नेपाल स्टक एक्सचेन्जमा बिहीबार भएको शेयर कारोबार मध्यसमयसम्म उत्साहजनक भए पनि अन्त्यमा सकात्मक विन्दु मात्रमा टेकेर बन्द भयो ।
कारोबारको मध्य समयसम्म लगातार बढेको नेप्से त्यसपछि घट्दै गई अन्त्यमा ०.४७ अंकले सकारात्मक भई ९२३.५९ मा बन्द भयो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा झण्डै ३ करोडले कमी आई २५ करोड ५८ लाख मात्र भयो ।
अधिल्लो दिन नेको ईस्योरेन्सको संस्थापक शेयर उपेन्द्र महतो समूहले खरिद गरेको समाचार बाहिर आएपछि सो कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ । बजार बन्द हुने बेलामा पनि सो कम्पनीको शेयर खरिद गर्न ६ हजार कित्ताको माग बांकी नै थियो ।
त्यसैगरी मेट्रो बिकास बैंक, फेवा फाईनान्स र सिद्धार्थ विकास बैंकका शेयरहरु पनि उच्च अंकले बढे । लक्ष्मी बैंकले २० प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव गरी कार्तिक २६ मा साधारणसभा गर्ने निर्णय सार्वजनिक गरेपछि त्यसको मूल्य बढ्नुका साथै सबैभन्दा धेरै रकम १ करोड ७३ लाख बराबरको शेयरको कारोबार भयो । त्यसैगरी नेशनल लाईफ ईन्स्योरेन्स, कुमारी बैंक, नेको ईन्स्योरेन्स, प्राईम लाईफ ईन्स्योरेन्स र एशियन लाईफ प्रत्येकका १ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भयो ।
अर्कोतर्फ मल्टिप्रपोज फाईनान्स, नारायणी नेशनल फाईनान्स र जानकी फाईनान्सका शेयर मूल्य सबैभन्दा धेरै प्रतिशतले घटे । महिनाको अन्तिम दिनको कारोबार सकारात्मक विन्दुमा अडिएर बन्द भएको छ भने अघिकांश समूह सूचकहरु सकारात्मक रहेका छन् । Mero Lagani
Oct 16, 2014
No comments:
Post a Comment