कुमारी बैंकले आफ्नो चौथो साधारणसभा आगामी कार्तिक २६ मा आयोजना गर्ने भएको छ ।

Mero Lagani
Oct 15, 2014
साधारणसभामा बैंकको संचालक समितिले प्रस्ताव गरेको ३३ प्रतिशत बोनस शेयर वितरण र कम्पनीलाई मर्ज वा एक्विजिशनमा लैजाने प्रस्तावबारे मुख्य रुपमा छलफल हुने जनाईएको छ । बैंकको साधारणसभा प्रयोजनका लागि कार्तिक ५ गतेदेखि कार्तिक २६ गतेसम्म शेयरधनी दर्ता किताव बन्द हुने छ । कार्तिक ४ गतेसम्म शेयर किनी नामसारी गराउने लगानीकर्ताले ३३ प्रतिशत बोनस शेयर र साधारणसभामा भाग लिने अबसर पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले तोकेको अनिवार्य पूँजी सिमा २ अर्ब नपुगेकोले बैंकले जगेडा कोष समेत उपयोग गरी बोनस शेयर दिएर पूँजी बृद्धि गर्न लागेको हो । कुमारी यस बर्ष सबैभन्दा धेरै बोनस शेयर प्रस्ताव गर्ने दोस्रो बाणिज्य बैंक हो । कुमारीलाई उछिन्दै एनसीसी बैंकले ३७ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ ।
Oct 15, 2014
No comments:
Post a Comment