Tuesday, January 6, 2015

NRB allows opening yuan bank accounts

Individuals and firms in Nepal having foreign exchange earnings can open Chinese yuan accounts in commercial and development banks, the Nepal Rastra Bank (NRB) said on Sunday.

Issuing a directive to A and B class banks and financial institutions, the central bank lifted the ban on banking in the Chinese currency, which is expected to help people doing transactions with Chinese nationals and firms.

The government had been imposing restriction on opening accounts in Indian and Chinese currencies. And, the restriction on opening Indian currency (IC) accounts remains. International agencies, including diplomatic ones, foreign firms and their agents, manpower agencies, those employed in foreign land, international and national non-govenrment organisations, foreigners working in Nepal, various companies involved in foreign currency transactions such as travel agencies, hotels and money changers and the contractors selected through global tender, among others, can open such accounts.

Even though yuan accounts have been permitted, NRB has placed certain restrictions on exchanging Chinese currency with other convertible currencies without its approval. There is no restriction on converting yuan into another currency for payment and opening another account after such an exchange.

This measure has been taken in line with the agreement signed with the People’s Bank of China during NRB Governor Yubaraj Khatiwada’s recent visit to China. “The agreement signed with the Chinese central bank has opened the way to allowing Nepali’s to open yuan accounts in Nepali banks,” said Bhisma Raj Dhungana, acting executive director of NRB. “Now Chinese currency will be treated like other convertible foreign currencies such as the US dollar.”

He added that as the Nepali rupee was pegged to the Indian rupee, the central bank could not allow people to open Indian currency accounts here. “One cannot covert IC into US dollars because of the pegging,” he added.

Following the accord with the Chinese central bank enabling the increased use of Chinese currency in bilateral trade and payment, NRB had recently allowed Nepali banks to open accounts in Chinese currency in any Chinese commercial bank.

The latest directive has also allowed them to open Chinese yuan accounts in Chinese banks by selling other convertible currencies. Likewise, NRB has permitted the use of Chinese currency for payment and adjustment of transactions.

Dhungana said the latest NRB measures would help internationalize Chinese currency besides boosting Chinese arrivals and investment in the country. “Chinese tourists can now visit Nepal by carrying their own domestic currency, and that will help boost arrivals,” he said.

Source: Tha Kathmandu Post

RBB plan to issue share to general public worth Rs 3 billion

Rastriya Banijya Bank (RBB) one of the oldest and state owned commercial bank planning to go public by issuing primary shares worth Rs 3 billion, which is 30 percent of the total share capital of the bank.

RBB which already fulfilled the capital adequacy ratio requirement in the second quarter to fully recover from the crisis said that the company is waiting for the government’s approval for the proposed IPO. RBB, which was on the brink of collapse due to massive loan defaults, had undergone the financial sector reforms programme for over a decade.

Rastriya Banijya Bank Limited (RBB) has able to make its capital adequacy ratio (CAR) positive by 10.05 percent. Prior, RBB capital adequacy ratio was negative by 33 percent.

Recently, Rastriya Banijya Bank has sold 15 percent promoter share of Nepal Investment Bank Limited and Nepal Aawas Finance Limited on auction to the general public and institutional investors from which the bank has been able to earn Rs 2.8 arba approximately, which help to increase its capital fund.

Government of Nepal (GOI) has injected Rs 4.32 billion as capital in 2069. The bank has also converted Rs 3 billion as capital which they have received from World Bank under financial sector reform program

The bank also converted preference share worth Rs 78.70 crore to ordinary share in Asar, 2070. RBB is also planning to issue ordinary share to the general public in the next fiscal year.

RBB said the IPO will change its shareholding structure and the participation of the public will help it grow.

“Rather than bringing in a strategic partner, we think going public will help the bank achieve sustainable growth,” RBB Chairman Rewat Bahadur Karki said at a press meet here on Sunday.

The bank has lowered the non performing loan (NPL) level to 4 percent from once more than 60 percent. It has been earning profits for last six years. Last year, it earned a net profit of Rs 1.75 billion. RBB also plans to expand its businesses. A credit-to-deposit (C/D) ratio of just 61 percent gives the bank a huge space to expand credit.

It plans boost its credit disbursement by Rs 15 billion to Rs 77 billion by this fiscal year.
Share Sansar

STOCK WATCH: Last day to clinch 7% bonus and 1.5% cash of Civil Bank

Today is the last day for the investors to get hold of the dividend pledged by Civil Bank Limited (CBL) for the fiscal year 2070/71. 

