सरकारले नेपाली कृषि क्षेत्रमा युवा उद्यमीको सहभागिता बढाई विदेशिने क्रम रोक्न बार्षिक ६ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने कार्यविधि जारी गरेको छ ।

सरकारले सोमबार जारी गरेको युवा किसानलाई सस्तोमा ऋण उपलब्ध गराउने कार्यविधिमा ६ प्रतिशत ब्याज दरमा ५ बर्षसम्मलाई सहुलियत ऋण उपलब्ध गराईने उल्लेख छ । यसरी ऋण लिन चाहने फर्मले बाणिज्य बैंकमा आबेदन दिएपछि सरकारले ब्याज अनुदान दिई सस्तोमा ऋण उफलब्ध हुनेछ । बाणिज्य बैंकलाई ६ प्रतिशत भन्दा बढी लागत ब्याज रकम सरकारले उपलब्ध गराउने छ ।
आबेदकले ऋण माग गर्दै कागजात पेश गरेपछि बाणिज्य बैंकहरुले ऋण दिने बारेमा निर्णय गर्नसक्ने छन् । यस्तो ऋण लिनका लागि २१ देखि ४५ बर्ष उमेर समुहका युवाहरु ह्ुनुपर्ने र उनीहरुले अधिकतम १ करोड रुपैयाँसम्म कर्जा ब्याज अनुदानमा पाउने छन् ।
सरकारले चालु आर्थिक बर्षको बजेट मार्फत युवा किसानलाई ६ प्रतिशत ब्याजमा सस्तो ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । गत असोजमा मन्त्रिपरिषदबाट सस्तो ऋण सम्बन्धी कार्यविधि पारित भए पनि सोमबारदेखि मात्र लागु भएको हो । ब्याज अनुदान राष्ट्र बैंकले उपलब्ध गराउने छ ।
सरकारी नीतिले रोजगारीका लागि युवा विदेशिने क्रममा कमी आउने र शिीक्षत युवा बेरोजगार कृषि क्षेत्रमा परिचालन भई उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।Mero Lagani
No comments:
Post a Comment