Thursday, January 1, 2015

प्रिमियर इन्स्योरेन्सले १४% वोनस सेयर दिने, मेगाको मूल्य २२४ र मितेरीको २५९ रुपैयाँ कायम

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले १४ प्रतिशत वोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले कर प्रयोजनका लागि १८ लाख ५८ हजार रुपैयाँ नगद लाभांस पनि वितरण गर्ने भएको छ ।
 
कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव बिमा समितिले स्वीकृत गरेपछि साधारणसभाले अनुमोदन गर्नु पर्छ ।
- bizmandu

Tuesday, December 30, 2014

Kailash Bikas Bank distributing Bonus Share Certificate from today

Kailash Bikas Bank Limited (KBBL) is distributing bonus share certificate to its shareholders from today (Poush 14).

KBBL had endorsed 15 percent bonus share and 10 percent cash dividend to the shareholders from the net profit it earned in the last fiscal year 2070/71.

The dividend would be distributed from its share department located in New Plaza, Putalisadak, Kathmandu and Chipledhunga, Pokhara within banking transaction time.

Full Announcement

ShareSansar, December 29

Monday, December 29, 2014

Bhrikutee upcoming 33% right issue gets Grade 3 rating from ICRA Nepal

Bhrikutee Development Bank Limited upcoming 33 percent right issue gets Grade 3 rating from ICRA Nepal  “[ICRANP] IPO Grade 3”, indicating average fundamentals to the proposed rights issue amounting NPR 141.27 million.

ICRA Nepal assigns IPO grading on a scale of IPO Grade 1through IPO Grade 5, with Grade 1 indicating strong fundamentals and Grade 5 indicating poor fundamentals. For the Grading categories 2, 3 and 4, the sign of + (plus) appended to the Grading symbols indicate their relative position within the Grading categories concerned. Thus, the Grading of 2+, 3+ and 4+ are one notch higher than 2, 3, and 4, respectively. CDBL is proposing to come out with the 33% rights issue of 1,412,700 numbers of equity shares of face value NRs 100/- each to beissued to the existing shareholders at par.
Sharesansar, December 28

शेयर बजार ओरालो लाग्दा सिद्दार्थ म्युचुअल फण्डलाई यसरी लाग्यो घाटा

शेयर बजार ओरालो लाग्दा सिद्दार्थ सामुहिक लगानी कोषको सम्पति मूल्यमा पनि ह्रास आएको छ ।
कोषले मंसिर महिनामा मात्रै दुईवटा योजनाहरुको लगानीमा १६ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । 

सिद्दार्थ म्युचुअल फण्डले शेयर बजारमा १ अर्ब २७ करोड रुपैयाँ लगानी गरेको छ । फण्डले प्रकाशित गरेको मंसिर महिनाको अपरिस्कृत बित्तीय विवरणहरुका अनुसार सिद्दार्थ लगानी बृद्धि योजना –१ अन्तर्गत ८५ करोड ७४ लाख रुपैयाँ लगानी विभिन्न कम्पनीका १२ लाख ५९ हजार कित्ता शेयर खरिद गरिएको छ भने दोस्रो योजना सिद्दार्थ ईक्विटी आरिन्टेड स्किम अन्तर्गत ६१ करोड ३० लाख रुपैयाँ लगानी गरी ७ लाख ११ हजार कित्ता शेयरहरु खरिद गरिएको छ ।
पहिलो योजना अन्तर्गत कुल शेयर लगानीमा सम्पतिको मूल्य ८० करोड ६५ लाख छ भने दोस्रो योजनामा ४७ करोड १३ लाख रुपैयाँ मात्र छ । पहिलो योजनामा १२ करोड ४ लाख रुपैयाँ घाटा रहेको छ भने दोस्रो योजनामा ३ करोड ७९ लाख रुपैयाँ घाटा रहेको छ । कार्तिक महिनामा पहिलो योजनामा १६ करोड ४३ लाख रुपैयाँ र दोस्रो योजनामा ६ करोड २७ लाख रुपैयाँ घाटा थियो । पहिलो योजनाको खुद सम्पति ८६ करोड ८२ लाख रुपैयाँ छ भने दोस्रो योजनाको ९७ करोड ५ लाख छ ।
सिद्दार्थ म्युचुअल फण्डकी ब्यवस्थापक बर्षा ठकुरीले नेपाल स्टक एक्सचेन्जको दोस्रो बजारमा शेयर खरिद गर्दाको बखत भन्दा अहिले मूल्य घटेकाले फण्डलाई घाटा देखिएको बताउनुभयो । उहाँले हरेक महिना बित्तीय विवरण प्रकाशित गरिरहनुपर्ने र शेयर बजारमा उतार चढाव आईरहने भएकाले योजनामा सहभागी भएका लगानीकर्ताहरु आत्तिनुपर्ने अबस्था नरहेको बताउनुभयो । उहाँले शेयर बजार उकालो लाग्दा फण्डको घाटा कम हुँदै गएर नाफा बढ्दै जाने उल्लेख गर्नुभयो ।

योजनाले खरिद गरेका शेयरहरुमा बोनस तथा हकप्रद शेयर समेत थपिने क्रममा रहेको देखिएको छ । योजना १ मा गत बर्षको नाफा समेत धेरै संचित रहेको छ भने सिद्दार्थ ओरियण्टेड स्किम यसपालि मात्रै संचालनमा आएकाले संचित नाफा छैन । पहिलो योजनाको प्रति ईकाई मूल्य १७.१७ रुपैयाँ र दोस्रो योजनाको मूल्य ९.६२ रहेको छ ।

