Sunday, November 30, 2014

बैकहरुले अभौतिक शेयर धितोमा अझै ऋण दिन मानेनन्, सनराईज भन्छ–त्यस्तो ब्यवस्था छैन्

नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई शेयरका भौतिक प्रमाण पत्र, अभौतिक प्रमाण पत्र वा खाली हस्तान्तरण प्रक्रियामा रहेका शेयरहरु धितो राखेर ऋण प्रबाह गर्न अघिल्लो साता निर्देशन दिए पनि बैंकहरुमा त्यो अझै लागु हुन सकेको छैन् ।
शेयर धितोमा कर्जा माग आब्हान गरेको सनराईज बैंकले अभौतिक शेयर र खाली हस्तान्तरणमा ऋण नदिने बैंकको नीति रहेको स्पष्ट पारेको छ । सनराईजका शेयर कर्जा विभाग प्रमुखले मेरो लगानी डटकमसँग कुरा गर्दै नेपाल स्टक एक्सचेन्जले क बर्गमा बर्गीकरण गरेका कम्पनीहरुको साधारणतर्फको कागजी प्रमाणपत्रको धितोमा मात्र ऋण प्रबाह हुने स्पष्ट पारे । राष्ट्र बैंकले अघिल्लै साता अभौतिक शेयर धितोमा ऋण प्रबाह गर्न निर्देशन दिएको बारेमा सोध्दा उनले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने– हाम्रो बैंकमा त्यस्तो ब्यवस्था छैन् ।

सनराईजले ७.९९ प्रतिशत बार्षिक ब्याज दरमा एक बर्षका लागि शेयरको १ सय ८० दिनको औसत मूल्य वा अन्तिम मूल्यको ६० प्रतिशतसम्म रकम ऋण प्रबाह गरिने जनाएको छ । सेवा शुल्क एक प्रतिशत र प्रक्रियागत शुल्क एकमुष्ठ पाँच हजार रुपैयाँ लिएर ५ लाखदेखि १ करोड रुपैयाँसम्म कर्जा प्रबाह गरिने जनाईएको छ ।

उता, सानिमा बैंकको कर्जा विभागले पनि अभौतिक शेयर प्रमाणपत्र धितो राखेर कर्जा दिने ब्यवस्था अहिलेसम्म नभएको जनाएको छ । सो शाखाका कर्मचारीले हालसम्म भौतिक शेयर प्रमाणपत्रलाई नै आधार मानेर ऋण प्रबाह भईरहेकोमा त्यसमा फेरबदलको संकेत नभएको जनाए ।
राष्ट्र बैंकले आफ्नो सर्कुलरमा भौतिक शेयर प्रमाणलाई धितो राखेर ऋण प्रदान गर्ने ब्यवस्था कायम राख्दै अभौतिक शेयरको हकमा प्रचलित ब्यवस्था बमोजिम धितो बन्धक लिएको प्रमाण लिएर ऋण प्रबाह गर्न बैंक तथा बित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले शेयर खरिद रसिद र शेयर दलालको जमानतमा एक बर्ष अवधिका लागि शेयर धितो कजा( बीटी लोन ) दिन पनि रोक नलगाईएको स्पष्ट पारेको छ ।
यसअघि कागजी प्रमाणपत्र वा खाली हस्तान्तरण(बीटी) मा रहेका शेयरहरुको आधारमा मात्र ऋण लिन सकिने ब्यवस्था थियो ।
नेपाल राष्ट्र बैंकका अधिकारीहरुले नियमनकारी निकायको निर्देशन मान्नु बैंक तथा बित्तीय संस्थाहरुको कर्तब्य भए पनि ऋण लगानी गर्ने बारेमा भने उनीहरु स्वतन्त्र रहेको बताएका छन् । राष्ट्र बैंकका प्रबक्ता मनमोहनकुमार श्रेष्ठले राष्ट्र बैंकले अभौतिक शेयर धितोमा कर्जा प्रबाह गर्ने बाटो खोलेको हो, कहाँ र कसरी ऋण प्रबाह गर्ने भन्ने बारेमा बैंकहरुले नै निर्णय गर्ने कुरा हो भन्नुभयो ।

बैंकहरुले यसरी अभौतिक शेयर धितोमा कर्जा प्रबाह गर्ने बारेमा आनाकानी गरिरहेकाले शेयर अभौतिक गराईसकेका कतिपय लगानीकर्ताहरु प्रभावित हुने भएका छन् । सीडीएससीले हालसम्म लगानीकर्ताका २८ लाख कित्ता शेयर अभौतिकीकरण गरिसकेको छ ।

