनुसार हुने छ । सुधारको क्रममा रहेकाले बैंकले लगानीकर्तालाई प्रतिफल बाड्न भने अझै केही बर्ष लाग्ने देखिएको छ । 
 
कसरी भयो सुधार ?
 
बैंकले खराब कर्जाहरु असुल गर्ने काम तीब्र पारेको र नयाँ ऋणहरु पर्याप्त धितो राखेर मात्र प्रदान गरिएकाले बैंक जोखिममुक्त भएको अधिकारीले बताउनु भयो ।  अधिकारीले भन्नुभयो – राष्ट्र बैंकले हामीलाई पठाएको हुनाले जोखिम लिएर ऋण परिचालन गर्ने अबस्था थिएन, ठूला ऋणहरु परिचालन नहुँदा बैंकमा तरलता अलि बढी नै रहेको छ तर पनि बैंकको प्रगति सन्तोषजनक छ । गत आर्थिक बर्षमा १ अर्ब २३ करोड खुद नाफा गरेका छौं । 
अधिकारीले आफ्ना अनुभव सुनाउँदै अगाडि भन्नुभयो – नेपाल बैंकमा ब्यवस्थापनको मुख्य समस्या रहेछ । यथेष्ट सम्पति, निक्षेप र कर्मचारी हुँदाहुँदै पनि संस्थाले राम्रो प्रगति गर्न नसक्नुको पछाडि राम्रो ब्यवस्थापन नभएर रहेछ । हामीले बैंकको हितलाई हेरेर काम गर्यौं, कसैको दबाबको आधारमा काम गरेनौं, कम्पनीको हित र ब्यवसायिकता हेर्यौं । 
 
कर्मचारी अवकाश र अवसर 
 
कुनै बेला नेपाल बैंकमा ८ हजार कर्मचारी थिए तर अहिले त्यो संख्या घटेर २ हजार ७ सयमा झरेको छ । अधिकारी भन्नुहुन्छ – आगामी दुई बर्षमा यसमा पनि ५० प्रतिशत जत्तिले अनिवार्य अवकाश लिन्छन् । कर्मचारी अवकाशका लागि धेरै ठुलो रकम खर्च गर्नुपर्ने हुन्छ । यसबाट बैंकलाई घाटा हैन्, फाईदा नै हुन्छ । 
उहाँले थप्नुभयो – खाली भएका मध्ये ३० प्रतिशत जत्ति संख्यामा नयाँ कर्मचारी भर्ना गर्नुपर्ने हुन्छ । नयाँ प्रविधि र शीप भएका कर्मचारीको भर्नाले बैंकमा नयाँ उर्जा दिनेछ । यसबाट बैंकको प्रतिस्पर्धी क्षमता बढ्नुका साथै सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न हामी सक्षम हुनेछौ । 
 
बैंकको आधुनिकीकरण 
 
कुनै समय ढड्डा प्रणालीमा काम गर्ने नेपाल बैंकका सबै शाखा संजाल अहिले कम्प्युटर प्रणालीमा आबद्ध भईसकेको अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो – अहिले हामीले प्रायः सबै शाखाबाट सेवाग्राहीको खाता विवरण कागजी ढड्डामा हैन, कम्प्युटर प्रणालीमा राखिसकेका छौ । कम्प्युटर प्रणालीमा अन्तर शाखा संजाल भएकाले सेवाग्राहीले राहत पाएका मात्रै छैनन्, बैंकमा कर्मचारीको भार र झंझटिलो अबस्थामा समेत सुधार भएको छ ।
 
बैंकले चाडै सीबीएस प्रणाली लागु गर्ने तयारी गरेकाले काम अझै छिटो छरितो र ब्यवस्थित हुने उहाँको भनाई छ । 
 
