Monday, November 17, 2014

बाणिज्य बैंकको नाफा १३ प्रतिशतले बृद्धि, नबिल र इन्भेष्टमेन्टको उच्च नाफा, दुई बैंक घाटामा

काठमाण्डौं। चालु बर्षको पहिलो त्रैमाश (साउनदेखि असोजसम्म) मा बाणिज्य बैंकहरुले १३.२७ प्रतिशतले नाफा बढाएका छन्। सञ्चालनमा रहेका ३० मध्ये २८ बैंकको खुद नाफा १३ प्रतिशतले बृद्धि भएको हो।
 
गत बर्ष यतिबेला तीन अर्ब ८१ करोड नफा गरेका बैंकले यसपाली चार अर्ब ३२ करोड नाफा पुर्‍याएका छन्। 
 
राष्ट्रिय वाणिज्य बैंक र सिभिल बैंकले आइतबारसम्म वित्तीय विवरण प्रकाशित गरेका छैनन्। प्रभु बैंक र ग्राण्ड बैंक नेपाल खुद नोक्शानीमा गएका छन्। प्रभु बैंक ११ करोड ६८ लाख नोक्सानमा छ भने ग्राण्ड बैंक २८ करोड नोक्शानमा छ। 


Bank (Rs.000)Net Profit 2071 AshojNet Profit 2070 AshojChange %NII 2071 AshojNII 2070 AshojChange %Spread %
Global IME222785271428-17.9256196635394058.774.8
Nmb1427939080657.2525381316946249.784.65
Ncc10278932566215.6318300513074639.973.04
Ebl39113735109411.417121766536968.955.67
Bok16586712220835.7334842129094819.754.54
Citizens1103431037876.3230062522792931.894.82
Lumbini8061724811224.921509219841753.354.95
Sbi25621022279715.0046864339864017.564.4
Nabil50485945789810.269254078563508.064.3
NIB4913184626106.217044056796723.644.5
Siddartha14415210561136.4929564222588430.883.7
Machhapuchare19035567403182.4134330221048763.104.57
Mega80945101861-20.531970211954210.823.48
janta21362-59826-135.7113851811978115.642.06
SCB3497723342054.66498051526161-5.345.97
sanima1309258630951.6924499216755146.224.6
NIC Asia1542631449486.434077884008621.733.27
Nepal bank269199211441173.1759648943832736.083.36
prabhu bank-116832-27440325.7724712215019764.534.14
kumari bank3283646463-29.3317977915763414.051.12
sunrise95025932351.922355262222575.974.76
prime16163712374130.6333060917718986.593.45
century355692393048.6413652567370102.654.38
agriculture215063237071-9.28108130410580932.197.28
laxmi bank553305190966.0919244959430223.823.5
NBB46636141591-67.06156900194530-19.343.92
Grand-28063057409-588.83-33136512-100.025.64
Himalayan26863017350454.8359037750629016.614.74

नाफामा गुणात्मक बृद्धि लक्ष्मी बैंकले गरेको छ। बैंकको नाफा ११ गुणाले बढेर पाँच करोड ५३ लाख रुपैयाँ पुगेको छ। ग्लोबल आइएमइमा मर्ज भइसकेका कम्पनीहरुको वित्तीय विवरण भने गत आवको वित्तीय विवरणमा जोडिएको देखिदैन, जसले गर्दा वित्तीय विरण तुलना गर्दा तथ्यांक फरक पर्न जान्छ। 
 
रकमको आधारमा भने सबैभन्दा धेरै नाफा नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकको छ।  नबिलले ५० करोड ४८ लाख रुपैयाँ र नेपाल इन्भेष्टमेन्टले ४९ करोड १३ लाख रुपैयाँ नाफा छ। 
 
'वाणिज्य बैंकहरुको परफरमेन्स राम्रै देखिएको छ, तरलता उच्च छ भनिरहँदा पनि बैंकहरुको नाफा वृद्धिदर सन्तोषजनक छ,' हिमालयन बैंकका प्रमूख कर्यकारी अधिकृत अशोक राणाले भने। उनका अनुसार, अहिले बैंकहरुको कर्जा बढिरहेको र व्याजदर धेरै नघटेकाले व्यावसयमा प्रगति देखिएको छ। 
 
बैंकहरुको निक्षेप २० प्रतिशतले बढेर १० खर्ब ९७ करोड र कर्जा २५ प्रतिशतले बढेर आठ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ। 
 