ग्लोबल आईएमईलार्इ बैंक अफ दी इयर अवार्ड, अध्यक्ष ढकाल र सिइअो बज्राचार्यले लण्डनमा लिए सम्मान

काठमाडौं । यस वर्षको बैंक अफ दी अवार्ड ग्लोबल आईएमई बैंकले पाएको छ । बेलायतमा विहीबार यो अवार्ड घोषणा गरिएको हो । 
 
बैंक अफ दी इयरको अवार्ड वित्तीय क्षेत्रमा निकै महत्वपूर्ण मानिन्छ । लण्डनको फाइनान्सियल टाइम्सको दी व्याङ्करले निश्चित सूचकहरुको विश्लेषणका आधारमा यो अवार्ड घोषणा गर्छ । द बैंकर पत्रिकाको निर्णायक मण्डलले नेपालबाट ग्लोबल आईएमई बैंकलाई यस वर्षको बैक अफ दी ईयरको बिजेता बैकको रुपमा छनौट गरेको हो । 
 
ग्लोबल आईएमई बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सम्मान ग्रहण गरेका छन् । लन्डनको पार्क लेन स्थित होटल ईन्टरकन्टिनेन्टलमा गत विहीबार द बैंकरद्वारा आयोजित कार्यक्रममा यो सम्मान हस्तान्तरण गरिएको हो । कार्यक्रममा एक सय ३० भन्दा बढि मुलुकका विजेता बैंकका प्रतिनिधिहरु उपस्थित थिए ।

बैक अफ दी ईयर लामो ऐतिहासिक पृष्ठभूमि भएको बिश्वमै प्रतिष्ठित अन्तर्राष्ट्रिय स्तरको बैंकिङ उपाधि हो । विजेता बैंकको व्यवस्थापन उत्कृष्ठ रहेको, व्यावसायिक संरचना सक्षम रहेको र जोखिम व्यवस्थापन उपयुक्त रहेको प्रमाणित गर्दछ । 
 
बैंकले हरेक वर्ष व्यवसायिकतामा गुणात्मक सुधार गर्दै गएको छ । बैंक अफ दी इयरको उपाधि पाउने बैंकको सेवामा गुणस्तरीयता छ भन्ने प्रमाणित हुन्छ । 
 
ग्लोबल आईएमईमा गत वर्ष कमर्ज एण्ड ट्रष्ट बैंक मर्ज भएको थियो । ग्लोबलमा पाँच वटा अन्य सस्था मर्ज भइसकेका छन् । चुक्ता पूँजीका आधारमा यो निजीक्षेत्रको एक नम्बरमाको बैंक पर्छ भने सञ्जालका आधारमा दोस्रो स्थानमा छ । गत आर्थिक वर्षमा बैंकले एक अर्व रुपैयाँ खुद नाफा कमाएको थियो । 
 
यस अघि नेपालबाट स्ट्याणर्डड चार्टड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डू, एनआईसी एशियाले यो अवार्ड जितेका थिए ।
bizmandu

Tuesday, November 25, 2014

नेपाल बंगलादेश बैंकले २२ प्रतिशत लाभांश प्रस्ताव बार्षिक साधारण सभामा लादै, मंसिर २९मा सभा

काठमाडौं। नेपाल बंगलादेश बैंकले मंसिर २९ गते २० औं बार्षिक साधारण सभा गर्ने भएको छ। बैंकले १० प्रतिशत बोनस सयर र १२ प्रतिशत नगद लाभांशको प्रस्ताव सभामा लैजादै छ। 
 
बैंकले दिन लागेको लाभांश पाउँन मसिंर १४ गतेसम बैंकको सेयर स्वामित्व भएको हुनुपर्ने छ। बैंकले मंसिर १५ गते बुक क्लोजको मिति सार्वजनिक गरेको छ। लैनचौर ब्याङ्क्वेटमा हुने सभामा लेखा परिक्षकको नियुक्तिको प्रस्ताव पनि लजादै छ। -bizmandu

बोलकबोलमा बिक्री भएको नबिलको संस्थापक सेयरको बेस रेट राख्ने जिम्मा ब्रोकरलाई, करमा अन्योल

