जलविद्युत लगानी तथा विकास कम्पिनी लिमिटेडले २ अर्व रुपैंया बरावरको सेयर सर्वसाधरणका लागि निस्कासन गर्ने तयारी गरेको छ । कम्पनीले सर्वसाधरणलाई सेयर जारी गर्न नागरिक लगानी कोषलाई निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनी र कोषबीच आइतबार प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौतामा हस्ताक्षर भयो । शेयर निश्काशन
प्रतिकिता सयका दरले २ करोड किता सेयर सर्वसाधरणका लागि जारी गर्ने लागेको हो । दश अर्व रुपैंया कम्पनीको चुक्ता पूँजी रहेकोमा आठ अर्व रुपैंया संस्थापकहरुको लगानी रहेको छ । कम्पनीले आफ्नो पूँजीबाट ६ वटा योजनामा लगानी गरेको छ भने बाँकी रकम बैंकमा राखेर व्याज आम्दानी गरिरहेको छ ।
Mero Lagani
No comments:
Post a Comment