Sunday, November 9, 2014

सुनमा लगानी गर्ने ? पर्खनुस्


नेपालमा आयातीत सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । बिहीबार मात्रै सुनको मूल्य प्रति तोला ५ सय रुपैयाले घटेको छ ।  

नेपाल सुनचाँदी ब्यवसायी महासंघले बिहीबार छापावाल सुन ४९ हजार १ सय र तेजावी सुन ४८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको जनाएको छ । त्यस्तै चाँदीको मूल्यमा पनि कमी आई प्रति तोला ६ सय ६५ रुपैयाँमा कारोबार भएको छ । 
नेपालमा बैंकहरुले आयात गरेको सुन बिक्री नभएर थन्किएको अबस्थामा भाऊ अरु घट्ने आंकलन गरिएको छ । नेपालमा चोरी पैठारी हुँदै सुन भित्रिने गरेकोले मूल्यमा अझै असर पर्ने छ । २०७० भदौमा प्रति तोला ६३ हजार रुपैयाँ नाघेको सुनमा त्यसपछि क्रमशः गिरावट आएको हो ।
अहिले अमेरिकी अर्थतन्त्र बलियो भएपछि सुनको भाऊ घटेको बताईएको छ । अन्तर्राष्ट्रिय  बजारमा सुनको भाऊ घट्ने क्रम जारी छ । ब्लुमबर्गका अनुसार बिहीबार अन्र्तराष्ट्रिय बजारमा सुनको भाऊ प्रति औस १।४० डरले कमी आई ११४४।३० डलरमा झरेको छ । पाँच बर्ष अघि अन्र्तराष्ट्रिय बजारमा सुनको भाऊ प्रति औंस १०५२ डलर थियो । 
मूल्य घट्दो क्रममा रहेकाले सुनमा लगानी गर्ने तयारीमा रहेकाहरुले अझै केही समय धैर्य गर्दा फाईदा हुने देखिएको छ । 
Mero Lagani 
Nov 06, 2014

नबिल, एभरेष्ट र ग्लोबल आईएमईमा कसको कमाई राम्रो ?

 
देशका मुख्य र ठूला बाणिज्य बैंकहरु मध्ये नबिल, एभरेष्ट र ग्लोबल आईएमईले शुक्रबार एकसाथ चालु आर्थिक बर्षको पहिलो त्रैमासको बित्तीय विवरण प्रकाशित गरेका छन् । 
 
निक्षेप, कर्जा, ब्याज र संचालन आम्दानी बढाउन ग्लोबल आईएमईले उल्लेखनीय प्रगति गरेको देखिए पनि समग्र अबस्थामा नबिललाई एभरेष्टले पछ्याउँदै सर्वाधिक खुद नाफा गरेका छन् ।
 
३ अर्ब ६५ करोड चुक्ता पूँजी रहेको नबिलले यस आर्थिक बर्षको प्रथम त्रैमासमा ५१ करोड खुद नाफा गर्न सफल भएको छ । त्यसैगरी २ अर्ब १३ करोड चुक्ता पूँजी रहेको एभरेष्टले ३९ करोड ११ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ भने ५ अर्ब पूँजी नघाएको ग्लोबल आईएमईले पहिलो त्रैमासमा २२ करोड ३९ लाख खुद नाफा गरेको छ  
गत आर्थिक बर्षको पहिलो त्रैमासमा  नबिलले ४५ करोड ७८ लाख खुद आम्दानी गरेकोमा यसपटक ५ करोड रुपैयाँले खुद नाफा बढाएको देखिन्छ भने एभरेष्टले ३५ करोड १० लाख खुद नाफा गरेकोमा यस त्रैमासमा ४ करोड बढाउन सफल भएको छ । त्यसैगरी ग्लोबल आईएमईले गत आर्थिक बर्षको पहिलो त्रैमासमा २७ करोड १४ लाख खुद नाफा गरेकोमा यस त्रैमासमा ५ करोडले कमी आएको देखिएको छ ।  
प्रतिशेयर आम्दानी बार्षिकीकरण गरी हिसाव गर्दा एभरेष्टको सबैभन्दा बढी ७७ रुपैयाँ ५५ पैसा, नबिलको ६५ रुपैयाँ ७० पैसा र ग्लोबल आईएमईको १७ रुपैयाँ ७८ पैसा रहेको छ । 
 