काठमाडौं। बोलकबोल मार्फत् बिक्री भएको नबिल बैंकको संस्थापक सेयरको बानेस सेयर समायोजन पछि कर कट्टिको लागि नेप्सेले बेस रेट निकाल्न नसकेपछि ब्रोकरहरुलाई जिम्मा दिएको छ।
बोलकबोलमा फरक फरक मूल्यमा सेयरको लागि लगानीकर्ताको आवेदन पर्ने भएकोले यस्तो समस्या देखिएको हो। 'बोलकबोलमा लगानीकर्ताले तिरेको मूल्यको रेञ्जको औसत राखेर बोनस समायोजन पछिको बेट रेट निकालिरहेका छौं, एक ब्रोकरले भने, तर हामीलाई यो प्रक्रिया झन्झटिलो भएको छ।' बेस रेटभन्दा बढि मूल्यमा सेयर बिक्री गर्दा लगानीकर्ताले पुँजीगत लाभकर तिनुपर्ने हुन्छ। व्यक्तिगत लगानीकर्तालाई पाँच प्रतिशत र संस्थागत लगानीकर्तालाई १० प्रतिशत लाभकर लाग्छ। यो कर कारोबारको क्रममा नै कटौती हुने व्यवस्था छ।गत बैशाखमा एनआइडीसी डेभलपमेन्ट बैंकले आफ्नो स्वामित्वमा रहेको नबिल बैंकको १० लाख ७६ हजार दुई सय ८१ कित्ता संस्थापक सेयर बोलकबोल मार्फत् बिक्री गरेको थियो। लगानीकर्ताहरुले एक हजार दुई ५० देखि एक हजार तीन सय १५ रुपैयाँसम्म तिरेका थिए। बोलकबोलमा बिक्री भएको सेयर पनि पुनः नेप्से मार्फत् उही मूल्य र उही लगानीकर्ता बीच कारोबार गरेर अभिलेखिकरण गरिएको हुन्छ। तर नेप्सेको सफ्टवेयर प्रणालीले किन अभिलेखीकरण हुँदाकै मूल्य लिएर त्यस्ता सेयरको बेस रेट निकाल्न सक्दैन? ती ब्रोकरले प्रश्न गरे। यस्ता समस्याले राज्यले पाँउने राजस्व गुम्ने वा लगानीकर्ताले नपर्ने अवस्थामा पनि कर तिर्नुपर्ने हुनसक्ने ब्रोकरहरु बताउँछन्।

कसरी हुन्छ बोनस समायोजन?
नबिल बैंकले यसपटक २० प्रतिशत बोनस सेयर दिएको थियो। यस अनुसार नेप्सेले कम्पनीको बुक क्लोजको दिनमा बोनस सेयर समायोजन गरेर कारोबारको लागि नयाँ दर तोक्ने गर्छ। बैंकको संस्थापक सेयर समायोजन अघि प्रतिकित्ता १५७१ रुपैयाँमा कारोबार भएको थियो। यो दरलाई एक अंक र बोनस सेयर (२० प्रतिशत अर्थात् ०.२) को जोडले भाग गरेर नयाँ दर निकालिन्छ। यसअनुसार बैंकको सस्थापक सेयरको नयाँ मूल्य प्रतिकित्ता १३०९ रुपैयाँ निर्धारण भएको थियो। बोनस सेयर समायोजनपछि पनि बैंकको पहिलो कारोबार दुई प्रतिशत मूल्य घटेर १२८५ मा भएको थियो।  यही नयाँ दर र लगानीकर्ताले कम्पनीको सेयरमा बोलकबोल मार्फत् खरिद गरेको मूल्यको जोडलाई दुई अंकले भाग गरेर बेस रेट निकालिन्छ। यो बेस रेटभन्दा बढि मूल्यमा कुनै लगानीकर्ताले सेयर बिक्री गरेमा उसले पूँजीगत लाभकर तिनुपर्दछ।  हालसम्म लगानीकर्ताले बोलकबेलमा हालेको न्युनतम (१२५० रुपैयाँ) र उच्च मूल्य (१३१५ रुपैयाँ) दुवै राखेर बेस रेट निकाल्दा पनि कर तिर्नुपर्ने अवस्था भने देखिएको छैन। - bizmandu

स्वावलम्बन लघुवित्त विकास बैंकको ७० प्रतिशत लाभांश, बोनस मात्रै साढे ४६ प्रतिशत

स्वावलम्बन  लघुवित्त विकास बैंक (SWBBL) ले गत बर्षको खुद नाफाबाट साढे ४६ प्रतिशत बोनस शेयरसहित ७० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंक संचालक समितिको बैठकले लगानीकर्तालाई ४६.५ बोनस शेयर र २३.५ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
हाल बैंकको चुक्ता पूँजी १४ करोड ९८ लाख रहेकोमा बोनस शेयर जारीपछि २१ करोड ९४ लाख रुपैयाँ हुने छ । बैंकले गत बर्ष १८ करोड खुद नाफा गरी प्रतिशेयर आम्दानी १२१ रुपैयाँ कायम गरेको थियो । बैंकको जगेडा कोषमा ४१ करोड रुपैयाँ छ । 
देशभरि कार्य क्षेत्र बनाएर लघुवित्तको काम गरिरहेको बैंकको प्रोमोटरहरुमा हिमालयन बैंक, नेपाल ईन्भेष्टमेन्ट बैंक, नबिल बैंक र स्वावलम्बन बिकास केन्द्र छन् ।