विदेशी साझेदारको खोजी 
 
नेपाल बैंकमा रहेको सरकारको ६२ प्रतिशत शेयर स्वामित्व विदेशी साझेदारलाई दिएर रणनीतिक साझेदार भित्र्याउने चर्चा पनि चल्ने गरेको छ । तर यसबारेमा नेपाल बैंक भित्र भने कुनै औपचारिक छलफल र तयारी भएकै छैन् ।
 ब्यवस्थापन समितिका संयोजक अधिकारी भन्नुहुन्छ – विदेशी साझेदार आउनु त राम्रै हो तर उनीहरु यहाँको शर्तमा हैन् उनीहरुकै शर्तमा आउँछन् । सरकारले त्यो शर्त मानेर उनीहरुलाई भित्र्याउनु  निकै चुनौतिपूर्ण छ । नेपालीहरुकै ब्यवसायिक समूह भयो भने चाही  सहज हुनसक्छ । बैंक र कर्मचारीको अबस्थामा थप सुधार भएपछि मात्र विदेशी साझेदार भित्र्याउन अनुकुल वातावरण बन्ने छ । 
 
अधिकारीले विदेशी साझेदारको सवालमा बैंक भित्र कुनै छलफल नभएको र सरकार तथा राष्ट्र बैंकले पनि औपचारिक पत्राचार नगरेको स्पष्ट पार्नुभयो । उहाँले बैंकले ५ बर्षे रणनीतिक योजना अनुसार काम गरिरहेकाले भोलि ब्यवस्थापनमा जो आए पनि सहज हुने र विदेशी साझेदारको खोजी गर्नलाई पनि वातावरण बन्ने दावी गर्नुभयो । 
 
नयाँ संचालकलाई अबसर र चुनौति 
 
ब्यवस्थापन समितिका संयोजक अधिकारीले बैंकको अबस्थामा उल्लेखनीय सुधार भएको भन्दै संचालक समितिमा ब्यवसायिक ब्यक्तिहरु निर्वाचित भएर आए बैंकले चाडै फड्को मार्ने अबस्था रहेको बताउनुभयो । बैंकमा हाल सरकारको ६२ प्रतिशत र सर्वसाधारण लगानीकर्ताको ३८ प्रतिशत स्वामित्व रहेकोले धेरै संचालक सदस्यहरु सरकारकै तर्फबाट आउने पक्का छ । 
 
संयोजक अधिकारीले सरकारले ब्यवसायिक ब्यक्तिहरुलाई संचालकमा पठाउनुपर्नेमा जोड दिनुभयो । सरकारी नियन्त्रणमा रहे पनि ब्यवसायिक ब्यक्तिहरु नयाँ संचालक समितिमा आए भने कुनै समस्या नहुने तर्क अधिकारीको छ । उहाँ भन्नुहुन्छ –बैंकको भविष्य सुनिश्चित छ,  नयाँ भर्ना भएका युवा जनशक्तिलाई हाँक्न पनि ब्यवसायिक संचालकहरु नै चाहिन्छ ।  merolagani

कतार एयरवेजको टिकट अनलाइनबाट बुकिङ गर्न सकिने सुविधा सुरु, बै‌कबाट भुक्तानी गर्न सकिने

काठमाडौं । कतारको राष्ट्रिय ध्वजाबहाक वायुसेवा कतार एयरवेजले नेपालबाट पनि अनलाइन टिकट बुकिङ गर्न सकिने व्यवस्था गरेको छ । 
कतार एयरवेजको नेपालस्थित कार्यालयले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरि नेपालको जुनसुकै ठाउँबाट कतार एयरवेजको टिकट अनलाइन मार्फत बुकिङ गर्न सकिने जानकारी दियो । कतार एयरवेजका कन्ट्री म्यानेजर रामदास शिवरामले उपभोक्तालाई मुख्य कार्यालयसम्म धाउन नपरोस भनेर अनलाइन बुकिङ सेवा सुरु गरिएको बताए । उनले भने, 'अहिले उपभोक्ताहरु हाम्रो केन्द्रीय कार्यालय हात्तीसारमा नै आएर टिकट किन्न बाध्य छन् । तर अनलाइनबाटै बुकिङ गर्ने व्यवस्था भएपछि उपभोक्तालाई सजिलो हुन्छ ।' उनका अनुसार टिकट बुकिङको लागि www.qatarairways.com/np मा गएर बुकिङ गर्न सकिन्छ । तर अनलाइन टिकट बुकिङ गर्ने यात्रुको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा खाता हुनुपर्ने शिवरामले बताए । अनलाइनबाट टिकट बुकिङ गरेपछि भुक्तानी भने स्ट्यान्डर्ड चार्टर्ड बैंक मार्फत मात्रै गर्न सकिने छ । उनका अनुसार कतारले चाँडै नै अरु बैंकबाट पनि टिकटको रकम भुक्तानी गर्ने व्यवस्था मिलाइने तयारी भइरहेको बताए । उपभोक्ताले टिकट बुकिङ गरेको ४८ घण्टा भित्रमा रकम भुक्तानी गर्नुपर्ने छ । भुक्तानी क्रेडिट कार्ड वा चेक मार्फत गर्न सकिने छ । कम्पनीले अनलाइन बुकिङ चौविसै घण्टा र सातैदिन गर्न सकिने व्यवस्था गरेको जनाएको छ । यसैबीच कतारले अहिले दुइतर्फि टिकट किन्ने यात्रुहरु मध्येबाट लक्की ड्र मार्फत १० जनालाई  गुड्डी व्याग दिने जनाएको छ । पाँच तारे यो एयरवेजले एक सय ३८ वटा जहाज मार्फत विश्वका एक सय ४५ गन्तव्यमा उडान भरिरहेको छ । नेपालमा दैनिक तीन उडान गरिरहेको छ । bizmandu