 
 
निक्षेप र कर्जाको अबस्था 
 
नबिलको गत आर्थिक बर्षको त्रैमासमा ७१ अर्ब ९१ करोड निक्षेप रही  ४८ अर्ब ८२ करोड कर्जा परिचालन गरेकोमा यस त्रैमासमा निक्षेप ९ अर्ब बढेर ८० अर्ब ५३ करोड र कर्जा ६१ अर्ब ७९ करोड पुगेको देखिएको छ । त्यसैगरी एभरेष्टको गत आर्थिक बर्षको पहिलो त्रैमासमा ५८ अर्ब ६९ करोड निक्षेप रहेकोमा त्यो झण्डै ७ अर्बले बढेर ६६ अर्ब १६ करोड र कर्जा ८ अर्बले बढेर ५३ अर्ब ५५ करोड पुगेको छ । ग्लोबल आईएमईको गत बर्षको प्रथम त्रैमासमा ३५ अर्ब ३५ करोड निक्षेप र २८ अर्ब ५९ करोड कर्जा परिचालनको स्थिति रहेकोमा यस बर्ष १८ अर्ब निक्षेप बढाई ५३ अर्ब ८९ करोड पुर्याएको छ भने कर्जातर्फ पनि १७ अर्बले बृद्धि गरी ४५ अर्ब ५३ करोड पुर्याएको छ । 
ग्लोबलको आम्दानी बढ्यो
नबिलले ब्याज आम्दानीमा ८ करोड बढाई ९३ करोड र संचालन मुनाफामा ६ करोडले बढाएर१ ऋर्ब २६ करोड, एभरेष्टले ब्याज आम्दानीमा झण्डै ६ करोड बढाएर ७१ करोड पुर्याएको छ भने संचालन मुनाफा भने ९ करोडले बढाएर ८८ करोड पुर्याएको छ । त्यसैगरी ग्लोबल आईएमईले ब्याज आम्दानीमा झण्डै २१ करोडले बढाएर ५६ करोड पुर्याएको छ भने संचालन मुनाफा २८ करोडले बढाएर ७५ करोड पुर्याएको छ । नबिल र एभरेष्टको तुलनामा ग्लोबलआईएमईको आम्दानी उल्लेखनीय रुपमा बढेको देखिएको छ । 
 
 
कर्मचारी र संचालन खर्च
 
त्यसैगरी कर्मचारी प्रशासन खर्चतर्फ हेर्दा नबिलले गत आर्थिक बर्षको पहिलो त्रैमासमा १७ करोड ७० लाख रुपैयाँ कर्मचारी प्रशासनमा खर्च गरेकोमा यस बर्ष १७ करोड ९९ लाख रुपैयाँ पुगेको छ भने संचालन खर्च ११ करोड ९४ लाख रहेकोमा यसपल्ट १३ करोड ४६ लाख भएको छ । त्यस्तै एभरेष्टको गत बर्षको पहिलो त्रैमासमा कर्मचारी प्रशासन खर्च १२ करोड ८५ लाख रहेकोमा यस बर्षको सोही अबधिमा १३ करोड ४५ लाख र संचालन खर्च ९ करोड २० लाख रहेकोमा यस बर्षको सोही अवधिमा १० करोड २१ लाख पुगेको छ । ग्लोबल आईएमईको कर्मचारी प्रशासन खर्च ९ करोड १९ लाख रहेकोमा झण्डै ६ करोडले बढी १५ करोड ५ लाख पुगेको छ भने संचालन खर्चमा पनि २ करोडले बृद्धि भई १४ करोड नाघेको छ । 
निक्षेप लागत तर्फ एभरेष्टले ४.१३ बाट ३.०८ मा नबिलले ३.८६ बाट २.७६ मा र ग्लोबल आईएमईले ६.३१ बाट ४.१३ मा झारेको छ । 
 