बैंकहरुले कुल कर्जाको ७.२१ प्रतिशत रकम रियल इस्टेट क्षेत्रमा लगानी गरेका छन्। बैंकहरुको यो क्षेत्रमा कुल लगानी ९.४५ प्रतिशतले बढेर ६३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। 

Bank Real estate
(Rs.000)
Margin lending
(Rs.000)
base rate % EPS (Rs)PE RatioROE 
Global IME1733930.0563370.011.217.839.013.5
Nmb1289748130229.07.7828.5617.7518.25
Ncc95285830008.820.9820.2111.29
Ebl26365795205156.0777.5524.6429.31
Bok965451655427.0931.2918.0218.13
Citizens2945942771250.07.5918.5524.4215.39
Lumbini14563082192838.1616.1220.9116.12
Sbi17252510.08.1738.725.722.0
Nabil4926795.00.05.8165.735.624.0
NIB4483350.063213.06.4941.218.623.4
Siddartha3295320.0295382.07.8528.424.718.3
Machhapuchare23333691776167.6927.4317.680
Mega3566770.07.773.4728.9711.5
janta937771755420.08.354.15653.76
SCB144049305.2862.333.6325.73
sanima1010785454380.07.920.224.317.3
NIC Asia282880820081657.3526.693012.27
Nepal bank187727012364147.2727.1514.3626.97
prabhu bank26008037720728.22-3.640-4.19
kumari bank20616396754478.3316.5834.381.02
sunrise20265561417158.316.9922.9512.82
prime387851515672587.8524.520.917.18
century7122233972038.497.111586.36
agriculture55749209.4314.8134.565.04
laxmi bank14935492587938.078.9569.166.54
NBB1398400808708.247.67754.49
Grand2440329350568.76  -380
Himalayan26031214130597.3337.0823.4617.02

बैंकहरुको सेयर धितोमा कर्जा पनि ८६ प्रतिशतले बढेर ११ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। कुल कर्जाको तुलनामा यो रकम १.२८ प्रतिशत मात्र हो। 
 
बैंकहरुको खुद व्याज आम्दानी १८.१२ प्रतिशतले बढेर १० अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। अधिकांश बैंकको व्याज लागत पनि घटेको देखिन्छ। नेपाल बंगलादेश बैंकको १९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको पाँच प्रतिशतले व्याज आम्दानी घटेको छ। मेगा बैंक, कृषि बिकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको यस्तो आम्दानी निकै कम दरले बढेको छ। 

Bank (Rs.000)Paid upReserveOperating profitProvisionWrite Back
Global IME5011600157407133051613555515845.0
Nmb200000012088781945871804417495
Ncc14700001289069918823206837937
Ebl21373883710897611918340420
Bok21202121594214253742180044522
Citizens2379540488078165883967190
Lumbini2000833627231614196001330761
Sbi265020623279433882723293913269.0
Nabil365660258605427839361492851447.0
NIB47687143648083538720197912235793.0
Siddartha20311801113866202761467630.0
Machhapuchare27762506497501968105406618691
Mega2330000513000126977248100
janta2060000168590-2107610165353845
SCB224583931920234866003885557899
sanima255024041408220320527966599
NIC Asia265828523690102207989897319757
Nepal bank6455002-23297544036491802320941
prabhu bank3208885-419775-323130411894196836
kumari bank243168256776142440910228137
sunrise2349428617535140758225739415
prime2638699116627120622010070247780
century200000027362552514459663475
agriculture96368006310638136198316491154151
laxmi bank2337966888360678471324200
NBB24313691725506505347391322687
Grand2000000-1704243-33647729257155847
Himalayan28980003644846415013602150

बैंकहरुको खुद व्याज आम्दानीमा सुधार भएपछि पुँजी लागत (कस्ट अफ फन्ड) पनि घटेको छ। औसतमा २८ कम्पनीको पुँजी लागत ४.५२ प्रतिशत छ। ग्राण्ड बैंकको यस्तो लागत सबैभन्दा धेरै सात प्रतिशत र स्ट्याण्डर्ड चार्टर्डको सबैभन्दा कम २.१ प्रतिशत छ। 
 