Mero Lagani 
Nov 24, 2014

Monday, November 24, 2014

नेपाल ईन्भेष्टमेन्टको ४७ लाख कित्ता साधारण शेयर प्रिमियममा निश्काशन तयारी, बैंकको कोषमा कम्तिमा २ अर्ब थपिने

नेपाल ईन्भेष्टमेन्ट बैंक (NIB) ले  सर्वसाधारण लगानीकर्ताको हिस्सा बढाउन झण्डै ४७ लाख कित्ता साधारण शेयर निश्काशनको तयारी गरेको छ ।
ईन्भेष्टमेन्ट बैंकले बैंकमा सर्वसाधारणको हिस्सा २० बाट ३० प्रतिशत बनाउन प्रिमियममा शेयर निश्काशन गर्न लागेको हो । 
ईन्भेष्टमेन्ट बैंकका सूचना अधिकारी राजन अमात्यले मेरोलगानी डटकमसँग कुरा गर्दै ४७ लाख कित्ता शेयर सर्बसाधारणका लागि निश्काशन गरिने तयारी भईरहेको जानकारी दिनुभयो । उहाँले हाल कायम चुक्ता पूँजी ४ अर्ब ७६ करोडको दश प्रतिशतले हुने पूँजी थप्ने गरी प्रिमियममा शेयर निश्काशनको तयारी अगाडि बढाईएको हो भन्नुभयो । कम्तिमा ४ सय रुपैयाँ न्युनतम मूल्यमा प्रिमियममा शेयर निश्काशन हुँदा बैंकमा २ अर्ब रकम थपिने अपेक्षा गरिएको छ । अबको तीन साताको अबधिमा आन्तरिक प्रक्रिया पुरा गरेर विशेष साधारणसभा आब्हान गरी त्यसबाट पारित भएपछि सर्वसाधारणका लागि प्रिमियममा शेयर जारी गरिने अमात्यको भनाई छ ।
ईन्भेष्टमेन्ट बैंकमा संस्थापक र संस्थागत लगानीकर्ताहरुको ८० प्रतिशत हिस्सा रहेकाले राष्ट्र बेंकको नीति अनुसार सर्वसाधारणहरुको हिस्सा बढाउनैपर्ने बाध्यता बैंकलाई रहेको छ । राष्ट्र बैंकले संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत हिस्सा कायम गर्न बैंक तथा बित्तीय संस्थाहरुलाई निर्देश गरेको छ । अन्य बैंक तथा बित्तीय संस्थाहरुले १९ प्रतिशत संस्थापक शेयर साधारण शेयरमा परिवर्तन गरे पनि ईन्भेष्टमेन्ट बैंकलाई त्यसो गर्न अनुमति प्राप्त भएको छैन् । त्यसैले प्रिमियममा शेयर निश्काशन गरेर सर्वसाधारणको हिस्सा बढाउन लागिएको हो ।
ईन्भेष्टमेन्ट बैंकमा रहेको क्रस होल्डिङ समाप्त गर्न हालै राष्ट्रिय बाणिज्य बैंकले आफ्नो नाममा रहेको ईन्भेष्टमेन्ट बैंकको १५ प्रतिशत अर्थात ६२ लाख कित्ता शेयर लिलाम गर्ने प्रयास गरेको थियो । बाणिज्य बैंकले प्रति कित्ता ५३० रुपैयाँमा न्युनतम मूल्य तोकी लिलाम आब्हान गर्दा महंगो मूल्य हुनुका साथै ईन्भेष्टमेन्टले घोषणा गरेको ४० प्रतिशत लाभांशबारे स्पष्ट पार्न नसक्दा झण्डै १० लाख कित्ता शेयर मात्र बिक्री भएको थियो । ईन्भेष्टमेन्ट बैंकले प्रिमियममा शेयर निश्काशन गरेपछि बाणिज्य बैंकलाई आफ्नो नाममा रहेको शेयर फेरि लिलाममा राख्दा मूल्यमा पुनर्विचार गर्नै पर्ने स्थिति आउने देखिएको छ ।
नेपाल ईन्भेष्टमेन्ट बैंक नेपालमा धेरै चुक्ता पूँजी भएको दोस्रो ठूलो बाणिज्य भए पनि प्रिमियममा शेयर निश्काशन गरेपछि धेरै चुक्ता पूँजी भएको पहिलो बैंक बनि झन् बलियो हुनेछ । बैंकले विगतका बर्षहरुमा लगानीकर्ताहरुलाई निरन्तर आकर्शक बोनस शेयर र नगद लाभांश दिदै आएको छ । गत बर्षको नाफाबाट बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश दिएको छ ।

