काठमाडौं। कारोबार खुलेदेखि बढ्ने क्रममा देखिएपनि नेप्से परिसूचक लगभग स्थिर रह्यो। नेप्से परिसूचक ०.४७ अंकले बढेर ९२३ मै रह्यो। कारोबार अवधिमा करिब आठ अंकसम्म बढेको नेप्से पछि घटेको हो। तुलनात्मक रुपमा बीमा कम्पनीमा लगानीकर्ताहरुले लगानी बढाइरहेका देखिन्छन । यो क्षेत्रका कम्पनीमा मात्रै आठ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । २१ कम्पनीमा विहीवार यति रकमको लगानी भएको हो । यस दिन २५ करोड ५८ लाख रुपैयाँ कुल कारोबार भएको छ ।
पुँजी बढि तोकेर भएपनि नयाँ बीमा कम्पनीलाई अनुमती दिने बिषयमा बीमा समितिमा छलफल चलेको समाचार पछि यो क्षेत्रमा लगानीकर्ता आकर्षित भएका हुन । पूँजी वृद्धि गरेर नयाँलाई अनुमती दिदा पुरानालाई पनि निश्चित समयपछि पुँजी वृद्धि गराउन लगाउनेछ भन्ने अपेक्षामा लगानीकर्ता देखिएका छन । तर हाल भने नयाँ कम्पनी खोल्न दिने बिषयमा छलफल मात्र भएको हो ।
वाणिज्य बैंकमा २४ कम्पनीको सर्वसाधारण र दुईको संस्थापक समूहका सेयर कारेबार भएको छ। यो समूहले सबैभन्दा धेरै रकम (१० करोड २५ लाख रुपैयाँ) तान्यो। यो समूहको परिसूचक भने २.४३ अंकले घटेको छ। क बर्गमा रहेका कम्पनीहरुको कारोबार मापक सूचक सेन्सेटिभ परिसूचक पनि बढ्न सकेन।
वाणिज्य बैंकमा २४ कम्पनीको सर्वसाधारण र दुईको संस्थापक समूहका सेयर कारेबार भएको छ। यो समूहले सबैभन्दा धेरै रकम (१० करोड २५ लाख रुपैयाँ) तान्यो। यो समूहको परिसूचक भने २.४३ अंकले घटेको छ। क बर्गमा रहेका कम्पनीहरुको कारोबार मापक सूचक सेन्सेटिभ परिसूचक पनि बढ्न सकेन।
२० प्रतिशत बोनस सेयर र त्यसपछि ३० प्रतिशत हकप्रद सेयर दिने घोषणा गरेको लक्ष्मिले पनि लगानी तानेको छ। बैंकको एक करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। बैंकले यसअघि २५ प्रतिशत हकप्रद सेयर दिने निर्णय गरेको भएपनि त्यो निर्णय फेरेर ३० प्रतिशत दिने भएको हो।
बागमती डेभलपमेन्ट बैंकले पनि १०.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको नेप्सेमा सुचना छ। एक सय ४१ कम्पनीको यस दिन सेयर कारोबार भएको छ । बैंकिङ, वित्त कम्पनी र उत्पादन मुलक समूहको परिसूचक घटेको छ। bizmandu
No comments:
Post a Comment