 
 
 नबिल बैंकएभरेष्ट बैंकग्लोबलआईएमई
 यस बर्षगत बर्ष  प्रगति प्रतिशतयस बर्षगत बर्ष प्रगति प्रतिशतयस बर्षगत बर्ष प्रगति प्रतिशत
पूँजी365.66304.6  20.05213.7192.111.25501.2241.81107.3
lनिक्षेप8060.87192.8  12.076616586912.7353893535.5252.44
कर्जा6179.74882  26.585355451218.745532859.5959.24
ब्याज आम्दानी92.5485.63   8.0771.2165.368.9556.1935.3958.77
कर्मचारी खर्च17.9917.7   1.6412.4512.85-3.1114.949.1962.57
;संचालन खर्च13.4611.94  12.7310.219.210.9813.9212.2413.73
;संचालन नाफा78.3957.17  37.1261.1955.0211.2133.0515.31115.9
खुद नाफा51.0145.78  11.4239.1135.111.4222.2727.14-17.9

निस्क्रिय कर्जामा ग्लोबल कमजोर
 
निस्क्रिय कर्जातर्फ  नबिलले ३.३१ बाट २.१० प्रतिशतमा सिमित गरेको छ र १ करोड ४ लाख रुपैयाँ जोखिम ब्यहोर्ने कोषबाट नाफामा देखाएको छ भने एभरेष्टको गत बर्षको पहिलो त्रैमासमा ०.६० मा रहेको निस्क्रिय कर्जामा केही बृद्धि भएर ०.६३ पुगेको छ भने ३ करोड ४० लाख जोखिम कोषमा राख्नु परेको छ । त्यस्तै ग्लोबल आईएमईको गत आर्थिक बर्षको प्रथम त्रैमासमा भन्दा यस बर्षको सोही अवधिमा ०.२९ प्रतिशतले निस्क्रिय कर्जा बढ्न गई २.८८ प्रतिशत पुगेको छ भने १३ करोड ५३ लाख जोखिम ब्यहोर्ने कोषमा राख्नु परेको छ । बैंकले १ करोड ५८ लाख जोखिम ब्यहोर्ने कोषबाट नाफामा देखाएको छ । 
 
बैंकका अन्य सूचकहरु 
 
नबिलको जगेडा कोषमा ५ अर्ब ८७ करोड, एभरेष्टको ३ अर्ब ७१ करोड र ग्लोबल आईएमईको १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । नबिलको प्रतिशेयर नेटवर्थ ३१३, एभरेष्टको २८३.९५ र ग्लोबल आइृएमईको १३१.४१ रहेको छ भने मुल्य आम्दानी अनुपाततर्फ नबिलको ३५.६१, , एभरेष्टको २४.६४ र ग्लोबल आईएमईको ३९ रहेको छ । नबिलको दोस्रो बजारमा हाल प्रतिशेयर मूल्य २ हजार २ सय २०, एभरेष्टको १ हजार ८ सय २० र ग्लोबल आईएमईको ५ सय १४ रुपैयाँ रहेको छ । 
 