अब डिम्याट शेयरमा कर्जा सुनिश्चित, राष्ट्र बैंकले दियो बैंकहरुलाई निर्देशन

नेपाल राष्ट्र बैंकले अभौतिकीकरण गरिएका ( डिम्याट) शेयर धितो राखेर बैंक तथा बित्तीय संस्थाहरुबाट सहज रुपमा कर्जा पाईने ब्यवस्था मिलाएको छ ।
आईतबार बैंक तथा बित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गर्दै राष्ट्र बैंकले शेयर बजारका लगानीकर्ताहरुको लागि शेयर धितो ऋणको सहज ब्यबस्था मिलाएको हो । 
नेपाल राष्ट्र बैंकले अभौतिकीकरण गरिएका ( डिम्याट) शेयर धितो राखेर बैंक तथा बित्तीय संस्थाहरुबाट सहज रुपमा कर्जा पाईने ब्यवस्था मिलाएको छ । आईतबार बैंक तथा बित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गर्दै राष्ट्र बैंकले शेयर बजारका लगानीकर्ताहरुको लागि शेयर धितो ऋणको सहज ब्यबस्था मिलाएको हो । नेपाल
राष्ट्र बैंकले अभौतिकीकरण गरिएका ( डिम्याट) शेयर धितो राखेर बैंक तथा बित्तीय संस्थाहरुबाट सहज रुपमा कर्जा पाईने ब्यवस्था मिलाएको छ । आईतबार बैंक तथा बित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गर्दै राष्ट्र बैंकले शेयर बजारका लगानीकर्ताहरुको लागि शेयर धितो ऋणको सहज ब्यबस्था मिलाएको हो । 

राष्ट्र बैंकले आफ्नो सर्कुलरमा भौतिक शेयर प्रमाणलाई धितो राखेर ऋण प्रदान गर्ने ब्यवस्था कायम राख्दै अभौतिक शेयरको हकमा प्रचलित ब्यवस्था बमोजिम धितो बन्धक लिएको प्रमाण लिएर ऋण प्रबाह गर्न बैंक तथा बित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले शेयर खरिद रसिद र शेयर दलालको जमानतमा एक बर्ष अवधिका लागि शेयर धितो कजा( बीटी लोन ) दिन पनि रोक नलगाईएको स्पष्ट पारेको छ । 
यसअघि कागजी प्रमाणपत्र वा खाली हस्तान्तरण(बीटी) मा रहेका शेयरहरुको आधारमा मात्र ऋण लिन सकिने ब्यवस्था थियो । अधिकांश बाणिज्य बैंकहरुको शेयर अभौतिकीकरण भईसकेको र केही लगानीकर्ताहरुले आफ्नो नामको शेयर निक्षेप सदस्य मार्फत अभौतिक गराईसकेकाले डिम्याट शेयर प्रमाणपत्रमा ऋणको पर्खाईमा लगानीकर्ताहरु थिए । खाली हस्तान्तरणमा ऋण लगानी गर्न बैंक तथा बित्तीय संस्थाहरुले आनाकानी गरिरहेकोे अबस्थामा पूर्ववत ब्यवस्थालाई कायम राख्दै डिम्याट शेयरमा पनि कर्जा पाईने ब्यवस्थाले शेयर बजारलाई अरु आधार दिने देखिएको छ ।

माघ २ गतेदेखि सबै बाणिज्य बैंकहरुको अनिवार्य रुपमा अभौतिक शेयरको मात्र खरिद बिक्री र राफसाफ हुने भएको छ । अभौतिक शेयर धितोमा कर्जा पाउन ऋणी र बैंक दुबैले हितग्राही खाता खोली एकै प्रकारको अनुरोप पत्र डीपीलाई दिएपछि अभौतिक शेयर वापत ऋण लिनेदिने प्रक्रिया अगाडि बढ्ने छ ।
Mero Lagani 
Nov 23, 2014