अघिल्लो बर्ष बैंकहरुले राइट ब्याकका कारण नाफा बढाए पनि यसपटक त्यस्तो देखिएको छैन। आठ वटाले राइट ब्याक रकम बढाएका छन् भने १० वटाको घटेको छ। जनता, एनआइसी एसिया र प्रभु बैंकले पनि यसपटक राइट ब्याक गरेको देखिन्छ। बैंकहरुको जोखिम वापत हर्जाना रकम ११ प्रतिशतले बढेको छ। बैंकहरुले यसअघि दुई अर्ब ५० करोड रुपैयाँ यस्तो व्यवस्था अर्न्तगत रकम छुट्याएकोमा यसपटक दुई अर्ब ८० करोड रुपैयाँ पुर्याएका छन।
 
कुल कर्जामा खराब कर्जाको हिस्सा सबैभन्दा धेरै हुनेमा ग्राण्ड र प्रभु बैंक रहेका छन। बैंकहरुको क्रमश २५ र १५ प्रतिशत खराब कर्जा छ। 
copy pest:विजयराज खनाल/बिजमाण्डू 

Sunday, November 16, 2014

नेपाल बैंकको नाफा उच्चदरले बढ्यो, खुद व्याज आम्दानी र राइटव्याक नाफा बढाउने प्रमुख कारण -

काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा खुद नाफा उच्च दरले बढाएको छ । बैंकले साउन देखि असोजसम्मको अवधिमा २६ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको यही अवधिमा जम्मा दुई करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा खुद नाफा उच्च दरले बढाएको छ । बैंकले साउन देखि असोजसम्मको अवधिमा २६ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको यही अवधिमा जम्मा दुई करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।


बैंकले खुद व्याज आम्दानी पनि बढाएको छ । गत वर्षको तुलनामा व्याज आम्दानी १६ करोड बढेको छ । व्याज आम्दानी बढ्दो क्रममा छ भने व्याज खर्च घट्दो क्रममा छ । यसले खुद व्याज आम्दानी बृद्धि गर्न सहयोग पुग्यो । बैंकको चुक्ता पूँजी तीन अर्ब ९६ करोडबाट बढेर छ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । यसले गर्ने आम्दानीबाट पनि नाफा बढाउन सहयोग पुग्छ । बैंकको पूँजीको लागत घट्दो क्रममा छ भने स्प्रेड पनि घटेको छ । बैंकले कर्जा र निक्षेप दुबै बढाएको छ । एक वर्षको अवधिमा निक्षेप सात अर्ब र कर्जा पाँच अर्ब बढ्यो । व्यापारको आकार बढ्दा पनि बैंकलाई नाफ बृद्धि गर्न सहयोग पुगेको हो । यो बैंक तरलता धेरै राख्ने मध्येमा पर्छ । तीन महिनामा बैंकको औसत कर्जा निक्षेप अनुपात ५६ प्रतिसत मात्रै छ । 
- copy from:bizmandu

Friday, November 14, 2014

Himalayan Bank's profit rises by 54.82%, NPL drops to 2.18%

ShareSansar, November 14:

Himayalan Bank Limited (HBL) reported 54.82 percent increase in its net profit for first quarter of the current fiscal year 2071/72.

Publishing the unaudited financial report for the first quarter today, the bank has stated that its net profit has increased to Rs 26.86 crore up from Rs 17.35 crore as compared to the corresponding quarter of the last fiscal year 2070/71.

The net profit was mainly accompanied by the core business of the bank as the net interest income rose to Rs 59.03 crore up from Rs 50.52 crore as compared to the corresponding quarter.

Moreover, the provision for possible loss has also declined to Rs 6.02 crore from Rs 17.73 crore during the given period.

The commercial bank has increased its deposits to Rs 68.91 arba as compared to the corresponding quarter which was Rs 59.36 arba likewise, the loan and advances reached to Rs 50.54 arba in the first quarter compared to Rs 41.72 arba in the corresponding quarter.

Its non performing loan has also reduced to 2.18 percent as compared to 2.65 percent in the corresponding quarter of last fiscal year.

Its annualized EPS stands at Rs 37.08, per share net worth at Rs 225.77 and the P/E ratio is 23.46 times.