ग्लोबलमा मर्जको प्रभाव आंकलन
 
कमर्ज एण्ड ट्रष्टलगायत ६ वटा बैंक तथा बित्तीय संस्थाहरुलाई आफुमा गाभेको ग्लोबल आईएमईमा त्यसको पनि प्रभाव परेको हुनसक्ने आंकलन गरिएको छ । गाभिएका बित्तीय संस्थाहरुको पनि निक्रिय कर्जाको भार र कर्मचारी प्रशासन खर्च ब्यहोर्नु परेकोले बैंकले उल्लेखनीय खुद नाफा देखाउन नसके पनि बैंकको अबस्था सवल हुँदै गएको देखिन्छ । सबैभन्दा धेरै पूँजी भएको बाणिज्य बैंक बनेर आफुलाई नेपालको अग्रणाी बैंकमा ग्लोबलले स्थापित गरेको छ । नबिल र एभरेष्ट पहिलेदेखि नै सवल बैंकमा स्थापित हुँदै आएका छन् । 

Recovery Continues, Machhapuchchhre Bank again reports astounding profit rise of 182% in Q1

ShareSansar, November 7:

Like previous quarter of last fiscal year, Machhapuchchhre Bank Limited has reported a massive rise in net profit in the first quarter of the current fiscal year 2071/72.

Publishing the unaudited quarterly report for the first quarter today, the commercial bank has stated that it has posted a profit rise of 182 percent in the quarter as its net profit rose to Rs 19.03 crore, up from Rs 6.74 crore in the corresponding quarter last fiscal year.

Machhapuchchhre’s net interest income has surged to Rs 34.33 crore, up from Rs 21.04 crore in the first quarter of the last fiscal year. 

Similarly, the bank also mobilized Rs 37.37 arba in deposits and Rs 30.44 arba in loan as compared to Rs 28.89 arba in deposits and Rs 23.49 arba in loan in the corresponding quarter of the last fiscal.

The bank also recovered Rs 1.86 crore as the write back of the amount provisioned for possible losses; Whereas it has provisioned Rs.5.40 crore for the same.

The bank’s non-performing loan has slightly increased to 2.04 percent in the Q1 compared to preceding quarter Q4 1.78 percent.

Its EPS has surged to Rs.27.43 from Rs 10.88 in the corresponding quarter, and its net worth per share has also risen to Rs 123.40, up from Rs 115.52.

Nabil Bank’s profit surges to Rs 51 crore, Global IME earns Rs.22.39 crore in Q1

ShareSansar, November 7:

Nabil Bank Ltd profit has surged to Rs.51.01 crore in the first quarter of the FY 2071/72.

Publishing the unaudited financial quarterly report today, the bank stated that its net profit jumped to Rs 51.01 crore, up from Rs 46.47 crore in the corresponding period of the previous fiscal year 2070/71. 

Net interest income of the bank increased to Rs. 93 crore, up from Rs.86 crore in the previous year.  

The bank mobilized Rs. 80.50 arba in deposits and extended a total of Rs.61.79 arba on loans and advances in the same period.

It had mobilized Rs. 71.90 arba in deposits and Rs. 48.82 arba in loan in the corresponding quarter last fiscal year. 

The bank managed to write back Rs 14.47 lakh from the amount earlier provisioned for the possible loss.

The total provisioned amount for the possible loss is Rs. 14.92 crore during the preiod. 

There was a drastic decreased in the Non-performing loan (NPL) of the bank. It came down to 2.1 percent from 3.31 percent in the previous year.  

Nabil Bank’s annualized EPS is at Rs 65.70, while its P/E ratio stands at 35.61 times and its net worth per share at Rs 313.

Thursday, November 6, 2014

Garima Bikas Bank announces 8th AGM, offering 20% bonus and 25% right

ShareSansar, November 4:

Garima Bikas Bank Ltd has announced its 8th Annual General Meeting to be held on 9th Mangsir 2071, for this purpose shareholders book will remain closed from 25th kartik to 9th Mangsir.

The bank has scheduled its AGM on 9th Mangsir at Hotel Pokhara Grand, Pokhara.  

The bank has also proposed 20 percent bonus share which is subject to the approval of the AGM and also offering 25 percent right share in the near future.

There is also an election of 3 public directors in the AGM.