Civil Bank is closing its shareholder register book from tomorrow (Poush 22) to convene its annual general meeting (AGM). 

The bank has scheduled its AGM on Magh 9, 2071.  Only those investors buying shares of the bank till today (Monday) will be entitled for the dividend that it has announced for the fiscal year 2070/71 and allowed to attend the AGM.

Civil Bank Limited has already proposed 7 percent bonus share and 1.5 percent cash dividend to its shareholders from the profit of FY 2070/71.

Share Sansar

Monday, January 5, 2015

प्रभु बैंकको कारोबार खुल्यो, पहिलो दिननै सेयर मूल्य १० प्रतिशत बढ्यो, २२७ रुपैयाँमा बन्द

काठमाडौं। प्रभु बैंकको सेयर कारोबार आइतबारबाट सुरु भएको छ। बैंकको सेयर प्रति कित्ता दुई सात रुपैयाँका दरले किनबेच हुने गरि खुलेको थियो।
 
मर्जरका कारण लामो समयदेखि बैंकको सेयर कारोबार स्थगित गरिएको थियो। बजार खुलेसँगै बैंकको सेयर मूल्य बढेको थियो। १० प्रतिशतसम्म मूल्य बढेपछि २२७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
 
किस्ट बैंक, प्रभु विकास बैंक, गौरिशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स गाभिएर प्रभु बैंक बनेको हो। यसअघि तत्कालि प्रभु फाइनान्ससँग वैभव फाइनान्स र समृद्धि विकास बैंक गाभिएर प्रभु विकास बैंक बनेको थियो। 
- See Bizmandu

राष्ट्रिय बाणिज्य बैंकले सर्वसाधारणमा ३० % सेयर जारी गर्ने, पत्रकारलाई ५० हजारको पुरस्कार

काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकले सर्वसाधारणलाई सेयर जारी गर्ने प्रकृया अगाडि बढाएको छ। बैंकले सर्वसाधारणलाई ३० प्रतिशत सेयर वितरण गर्न लागेको हो।
 
'राष्ट्र बैंकको निर्देशन अनुसार सर्वसाधारणलाई सेयर जारी गर्न सरकारसँग अनुरोध गरेका छौं,' प्रमुख कार्यकारी अधिकृत कृष्ण शर्माले बैंकको स्वर्ण बर्ष २०७१ र सुधारको कार्यक्रमका बारेमा जानकारी गराउने उदेद्दश्यले आयोजित पत्रकार सम्मेलनमा आइतबार भने, 'स्वीकृति आएपछि चालु बर्षभित्रै सेयर निस्कासन गरिसक्छौं।'
 
बैंकको अहिले पुँजी आठ अर्ब ५८ करोड रुपैयाँ छ। बैंकले यसलाई ७० प्रतिशत मानेर बाँकी ३० प्रतिशत सेयर जारी गर्ने प्रकृया सुरु गरेको हो। 
 
बैंकले कृषि कर्जा अन्य बैंक तथा वित्तीय संस्थाको भन्दा एक प्रतिशत बिन्दु कममा उपलब्ध गराउने जनाएको छ। बैंकले पाँच प्रतिशतमै कृषि कर्जा उपलब्ध गराउने जनाएको हो। 
 
बैंकले प्रत्येक बर्ष प्रदान गर्ने गरी पत्रकारिता पुरस्कारको पनि स्थापना गरेको छ। 'वित्तीय तथा अर्थतन्त्रका क्षेत्रमा योगदान पुर्‍याउने पत्रकारहरुलाई प्रोत्साहन गर्नका लागि पुरस्कार स्थापना गरिएको हो,' बैंक सञ्चालक समिति अध्यक्ष डा. रेवतवहादुर कार्कीले भने। बैंकले ५० हजार रुपैयाँ राशीको पुरस्कार घोषणा गरेको हो।
 
कार्कीले वित्तीय क्षेत्र सुधार कार्यक्रमपछि राष्ट्रिय बाणिज्य बैंकको कायापलट भएको बताए। उनले अहिले नेपालको बैंकिङ प्रणालीको गुणात्मक विकास भइरहेको पनि बताए। 
- See Bizmandu

माथिल्लो तामाकोशीले पायो सेयर जारी गर्न स्वीकृति, तीन करोड ६० लाख कित्ता निस्कासन

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पहिलो चरणमा प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, कर्मचारी सञ्चय कोषका बचतकर्ता, ऋण लगानी गर्ने संस्थाका कर्मचारी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई साधारण सेयर जारि गर्न स्वीकृति पाएको छ ।
 