Wednesday, October 29, 2014

नेप्सेको बढ्ने प्रयास सफल भएन, ३० प्रतिशत लाभांशले तान्यो एनआइसी एसियाका लगानीकर्ता

काठमाडौं। मंगलवार कारोबारको अन्त्यमा बढ्ने प्रयासमा देखिएको नेप्से परिसूचकमा सुधार हुन सकेन। बैंकिङ, बीमा, जलविद्युत् समूहको परिसूचक घटेपछि नेप्से ओरालो लागेको हो। नेप्सेको वेबसाइटमा समस्या आएपछि अन्तिम तथ्यांक भने प्रकाशित भएको छैन। 

कारोबारको अन्त्यमा नेप्से परिसूचक तीव्र रुपम तल ओर्लियो। बजार बन्द हुँदा नेप्से परिसूचक १.९ अंकले घटेर ९३३ मा सिमित भएको छ। बैंकिङ समूहको परिसूचक ०.३३ अंक, जलविद्युत् समूह ३६.१६ अंक, बीमा समूह ५.५९ अंकले बढ्यो। होटेल समूहको परिसूचकमा भने सुधार देखियो। यो समूहको सुचक २७.८५ अंकले बढ्यो।

बुटवल पावर, चिलिमे जलविद्युत्, सानिमामाई, रिडी हाइड्रोपावरको सेयर मूल्य घटेको छ।  १५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नै नगद लाभांशको प्रस्ताव गरेको एनआइसी एसिया बैंकको सेयर मूल्य २२ रुपैयाँले बढ्यो। बैंकको सेयर कारोबार सबैभन्दा धेरै भएको छ। बैंकको दुई करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भयो। 
 
लाभांश पाउन दुई दिन मात्र बाँकी रहदा स्ट्याण्डर्ड चार्टर्ड बैंकमा पनि लगानीकर्ता तानिएका छन। बैंकको एक करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भयो। बैंकले १० प्रतिशत बोनस र ४१.५ प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकको बुक क्लोज कात्तिक १४ गते रहेको छ। 

कारोबारमा आएका मध्ये ४७ कम्पनीको सेयर मूल्य बढ्यो। त्यस्तै, ६५ कम्पनीको सेयर मूल्य घट्यो। माउन्ट मकालु बिकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, निलगिरी बिकास बैंक, भार्गव बिकास बैंक लगायतको मूल्य बढेपछि बिकास बैंकको सुचक ०.६३ अंकले बढेको छ।

माउन्ट मकालु बिकास बैंकको सबैभन्दा धेरै नौं प्रतिशत बढिले मूल्य बढ्यो। यस दिन जलविद्युत् र बिकास बैंकको सुचकमा मात्र सुधार भएको छ। 
एक सय २६ कम्पनीको पाँच लाख कित्ता सेयर किनबेच भएकोमा २२ करोड रुपैयाँको सेयर कारोबार भयो।bizmandu