Nabil's AGM on Mangsir 16; investors holding till Kartik 26 to get 65% dividend

ShareSansar, November 6:

Nabil Bank Limited is holding its 30th Annual General Meeting on Mangsir 16, and has also announced the book closure for the same from 27th kartik to 16th Mangsir, 2071.

Only those shareholders who own the shares of the bank till Kartik 26 will be entitled to get the dividends to be offered by the bank.

It has proposed 65 percent dividend – 20 percent bonus share and 45 percent cash – to its shareholders from the profit it earned in the last fiscal year 2070/71.The decision, however, is subject to the approval of Bank’s AGM.

The major agendas for the AGM are approval of financial statement of FY 2070/71, election of one director representing Promoter “B” group and approval of dividend declared by the BOD.

Note that, the bank has earned Rs 2.32 billion in last fiscal year, up from Rs 2.23 billion in the corresponding period of the previous fiscal year 2069/70.

अरुण तेस्रोमा स्थानीयबासीले ६ प्रतिशत शेयर पाउने

अरुण तेस्रोमा स्थानीयबासीले ६ प्रतिशतसम्म शेयर पाउने भएका छन् । 
 
भारतीय कम्पनी सतलज जलविद्युत निगमको बोर्डले सहमति अनुमाोदन गरेपछि स्थानीयबासीले शेयर पाउने कुरा पक्का हुनेछ । नेपाल सरकारको लगानी बोर्ड र भारतीय कम्पनी सतलजबीचको अरुण तेस्रो जलविद्युत आयोजनाको उर्जा बिकास सम्झौता (पीडीए) वार्तामा सो सहमति भएको हो ।
 
वार्तामा २०७३ सम्ममा लगानी जुटाई निर्माण सुरु गरिने सहमति भएको छ । भारतीय प्रधानमन्त्री आउँनु अगाडि नै पीडीएमा हस्ताक्षर हुने तयारी गर्ने सहमति पनि भएको लगानी बोर्डका प्रबक्ता धनश्याम ओझाले बताउनुभयो । 
 
काठमाडौमा हिजोदेखि सुरु भई आज सकिएको वार्तामा नेपाल सरकारले २१.९ प्रतिशत अर्थात १ सय ९७ मेगावाट बिजुली निशुल्क प्राप्त गर्ने सहमति पनि भएको छ । संखुवासभा जिल्लामा बन्ने आयोजनाको क्षमता ९ सय मेगावाटको हुनेछ । 
 
आयोजनाबाट सन् २०२० सम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य किटान गरिएको छ । आयोजनाको विकास भारतीय कम्पनी सतलजको सहायक कम्पनी एसजेवीएन अरुण प्रोजेक्ट डेभलपमेन्ट कम्पनीले गर्नेछ ।  
 
सो आयोजनाबाट सरकारलाई २५ वर्षमा  १ सय १६ अर्बँ रुपैयाको रोयल्टी,  १ सय ६६ अर्ब रुपैयाँ बराबरको निशुल्क विद्युत  र ८० अर्ब रुपैयाँ बराबरको आयकर प्राप्त हुने छ । आयोजना २५ बर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गरिने छ ।
 
आयोजना प्रभावित क्षेत्रका जनताको ग्रामीण विद्युतीकरणका लागि सहयोग र प्रभावित घरधुरीलाई प्रति घर २० युनिट विजुली निशुल्क उपलब्ध गराईने सहमति पनि भएको छ ।
आयोजनाका लागि सरकारी ९८.१९ तथा निजी ८२ हेक्टर जग्गा अधिग्रहणको व्यवस्था मिलाईएको लगानी बोर्डले जनाएको छ । प्रभावित क्षेत्रका २ सय ३ घरधुरीलाई प्रत्यक्ष रोजगारी, पूर्वाधार विकास, स्रोत साधनको प्रयोगमा प्राथमिकता दिइने  भएको छ ।
 Mero Lagani 
Nov 05, 2014