नेपाल धितोपत्र वोर्डले तामाकोशीलाई एक सय रुपैयाँ अंकित दरका तीन करोड ६० लाख ६ हजार कित्ता सेयर जारी गर्न स्वीकृति दिएको हो । यो सेयर बढीमा दुई महिनाभित्र  निस्कासन गरिसक्नु पर्छ ।


 
‘हामीले स्थानीय, बचतकर्ता र ऋण लगानी गरेका संस्थाका कर्मचारीलाई सेयर जारी गर्न स्वीकृति दिएका छौं,’ वोर्डका प्रवक्ता तथा निर्देशक निरज गिरिले आइतबार बिजमाण्डूसँग भने, ‘अब संस्थाले सबै प्रबन्ध मिलाएर केही सातामै सेयर निश्कासन गर्न सक्छ ।’
 
वोर्डले तामाकोशी निर्माणस्थल दोलखाका बासिन्दालाई एक करोड पाँच लाख ९० हजार कित्ता सेयर जारी गर्न स्वीकृति दिएको छ । ऋण सम्झौता हुँदा (चार बर्षअघि) कर्मचारी सञ्चय कोषको बचतकर्ताहरुका लागि एक करोड ८२ लाख ९९ हजार ५२० कित्ता, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि ३० लाख ४९ हजार ९२० कित्ता र आयोजनाका कर्मचारी तथा विद्युत् प्राधिकरणका कर्मचारीका लागि ४० लाख ६६ हजार ५६० कित्ता सेयर पाउने छन् । 
 
आयोजनामा सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम र राष्ट्रिय बिमा संस्थानले ऋण लगानी गरेका छन् । 
 
कम्पनीले निश्कासन गर्ने कुल सेयरमध्ये ३४ प्रतिशत सेयर पहिलो चरणमा जारी गर्न लागेको हो । कम्पनीले दोलखावासीका लागि १० प्रतिशत सेयर जारी गर्न लागेको हो । कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई १७.२८ प्रतिशत र ऋण दिने संस्थाका कर्मचारीलाई २.६६ प्रतिशत र तामाकोशी तथा विद्युत प्राधिकरणका कर्मचारीका लागि ३.८४ प्रतिशत सेयर जारी गर्न लागेको हो ।
 
प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीलाई जारी गरिने सेयर दोस्रो बजारमा तीन बर्षपछि मात्र कारोबार गर्न पाइने छ । सर्वसाधारणका लागि भने १५ प्रतिशत सेयर छुट्याइएको छ ।   
 
२०७२ चैतमा आयोजना निर्माण सक्ने गरी काम सुरु गरिएको माथिल्लो तामाकोशीको क्षमता ४५६ मेगावाट हो । यो आयोजनाले सेयर जारी गर्नकै लागि चौथो बार्षिक साधारणसभाबाट सेयर पुँजी बृद्धि गरेको थियो । ११ अर्ब अधिकृत पुँजी भएको माथिल्लो तामाकोशीको नयाँ पुँजी संरचना अनुसार चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । 
 
तामाकोशीको संस्थापकका रुपमा प्राधिकरणको ४१ प्रतिशत सेयर छ । नेपाल टेलिकमसँग ६ प्रतिशत, राष्ट्रिय बिमा संस्थान र नागरिक लगानी कोषसँग २/२ प्रतिशत सेयर छ । 
 
आयोजनामा चार संस्थाले २२ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । यसमध्ये सञ्चय कोष एक्लैले १० अर्ब ऋण र दुई अर्ब डिबेन्चर दिएको छ । नागरिक लगानी कोषले दुई अर्ब, बिमा संस्थानले दुई अर्ब र नेपाल टेलिकमले ६ अर्ब ऋण लगानी गरेका छन् ।
 


दोलखाका एक जनालाई ५७ कित्ताभन्दा कम
तामाकोशी आयोजनाको निर्माण स्थल दोलखामा पर्छ, यसै कारण कम्पनीले दोलखाका स्थानीय वासिन्दालाई १० प्रतिशत सेयर दिएको हो । 
 
२०६८ सालको जनगणना अनुसार दोलखामा एक लाख ८८ हजार जनसंख्या छ, यो आधारमा औषत निकाल्दा एक जना दोलखाीको हातमा ५७ कित्ता सेयर पर्ने छ । आयोजनाले दोलखामा अहिले जनसंख्याको नयाँ लगत निकाल्न सुरु गरिसकेको छ । यो अवधिमा जनसंख्या बृद्धि भएको हुनाले स्थानीयले पाउने सेयर संख्या केही कम हुन सक्छ ।
 
