लक्ष्मी बैंकले लगानीकर्तालाई गत बर्षको खुद नाफाबाट २० प्रतिशत बोनस शेयरको प्रस्ताव सहित कार्तिक २५ मा साधारणसभा गर्ने निर्णय गरेको छ ।
बैंक संचालक समितिको १ सय ५५ औं बैठकले २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गर्दै बैंकको १४ औं साधारणसभा कार्तिक २५ मा गर्ने निर्णय गरेको हो । यसअघि बैंकको १३ औ साधारणसभाले २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेकोमा आगामी साधारणसभामा त्यसलाई संशोधन गरी ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव लगिने निर्णय पनि गरिएको छ ।
बैंकको गत आर्थिक बर्षको अन्त्यसम्म चुक्ता पूँजी १ अर्ब ९४ करोड र प्रति शेयर आम्दानी २२ रुपैयाँ रुपैयाँ रहेको छ ।
Mero Lagani
Oct 16, 2014
Oct 16, 2014
No comments:
Post a Comment