सामान्य लगानीकर्ताको तुलनामा यस्ता कोषहरुले जोखिम मूल्याङकन र कम्पनीको अबस्था विश्लेषण गरी राम्रा धितोपत्रहरुमा लगानी गर्ने हुँदा दीर्घकालीन रुपमा घाटा खानुपर्ने अबस्था रहँदैन ।

हाल नेपालमा सिद्दार्थसहित ५ वटा सामुहिक लगानी कोषहरुले सार्वजनिक निश्काशन गरिसकेका छन् । यस्ता कोषहरुले योजना बिक्रीबाट प्राप्त भएका धेरै रकम शेयर बजारमै लगानी गर्ने हुँदा शेयर बजारको स्थायित्वमा टेवा पुगेको छ ।
Mero Lagani

सिभिल बैंकको साधारणसभा माघ ९ मा, ७ प्रतिशत बोनसको प्रस्ताव

सिभिल बैंक(CBL)ले आगामी माघ ९ गते राजधानीमा चौथो बार्षिक साधारणसभा गर्ने भएको छ । साधारणसभामा ७ प्रतिशत बोनस शेयर र १.५ प्रतिशत नगद लाभांश दिने संचालक समितिको प्रस्ताव लगिने छ । 
 त्यसैगरी बैंकले प्रबन्ध पत्र र नियमावली पनि संशोधन गर्ने भएको छ । साधारणसभाका लागि बैंकको शेयरधनी दर्ता किताब पुस २२ गतेदेखि बन्द हुने जनाईएको छ । 
२ अर्ब ७० करोड चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक बर्षमा २४ करोड ६२ लाख खुद नाफा गरी ९ रुपैयाँ प्रति शेयर आम्दानी कायम गरेको थियो । बैंक चालु आर्थिक बर्षको पहिलो त्रैमासमा भने घाटामा गएको छ ।
Mero lagani

Wednesday, December 24, 2014

मेगाको साधारणसभा पुस २९ मा, १२ प्रतिशत बोनसका लागि १६ गते अगावै शेयर किन्नुपर्ने

१२ प्रतिशत आकर्शक बोनस शेयर दिने घोषणा गरेको मेगा बैंकले यही पुस २९ गते चौथो साधारणसभा गर्ने भएको छ । बैंक संचालक समितिले प्रस्ताव गरे बमोजिमको बोनस शेयर पाउन लगानीकर्ताले पुस १६ गते अगावै शेयर किनेर २३ गतेसम्ममा नामसारी गराईसक्नुपर्ने कम्पनीले जनाएको छ । बोनस शेयर जारी गरेपछि बैंकको चुक्ता पूँजी २ अर्ब ६१ करोड पुग्ने छ ।
 
 साधारणसभामा प्रबन्ध पत्र र नियमावली संशोधन, मर्ज र एक्विजिशनमा जाने सम्बन्धी प्रस्तावहरु पनि पेश हुने जनाईएको छ ।
Mero Lagani

Tuesday, December 23, 2014

३३ प्रतिशतले ऋणात्मक राष्ट्रिय बाणिज्य बैंकको पुँजी कोष १० प्रतिशत पुग्यो, अब लाभांस बाँड्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो पाँच बर्षे रणनीतिक योजनामा प्रक्षेपण गरेभन्दा दुई बर्षअघि नै पुँजी कोष अनुपात १० प्रतिशत पुर्याएको छ । बैंकले रणनीतिक योजनामा पुँजी कोष अनुपात आर्थिक बर्ष २०७३/७४ सम्म १० प्रतिशत पुर्याउने प्रक्षेपण गरेको थियो ।


 
वित्तीय क्षेत्र सुधार कार्यक्रम सुरु हुँदा (१२ बर्षअघि) बैंकको खुद सम्पति २३ अर्ब र पुँजी कोष अनुपात ३३ प्रतिशतले ऋणात्मक थियो । बैंकले सोमबार जारी गरेको विज्ञप्ति अनुसार पुँजी कोष अनुपात १०.०५ प्रतिशत पुगेको छ ।
 
राष्ट्र बैंकले बाणिज्य बैंकहरुको पुँजी कोष अनुपात १० प्रतिशतभन्दा माथि हुनु पर्ने व्यवस्था गरेको छ । पुरानो कर्जा असुली, नाफामा भएको बृद्धिले बैंकको पुँजी कोष अनुपातमा सुधार हुँदै आएको थियो ।
 
तर पछिल्लो समय सरकारले २०६९ चैतमा चार अर्ब ३२ करोड पुँजी थप गर्दै विश्व बैंकबाट प्राप्त गरेको तीन अर्ब ऋणलाई पुँजीमा परिवर्तन गर्न दिएको थियो । साथै २०७० असारमा ७८ करोड ७० लाख रुपैयाँ बराबरको अग्राधिकार सेयरलाई साधारण सेयरमा परिवर्तन गर्न दिएपछि बैंकको पुँजी कोष अनुपात ऋणात्मकबाट धनात्मक भएपछि तोकिएको सीमामा पुगेको थिएन ।
- bizmandu