सञ्चय कोषका प्रत्येक कर्मचारीलाई ३४९० कित्ता
तामाकोशीका ऋणदाता संस्थाका कर्मचारीले २.८८ प्रतिशत सेयर पाउने छन् । आयोजनामा दिएको कर्जा अनुपातका आधारमा छुट्याइएको सेयर कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, टेलिकम र बिमा संस्थानका कर्मचारीमा बिभाजन गरिने छ । 
 
तामाकोशीले चार संस्थाबाट २२ अर्ब ऋण लिएको छ । त्यसमध्ये सञ्चय कोषले १० अर्ब ऋण र दुई अर्ब डिबेन्चर दिएको छ । यो आधारमा ऋण लगानी गर्ने चार संस्थाका लागि छुट्याएको ३० लाख ४९ हजार ९२० कित्ताको ५५ प्रतिशत अर्थात (१६ लाख ७७ हजार ४५६ कित्ता) सञ्चय कोषका कर्मचारीले पाउने छन् ।
 
तामाकोशीसँग सञ्चय कोषले २०६७ साउन १४ गते ऋण सम्झौता गरेको थियो । त्यसबेला सञ्चय कोषमा ४८२ जना कर्मचारी थिए । यो आधारमा औषत निकाल्दा त्यहाँका कर्मचारी प्रत्येकको भागमा तीन हजार ४८० कित्ता सेयर भाग लाग्छ । 
 
लगानी कोषका प्रत्येकले २५४२ कित्ता पाउने
नागरिक लगानी कोषले तामाकोशीमा दुई अर्ब ऋण लगानी गरेको छ । यो आधारमा कोषका कर्मचारीले दुई लाख ७४ हजार ४९२ कित्ता सेयर पाउँछन् । 

लगानी कोषसँग तामाकोशीले २०६७ मंसिर २१ गते ऋण सम्झौता गरेको थियो । सम्झौता हुँदा कोषमा १०८ जना कर्मचारी थिए । यो आधारमा कोषका प्रत्येक कर्मचारीले दुई हजार ५४२ कित्ता सेयर पाउने छन् ।
 


बिमा संस्थानकाले ११०६ कित्ता
बिमा संस्थानले पनि तामाकोशीलाई दुई अर्ब नै ऋण दिएकाले त्यहाँका कर्मचारीले पनि दुई लाख ७४ हजार ४९२ कित्ता सेयर पाउने छन् । 
 
संस्थानले २०६७ मंसिर २१ गते ऋण सम्झौता गरेको थियो । सम्झौता हुँदा संस्थानमा २४८ कर्मचारी थिए । संस्थानका प्रत्येक कर्मचारीका हातमा अब एक हजार १०६ कित्ता सेयर पर्ने छ ।
 
निर्माण गर्नेको हातमा ४४२ कित्ता मात्रै
तामाकोशी विद्युत् प्राधिकरणले बनाउन लागेको आयोजना हो । तामाकोशी र प्राधिकरणका कर्मचारीलाई ३.८४ प्रतिशत अर्थात ४० लाख ६६ हजार ५६० कित्ता सेयर छुट्याइएको छ । 
 
प्राधिकरणमा अहिले नौं हजार १४६ जना कर्मचारी छन् । तामाकोशीमा प्राधिकरणबाट काजमा गएका ६७ जना र स्थानीय ४७ जना कर्मचारी छन् । यसको अर्थ ४० लाख ६६ हजार ५६० कित्ता सेयर नौं हजार दुई सय कर्मचारीलाई भाग लगाउनु पर्छ । सोझो हिसावबमा प्राधिकरण र आयोजनाका कर्मचारीले प्रत्येकले जम्मा ४४२ कित्ताका दरले सेयर पाउने छन् ।
 
टेलिकमका प्रत्येकले १४७ कित्ता पाउने
टेलिकमले आयोजनामा ६ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ, यो आधारमा टेलिकमका कर्मचारीले कुल ८ लाख २३ हजार ४७८ कित्ता सेयर पाउने छन् । 
 
ऋण सम्झौता हुँदा टेलिकममा पाँ हजार ६११ कर्मचारी थिए, उनीहरुलाई यो सेयर वाँड्दा औषतमा १४७ कित्ता हात लाग्ने छ ।
 