FOR FINANCIAL REPORT: CLICK HER

Wednesday, November 12, 2014

नागबेली लघुवित्तको ४० बोनससहित ६० प्रतिशत लाभांश, काठमाडौ फाईनान्सको ८ प्रतिशत बोनस र शत प्रतिशत हकप्रद


नागबेली लघुवित्त विकास बैंकले लगानीकर्तालाई गत बर्षको खुद नाफाबाट ३९.८६ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश  दिने प्रस्ताव गरेको छ । 

बैंक संचालक समतिको बैठकले गरेको सो प्रस्ताव राष्ट्रबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । 

बैंकको चुक्ता पूँजी हाल १ करोड ४३ लाख रुपैयाँ मात्र छ । 
त्यस्तै काठमाडौ फाईनान्सले ८ प्रतिशत बोनस शेयर जारी गरेपछि हुन आउने चुक्ता पूँजीमा शत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ । फाईनान्सको १९ औं साधारणसभाले यसअघि २० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेकोमा त्यसलाई समेत संशोधन गरी पुरानो १ बराबर नयाँ १ शेयर हकप्रद जारी गर्ने प्रस्ताव गरिएको हो । कम्पनीको हाल चुक्ता पूँजी १७ करोड रहेकोमा बोनस र हकप्रद जारीपछि साढे ३६ करोड रुपैयाँ पूँजी पुग्नेछ ।
फाईनान्सले मंसिर १८ मा २० औं साधारणसभा गर्दैछ ।




Mero Lagani 

Nov 12, 2014

सांसद र प्राध्यापकहरु बैंक तथा बित्तीय संस्थाको बोर्डमा बस्न नपाउने नियम आउँदै, कसलाई पर्छ असर ?

नेपाल राष्ट्र बैंकले बित्तीय क्षेत्रमा सुशासन कायम गर्न सांसद र प्राध्यापकहरु कुनै पनि बैंक तथा बित्तीय संस्थाहरुको संचालक समितिमा बस्न नपाउने नियम लागु गर्ने तयारी गरेको छ । 
 
राष्ट्र बैंकले वैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन (वाफिया) मा संशोधनको पहल गरी यस्तो ब्यवस्था गर्न लागेको हो । 

अघिल्लो संविधानसभामा वैंकिङ क्षेत्रका राजेन्द्र खेतान, विनोद चौधरी लगायतका व्यक्तिहरु सभासद् हुँदा आफ्नो स्वार्थ अनुसार राष्ट्र वैंकलाई प्रभावित पारेकोले बैंकिङ क्षेत्रको सुशासनमा असर परेको राष्ट्र बैंकका अधिकारीहरुको ठहर छ । त्यसैगरी अहिले नेकपा एमालेको आडमा सभासद् ईच्छाराज तामाङले आफ्नो स्वार्थ अनुकुल निर्णय गर्न राष्ट्रवैंकलाइ दवाव दिदै आएका श्रोतको भनाई छ ।  हाउजिङ व्यवसायी तथा सिभिल बैंकका अध्यक्ष तामाङ सामानुपातिक कोटाबाट एमाले सभासद् बनेका हुन । राष्ट्रवैंकले तयार पारेको ऐनको संशोधन मस्यौदा पारित भएमा उनले सांसद वा सिभिल  वैंकको अध्यक्षको पद त्याग्नुपर्ने हुन्छ ।  
 
राष्ट्रवैंकका प्रवत्ता मनमोहन कुमार श्रेष्ठले वैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) संशोधनको अन्तिम गृहकार्य सकिएको र यसै साता भित्रमा अर्थ मन्त्रालय पठाईने जनाए । ऐन संशोधन प्रस्तावमा अव देखि कुनै पनि सांसद वैंक तथा वित्तिय संस्थाको कार्यकारी प्रमुख र संचालकको पदमा रहन नपाउने कडा व्यवस्था  रहेको जनाईएको छ । 
 
ऐनको संशोधन प्रस्तावमा प्राध्यापकहरुलाई पनि वैंक तथा वित्तिय संस्थाको प्रमुख तथा संचालक बन्नबाट बंचित गरिने उल्लेख छ । नेपाल बैंक ब्यवस्थापन समितिका संयोजक प्राध्यापक डा. देबराज अधिकारी, मेगा बैंकका प्राध्यापक डा. मदनकुमार दाहाल, टुरिजम बैंकका अध्यक्ष प्राध्यापक डा. पुष्पराज कंडेललगायतका ब्यक्तिहरुलाई यसले असर पार्ने देखिएको छ ।
 
