एनएमबी बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १४ करोड २७ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । यो गत आर्थिक बर्षको सोही अवधिको तृलनामा ५ करोड रुपैयाँ बढी हो ।

बैंकले ब्याज आम्दानी र संचालन मुनाफा बढाएर खुद नाफामा बृद्धि गरेको देखिएको छ । २ अर्ब चुक्ता पूँजी रहेको बैंकको प्रति शेयर आम्दानी बार्षिकीकरण गर्दा २८ रुपैयाँ पुगेको छ । बैंकको प्रशासन खर्च भने बढेको छ ।
बैंकको निस्क्रिय कर्जाको अनुपात ०.५३ प्रतिशत, प्रति शेयर सम्पतिको मूल्य १ हजार ५ सय ७ रुपैयाँ, मुल्य आम्दानी अनुपात १७.७५ र प्रतिशेयर नेटवर्थ १६०.४४ रहेको छ । बैंकले २७ अर्ब ३५ करोड निक्षेप संकलन गरी २१ अर्ब ११ करोड ऋण परिचालन गरेको छ । पाथीभरालगायतका क्षेत्रीयस्तरका विकास बैंकहरुलाई मर्ज गर्ने क्रममा रहेकाले एनएमबीको शेयर कारोबार हाल रोक्का रहेको छ ।
No comments:
Post a Comment