सञ्चयकर्तालाई जम्मा ४२ कित्ता
आयोजनाको सबैभन्दा थोरै सेयर सञ्चय कोषका सञ्चयकर्ताले पाउने छन् । कोषमा अहिले ८९ हजार निजामति, ९५ हजार नेपाली सेना, ८१ हजार शसस्त्र र नेपाल प्रहरी, ९७ हजार संस्थान तथा सांगठनिक क्षेत्रका कर्मचारी र ८८ हजार सामुदायिक तथा संस्थागत शिक्षक सञ्चयकर्ता छन् । 
 
कोषका सञ्चयकर्ताका लागि तामाकोशीले एक करोड ८२ लाख ९९ हजार ५२० कित्ता सेयर छुट्याएको छ । यो सेयर विद्युत् प्राधिकरणका कर्मचारीले भने पाउने छैनन् । बाँकी सञ्चकर्तालाई बाँड्दा प्रत्येकको भागमा ४२ कित्ता सेयर पर्नेछ । 
- See Bizmandu

जनता बैंकको दुबै हातमा लड्डु, मेगासँग मिल्ने कि ग्राण्डलाई भित्र्याउने ?

नेकपा एमाले निकटका अधिकांश ब्यक्तिहरु संस्थापक शेयरधनी रहेको मेगा र जनता बैंकबीच मर्ज कत्तिको संभव छ ? दुबै बैंकका संचालकहरु अहिले यही संभावनाको खोजी गरिरहेका छन् ।
दुबै बाणिज्य बैंकलाई गाभेर पाँच अर्ब भन्दा बढी चुक्ता पूँजी भएको ठूलो बाणिज्य बैंक बनाउने योजना कहिले पुरा होला ? मेरोलगानीले खोजविन गरेको छ ।
‘दुई पटकसम्म उहाँहरु (जनता बैंक) सँग छलफल भएको हो, यद्यपि यस विषयमा टुङ्गो लागिसकेको छैन – मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मेरोलगानी डटकमको जिज्ञासामा भन्नुभयो –‘उहाँहरुसँग पनि समय छ, हामीसँग पनि समय छ, एजिएम सकिए पछि सायद यो हप्ता पछाडि निश्कर्षमा पुगिन्छ होला ।’
गर्भनर यूवराज खतिवडाले यी दुबै बैंकहरुलाई मर्जमा जानका लागि दबाब दिनुभएपछि मर्ज छलफल तीब्र भएको हो ।

जनता बैंकका प्रमुख कार्यकारी अधिकृत डा. रमेश भट्टराइले पनि मर्ज प्रक्रियाबारे छलफल भएको पुष्टि गर्नुभयो । 
यता, जनता बैंक र ग्राण्ड बैंक बीचको मर्जको कुरा पनि उठिरहेको छ । भट्टराईले मेगा र ग्राण्ड मध्ये कोसँग जाँदा राम्रो हुन्छ, उसैसँग मर्ज गरिने स्पष्ट पार्नुभयो ।
भट्टराईले भन्नुभयो–‘एक साता अगाडिबाट ग्राण्ड र हाम्रो डीडीए सुरु भएको छ, डीडीए सकरात्मक आए मर्ज हुन सक्ने अवस्था छ, अन्यथा हुदैन ।’ 
ग्राण्डको निस्क्रिय कर्जा धेरै भएर गत आर्थिक बर्षमा ठूलो घाटामा गएकाले जनताले सस्तो स्वाप रेसियो पाए उसँग मर्जमा जाने सोच बनाएको छ । घाटा नै ब्यहोर्ने गरी भने ग्राण्डसँग जान जनताका संचालकहरुको अरुची देखिएको छ । यस आर्थिक बर्षको दोस्रो त्रैमासमा ग्राण्डले सार्वजनिक गर्ने बित्तीय बिवरण राम्रो आएमा ग्राण्ड र जनताको लगनगाठो जोडिनसक्ने संभावना छ नत्र उस्ले मेगाकै मार्ग अपनाउने छ । 

उता ग्राण्ड बैंकको विषयमा राष्ट्रबैंकले तत्कालै केही नगर्ने जनाएको छ ।
राष्ट्र बैंकका प्रवत्ता मनमोहनकुमार श्रेष्ठले भन्नुभयो– ‘राष्टबैकले तत्कालै हस्तक्षेप गर्ने अवस्था छैन । उनीहरुको वोर्डको हात हुन्छ, वोर्डले नसकेको अवस्थामा मात्रै हामीले हस्तक्षेप गर्ने हो ।
Mero Lagani