यता, बैंकर्स संघका अध्यक्ष राजनसिंह भण्डारीले भने वाफिया संशोधन छलफलमा आफुहरु सहभागी भए पनि सांसद र प्राध्यापकहरुलाई बैंकको संचालक र ब्यवस्थापक हुनबाट रोक्ने कुरामा सहमत नहुने बताए ।


copy:Mero Lagani 
Nov 12, 2014

१६ बर्षपछि नेपाल बैंकको साधारणसभा हुँदै, मंसिर २६ को तिथि प्रस्ताव

सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले झण्डै १६ बर्षको अन्तरालपछि विशेष साधारणसभा गरेर सर्वसाधारण शेयरधनीलाई बैंकको ब्यवस्थापन हस्तान्तरण गर्ने भएको छ ।
बैंकको विशेष साधारणसभाका लागि आगामी मंसिर २६ गतेको तिथि प्रस्ताव गरिएको छ । 
नेपाल बैंकका कायम मुकायम महाप्रबन्धक दुर्गाराज रेग्मीले मंसिर २६ गतेका लागि साधारणसभाको मिति प्रस्ताव गरिएको जानकारी दिदैं त्यसमा आधिकारिक निर्णय हुन भने बांकी रहेको बताउनुभयो । उहाँले १६ बर्षपछि हुन लागेको सो साधारणसभामा नयाँ संचालक समितिको निर्वाचन मुख्य एजेण्डा हुने पनि उल्लेख गर्नुभयो । 
 
खराब कर्जाले झण्डै धरासायी हुन लागेको बैंकलाई विदेशी ब्यवस्थापन समूह हुँदै नेपाल राष्ट्र बैंकले आफ्नो टोली पठाएर सुधार गरेको छ । बैंकको पूँजी कोष धनात्मक हुँने स्थितिमा छ भने गत आर्थिक बर्षमा १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा गरेको छ ।
 
बैंकमा नेपाल सरकारको ६२ र सर्वसाधारणको ३८ प्रतिशत स्वामित्व छ । साधारणसभापछि बैंक संचालक समितिमा सर्वसाधारण शेयरधनीको समेत प्रतिनिधित्व भएपछि आगामी बर्ष उल्लेखनीय प्रगति गर्ने अपेक्षा गरिएको छ । 

copy:Mero Lagani 
Nov 11, 2014

माछापुच्छ्रे बैंकको आकर्शक लाभांश, बोनसका साथमा हकप्रद पनि जारी हुने

माछापुच्छ्रे बैंकले  यसपालि लगानीकर्तालाई आकर्शक प्रतिफलको घोषणा गरेको छ । 
 
बैंकले लगानीकर्तालाई गत बर्षहरुको नाफाबाट १२ प्रतिशत बोनस शेयर दिएपछि २० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ । बोनस र हकप्रद जारीपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ७० करोड पुग्ने छ । 

बैंक संचालक समितिको बैठकले मंसिर २६ गते पोखरामा सोह्रौ साधारण सभा आयोजना गर्ने निर्णयसहित लाभांश प्रस्ताव गरेको हो ।  हकप्रद शेयर निश्काशन भएपछि शेयरधनीले हाल कायम ५ शेयर बराबर नयाँ १ शेयरका लागि आबेदन गर्न पाउनेछन् । त्यस्तै शेयर सदस्यहरुको हकप्रद शेयर खरिद गर्नपाउने हक हस्तान्तरण गर्न पाउने ब्यवस्था पनि साधारणसभाबाट गरिने भएको छ । साधारणसभाले संस्थापक समूहका ५ संचालक सदस्यहरुको निर्वाचन पनि गर्ने भएको छ ।
 
बिनिता प्रधानलगायतका ऋणीहरुका कारणले समस्यामा परेको बैंकले उपेन्द्र महतोलगायतका गैर आबासीय नेपालीहरुले प्रबद्र्धन गरेको स्टान्डर्ड फाईनान्सलाई आफुमा गाभेर सुधारको दिशामा अघि बढेको थियो । बैंकले यस आर्थिक बर्षको पहिलो त्रैमासमा उल्लेखनीय प्रगति गरी प्रति शेयर आम्दानी २७ रुपैयाँ पुर्याएको छ । २ अर्ब ७७ करोड चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक बर्षमा ४५ करोड खुद नाफा गरेको थियो । 


copy:Mero Lagani 
Nov 12, 2014