Thursday, December 11, 2014

किन आयो बुधबारको शेयर बजारमा उतार चढाव ?

नेपाल स्टक एक्सचेन्जमा बुधबार प्राय सबै कम्पनीका शेयर मूल्यमा बढोत्तरी भई नेप्सेमा सुधार देखिएको छ ।
कारोबारको बीच समयतिर १२ अंक सम्मले बढेर ८६० नाघेको नेप्से अन्त्यमा ६.७८ अंकले मात्र  सकारात्मक भई ८५५.५१ मा थामियो ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा ३ करोड भन्दा बढीले कम भई १३ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो । शेयर मूल्य धेरै प्रतिशतले बढ्ने कम्पनीहरुमा एनआईडीसी विकास बैंक, मर्टिपर्पोज फाईनान्स र युनिक फाईनान्स रहे भने शेयर मूल्य धेरै घट्ने कम्पनीहरुमा सिनर्जी फाईनान्स, ईन्टरनेशनल बिकास बैंक र कालिन्चोक बिकास बैंक रहे । कारोबार रकममा एक करोड भन्दा बढी रकमको शेयर कारोबार गर्ने कुनै पनि कम्पनी भएनन् ।
बुधबारको शेयर कारोबारमा धेरै उचार चढाव आउनुमा राजनीतिक सहमतिको हल्ला र बजारमा तरलता बढी भई शेयर धितोमा सस्तो ब्याज दरमा ऋण प्रबाह गर्न बैंकहरुले सुरु गरेको अभियानको प्रभाव हुनसक्ने आंकलन गरिएको छ । यसबाट लगानीकर्ताहरुले नयाँ संविधान लेखनमा राजनीतिक दलहरुबीच सहमति कुरेर बसेको संकेत मिलेको छ । दलहरुबीच छलफल भईरहेको अबस्थामा पनि लगानीकर्ताहरु प्रभावित हुनुले ठोस सहमति भएमा बजार उकालो चढ्ने प्रशस्त संभावना देखाउँछ ।
अन्य आर्थिक सुचकहरु सकारात्मक नै रहे पनि शेयर बजार उकालो लाग्न नसक्नुमा राजनीतिक अन्योलका साथै सीडीएस कार्यान्वयनको क्रममा देखिएको अस्पष्टता, सर्वसाधारण लगानीकर्तामा आत्मविस्वासको कमी, ठूला र संस्थागत लगानीकर्ताहरु पर्ख र हेरको अबस्थामा रहनु र बजारमा चलाईने नकारात्मक हल्लालाई पनि सहायक कारणहरु मानिएको छ । 
Mero Lagani

No comments:

Post a Comment